काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब मुलुकले विकासको गति लिने बताएका छन् ।
उनले शुक्रबार रिपोर्टर्स क्लब नेपालको २५औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै भने, “मेरो यो कार्यकालको कुरा गर्दा म सुशासन, सामाजिक न्याय र समृद्धिको सपना बोकेर जनताको अगाडि खडा छु, सरकारलाई पूर्णता दिएको छु, मूलभूत रूपमा सरकारले पूर्णता पाएको छ, अब विकासका कामले गति लिनुपर्छ ।”
प्रधानमन्त्री दाहालले देश अहिले आर्थिकरूपले अप्ठ्यारो अवस्थामा गुज्रिएको टिप्पणी गर्दै देशमा सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
विप्रेषणको स्थितिमा गुणात्मक सुधार गर्नुका साथै राजस्व सङ्कलनमा पनि सुधार गर्ने र विदेशी सञ्चिति अझै सुधार गर्ने बताउँदै उनले आफूले प्रधानमन्त्रीको हैसियतमा अर्थ मन्त्रालय र राष्ट्र बैंकका गभर्नरसँग पटक–पटक बैठक बसेर आर्थिक क्षेत्रमा देखिएको समस्या हल गर्न पहल गरेको जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-