Wednesday, April 15, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

”कोरोना विरुद्ध लडन सबै  नेपाली संघसस्था एकैस्थानमा आउनु पर्छ” पुष्पराज भट्टराई, कार्यवाहक महावाणिज्यदुत

चैत्र १५, २०७६ ९:५६ मा प्रकाशित
”कोरोना विरुद्ध लडन सबै  नेपाली संघसस्था एकैस्थानमा आउनु पर्छ”  पुष्पराज भट्टराई, कार्यवाहक महावाणिज्यदुत
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

कोरोना भाइरसका कारण प्रताडित भएका नेपालीहरु यतिबेला सबैको साथ र सहयोग खोजिरहेका छन । न्युयोर्कमै कोरोनाको प्रभाव अत्यन्तै बढेको अवस्था तथा नेपालीहरुको बाक्लो बसोबास रहेको क्वीन्स नै कोरोना भाइरसको इपिसेन्टर बनीरहेको बेला उनीहरुको सहयोग र औषधि उपचारको पनि समस्या देखिएको छ । सहयोग नै नपाउने अवस्था छ । यस्तोे भयावह अवस्थामा नेपाली समुदायको हितमा न्युयोर्कस्थित नेपाली महावाणिज्य दुतावास के गर्दैछ त ? यस विषयमा केन्द्रित रहेर हामीले कार्यवाहक महावाणिज्य दुत पुष्पराज भट्टराईसंग कुराकानी गरका छौं । प्रस्तुत छ बद्रि गौतमले गरेको कुराकानीको केही अंश : 

कोरोनाबाट प्रभावित नेपालीहरुको लागि दुतावासले के गरिरहेको छ ?

अहिले कोर्डिनेसनकै काम भइरहेको छ । अहिले मुख्य समस्या तथ्यांकको छ, कति नेपालीलाई कोरोना भाइरस लागेको छ भन्ने नै जानकारी छैन । कति सामान्य अवस्थामा छन कतिको अवस्था क्रिटीकल छ भन्नेपनि जानकारी छैन सबै अनुमानमात्र आइरहेका छन । यसकारण सहयोग कसरी पुर्याउने भन्ने समस्या छ । यसैले हामीले विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसंग छलफल गरी पीडित नेपालीको तथ्यांक निकाल्ने प्रयासमा लागेका छौं । फिप्ना, जनसम्पर्क, प्रवासी नपाली मञ्च एनआरएन जस्ता नेपालीहरुका संघसंस्थाका प्रतिनिधिहरुसंग पटक पटक छलफल भइरहेको छ । जब तथ्यांक बाहिर आउनेछ तव उनीहरुलाई भौतिक तथा कुटनीतिक कस्तो सहयोग गर्न सकिन्छ भन्ने भन्न सकिएला ।

पीडितहरुको तथ्यांक निकालेपछि कस्तो सहयोग हुन सक्ला ?

जब कोरोनाका पीडितको वास्तविक तथ्यांक आउनेछ तब तीनको बर्गिकरण हुनेछ । सामान्य वा असामान्य, परिवार सहित वा एक्लै, सो अनुुसार यहांको स्थानीय सरकारका प्रतिनिधिहरुसंग छलफल हुनेछ । औषधि उपचारको कुरा गर्न सकिएला । राज्यबाट पाउने अन्य सेवा सुविधाको कुरा गर्न सकिएला । स्थानीय तथा संघीय सरकारबाट कोरोना बाट पीडित हुनेले के कस्ता सेवा सुविधाहरु पउन सक्छन भन्ने कुरा गरी सहयोग ल्याउन सकिन्छ । अर्को तर्फ कतिपय नेपालीहरुले जागिर गुमाएका छन । कतिपय साना साना व्यवसाय गरेकाहरु छन उनीहरुको व्यवसाय चौपट भएको छ । जब हामी तथ्यांक सहित पहल गर्नेछौ तव स्थानीय सरकारले रोजगारी गुमाएका तथा व्यवयास बन्द गरेकाहरुलाई के कस्तो राहत दिन सक्छ भन्ने निक्र्यौल होला । यसको लागि नेपाली वकिलहरु ठुला व्यवसायीहरुसंगपनि छलफल भइरहेको छ । यसबाट एउटा टाष्क फोर्स बनाएर काम गर्नुपर्छ ।

 

समस्या बेग्लै क्वारेन्टाइनको व्यवस्था नहुंदापनि अति प्रभावित क्वीन्सका नेपाली धेरै जोखिममा छन । यसको बारेमा दुतावासले केही गर्न सक्छ ?

हो समस्या धेरै क्वीन्सको हो । अपार्टमेन्टमा बस्ने एक परिवारमात्र होइन, बहुपरिवार बसोवासस गरेको अवस्था छ । एकजनालाई भाइरसले समात्यो भने सबैलाई जोखिम भइरहेको अवस्था छ । यसकारण बेग्लै क्वारेन्टाइनको लागि केही गर्नुपर्ने त हो । तर त्यसमापनि पैसाको कुरा हुन्छ । यसकोलागि नेपाली होटल व्यवसायी, रियलस्टेटका व्यापारी मित्रहरुसंग छलफल भइरहेको छ । अब नेपाली संघसंस्थाहरुको एउटा टास्क फोर्स बनाउनुहोस भनेर हामीले अनुरोध गरेका छौं । त्यसपछि क्वारेन्टाइनको लागि स्थानीय सरकारसंगपनि पहल गर्न सकिएला ।

 

अनडकुमेन्टेट तथा विद्यार्थी भिषामा अमेरिकामा रहेका नेपालीहरुलाई पनि ठुलो आपत परेको छ नी महावाणिज्य दुतावाससंग सम्पर्कमा आएका छन ?

हो मुख्य समस्या कागजपत्र विहिनहरुको पनि हो । उनीहरुमध्ये कोही कोरोना संक्रमित भपनि सामातिने डरले जचाउन नजाने हुनसक्छ । अथवा विद्यार्थीहरुको भिषाको समस्या हुन सक्छ । त्यसकारण जचाउन नगएका हुन सक्छन । यसैले मैले के आस्वस्त पार्न चाहन्छु भने न्युयोर्क राज्यका गभर्नरलेनै काजपत्र हुने वा नहुने कसैलाईपनि उपचारमा भेदभाव नहुने घोषणा गरिसक्नु भएको छ । यसकारण उपचार गर्न जांदा वा चिकित्सककोमा जांदा कसैले आइडी माग्दैन । काजगपत्र माग्दैन ढुक्क भएर जांदा हुन्छ । अर्कोतर्फ भिषाको समस्या भएका वा सकिएका विद्यार्थी तथा पर्यटककहरुलेपनि भिषा सकिएमा अनलाइन मार्फत नै अप्लाइ गर्ने र सो को प्रति आफुसंग सुरक्षित राख्न अनुरोध गर्दछु । अर्को तर्फ कानुनी सुनुवाइको पर्खाइमा भएकाहरुले पनि अहिले चिन्ता नलिंदा हुन्छ । किनकी यतिबेला ती सबै न्यायायिक कामहरु यता रोकिएका छन ।

न्युयोर्कमा रहेका नेपाली समुदाय र उनीहरुको पीडादायी अवस्थाबारे नेपाल सरकारले केहि गदैछ ?

यहांको विकराल समस्याको बारेमा हामीले नेपाल सरकारलाई जानकारी गराएका छौं । यतिबेला नेपालपनि कोरोना भाइरसको जोखिममा छ । नेपालमै कसरी व्यवस्थापन गर्नेभन्ने चिन्ता छ । नेपाल सरकार यतिबेला नेपालमै धेरै केन्द्रित हुनुपरेको अवस्था छ । हुनपनि पर्यो । यसकारण हामीले यताको अवस्थाको बारे जानकारी गराएका छौं नेपाल सरकारले के गर्ने वा नगर्ने भन्ने त अहिलेनै हामीले कसरी भन्न सक्छौं र ?

अन्तिममा नेपाली समुदायलाई के भन्नु हुन्छ ?

पहिलो कुरा त सबै नेपालीहरु सुरक्षित रहने प्रयास गर्नुहोला । आफ्नो समस्या सार्वजनिक गर्नु होला । कोरोना भइहालेमा पनि नलुकाउनु होला । एकले अर्कोलाई सहयोग गर्नुहोला तर आफुपनि सुरक्षित रहेरमात्रै । न्युयोर्कमा रहेका धेरै संघसंस्थाका प्रतिनिधिहरुले हाम्रो संस्था वा तेरो संस्था नभन्नु होला । सबै एकै ठाउंमा आएर सहयोगमा जुटौं दुतावासको सहयोग रहन्छ । नेपाली कानुनविद, चिकित्कसक, व्यवसायी लगायतका विशिष्ट टोली बनाएर यो समस्यामा परेका नेपालीलाई उद्धार गर्न लागि पर्नु अहिलेको आवस्यकता हो । नेपालीहरुको सहयोगको लागि दुतावासले सक्दो प्रयास गरिनै हाल्छ ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result