क्यालिफोर्निया ।
पूर्व युवराज्ञी एवं हिमानी ट्रष्टका संरक्षक हिमानी शाहले प्रवासी भूमीमा रहेर पनि नेपालीहरुले आफ्नो धार्मिक परम्परा कायम राखेकोमा उच्च सराहना गर्दै मुक्तिनाथ धाममा पूजाअर्चना गर्न पाएकोमा खुशी ब्यक्त गरेकी छन् । नर्दन क्यालिफोर्नियास्थित रिचमण्डमा रहेको मुक्तिनाथ धाममा आयोजित बिशेष धार्मिक कार्यक्रमलाई सम्वोधन गर्दै शाहले आफूले पाएको अभिनन्दन आफ्नो हृदयमा रहिरहने बताएकी हुन् !
“धार्मिक सहिष्णुता प्रतिविम्वित हुने गरी यस पबित्र देवालयमा हामीलाई पुजा अर्चना गर्ने अवसर जुटाइदिनुभएकोमा मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डे लगायत मुक्तिनाथ धाम परिवारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,” धाममा उपस्थित भक्तजनहरुलाई सम्वोधन गरदै पूर्व युवराज्ञीले भनिन् – “प्रवासी भूमिमा पनि धार्मिक सहिष्णुता झल्कने गरी गरिएको कार्यक्रमलाई हामीले हृदयमा राखेका छौ” ।
पूर्व युवराज्ञी शाहले आजै मुक्तिनाध धाममा आयोजित विशेष रुद्राभिषेक पूजामा सहभागी भई विशेष पूजा अर्चना गरेकी थिइन भने मुक्तिनाथ धामको तर्फबाट अध्यक्ष पाण्डेले चढाएको अभिनन्दन ग्रहण गरेकी थिइन् । शाहले झण्डै २ घण्टा लगायर पुजार्चना गरेकी थिइन
शाहलाई मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डे लगायत पदाधिकारी एवं सल्लाहकारहरु र पंचकन्याले पुष्प गुच्छासहित स्वागत गरेका थिए I पूर्व हिमानी शाहलाई हेर्ने र फोटो खिचाउनेहरुको निकै ठूलो भिड बिहानैदेखि उपस्थित भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-