Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डिपिएल क्रिकेटः अत्तरिया र महेन्द्रनगर युनाइटेड विजयी

चैत्र १८, २०७४ १:२८ मा प्रकाशित
डिपिएल क्रिकेटः अत्तरिया र महेन्द्रनगर युनाइटेड विजयी

wgu9L lk|ldo/ lnu ?:nfg wgu9L lk|ldo/ lnu -l8lkPn_ lqms]6sf] klxn]f v]ndf cfOtaf/ ( ljs]6n] lht xft kf/]kl5 l;jfO;L cQl/ofsf v]nf8L . t:jL/ M /f]zg ;fksf]6f, /f;;

Share on FacebookShare on Twitter

धनगढी, १८ चैत / कैलालीको धनगढीमा जारी धनगढी प्रिमियर लिग(डिपिएल)अन्तर्गत आज भएका खेलमा सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड विजयी भएका छन् ।

आजको पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई नौ विकेट तथा अर्को खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किंग्सलाई ३३ रनले पराजित ग¥यो ।

रुपन्देही च्यालेन्जर्सले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै मात्र ६१ रन बनायो । अत्तरियाले ६२ रनको विजयी लक्ष्य एक विकेट गुमाउँदै सात दशमलव तीन ओभरमा भेट्टायो ।

अत्तरियाका लागि गौरव चित्काराले अविजित ३० रन बनाए । उनले १३ बल खेल्दै तीन छक्का र दुई चौका प्रहार गरे । यस्तै सुवास खकुरेलले १९ तथा प्रेम तामाङले अविजित १४ रन बनाए । बलिङतर्फ रुपन्देहीका जितेन्द्र मुखियाले एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा रुपन्देहीका सुफयान मोहमदले अविजित २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ ‘प्लेयर अफ द म्याच’ घोषित अत्तरियाका कमलसिंह ऐरीले चार र शुभंकर उरावले तीन विकेट लिए । ऐरीले चार ओभरमा १५ रन तथा उरावले २ दशमलब २ ओभरमा एक मेडन राखी सात रन खर्चे ।

यसैगरी, अर्को खेलमा टस जितेर ब्याटिङ गर्दै महेन्द्रनगर युनाइटेडले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६८ रन बनायो । विराटनगर किंग्सले १९ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्र बनायो ।

महेन्द्रनगरका लागि पुनित मेहराले अविजित ३८ रन बनाए । उनले १८ बल खेल्दै तीन छक्का र दुई चौका हाने । उनी खेलको ‘प्लेयर अफ द म्याच’समेत भए । यस्तै कप्तान विनोद भण्डारीले ३५ रन बनाए । उनले २९ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । पुनित विष्टले २४, आरिफ शेखले २० र हरिशंकर साहले १९ रन बनाए ।

बलिङतर्फ विराटनगरका मञ्जित श्रेष्ठले दुई तथा शुभम कामत र पारस खड्काले एक÷एक विकेट लिए । १६९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि पृथु बाँस्कोटाले ३५ रन बनाए । बाबर हयातले १० बल खेल्दै ३२ रन बनाए । उनले चार छक्का र दुई चौका प्रहार गरे । अनिलकुमार साहले २३, पारस खड्काले १६ र दिलीप नाथले १० रन बनाए ।

बलिङतर्फ महेन्द्रनगरका अविनाश कर्णले तीन तथा पुनित मेहरा, भुवन कार्की र रवीन क्षेत्रीले दुई÷दुई विकेट लिए । हरिशंकर साहले एक विकेट लिए । ‘प्लेयर अफ द म्याच’ महेन्द्रनगर युनाइटेडका पुनित मेहरा घोषित भए । उनले रु १० हजार पुरस्कार पाए । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

अन्टिएफ को साधारण सभा आज हुँदै
आप्रबास मामिला

अन्टिएफ को साधारण सभा आज हुँदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result