अमेरिका, २६ मार्च । जय नेपाल इन्टरनेशनल फाउन्डेसन- ग्लोबल युथ नेटवर्कले अप्रिल १२, २०२५ मा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको छ। यो कार्यक्रम नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यतामा हुन् लागेको जय नेपाल इन्टरनेशनल फाउन्डेसन- ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलले जानकारी दिनु भयो।
मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले फाउन्डेसनको स्थापना भएको छ। यो संस्थाले विश्व भरिका युवाहरूको सञ्जाल “ग्लोबल युथ नेटवर्क “, महिलाहरूको “ग्लोबल वुमेन नेटवर्क ” सञ्चारकर्मीहरूको “ग्लोबल मिडिया नेटवर्क”, विज्ञहरूको “ग्लोबल नलेज नेटवर्क ” र खेलाडीहरूको “ग्लोबल स्पोर्ट नेटवर्क ” मार्फत विभिन्न कार्यक्रम आयोजना गर्दछ । संस्थाको अन्तर्राष्ट्रिय अध्यक्षमा डा. यादव पण्डित रहेका छन् भने नेपालको अध्यक्षमा बद्री अर्याल रहेका छन्। जय नेपाल इन्टरनेशनल फाउन्डेसनका अमेरिका र अन्य देशमा गरेर फाउन्डेसनका ३८ च्याप्टर घोषणा भैसकेका छन । नेपालमा सिंहदरबारको पूर्वी गेट छेउमा संस्थाको सम्पर्क कार्यालय रहेको छ।
देश तथा विदेशमा रहनुभएका नेपालीहरूका बिचमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले यस वेबिनार राखिएको हुँदा सबैलाई जोडिनको लागि संस्थाका अध्यक्ष डा. यादव पण्डितले अनुरोध गर्नु भयो ।
कार्यक्रममा जोडिनको लागि जुम लिंक
जुम आईडि: ९८८ २८७० ६६५६
कोड: २०२५
समय:
नेपाली समय: चैत्र ३०, २०८१ शनिवार (अप्रिल १२, २०२५ साँझ ०६ः०० बजे)
न्युयोर्क समय: अप्रिल १२, २०२५ बिहान ०८ः१५ बजे
टेक्सस समय: अप्रिल १२, २०२५ बिहान ०७ः१५ बजे
क्यालिफोर्निया समय: अप्रिल १२, २०२५ बिहान ०५ः१५ बजे
बेलायत समय: अप्रिल १२, २०२५ दिउसो ०१ः१५ बजे
प्रतिक्रिया लेख्नुहोस्:-