Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाल डे परेडको तयारी पुरा

चैत्र २२, २०७८ ८:०५ मा प्रकाशित
नेपाल डे परेडको तयारी पुरा
Share on FacebookShare on Twitter
उत्तम धमला
 सान् फ्रान्सिस्को । गैर आवासीय नेपाली सङ्घ अमेरिका वेष्टकोष्ट रिजन र क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्नियाका विभिन्न सङ्घ संस्थाहरुसंगको सहकार्यमा नेपाली नयाँ वर्षको उपलक्ष्यमा सान् फ्रान्सिस्कोमा गर्न लागेको नेपाल डे परेडको तयारी पुरा भएको जानकारी आयोजकहरूले दिएका छन् ।  परेड यही अप्रिल ९ तारीख शनिबारका दिन बिहान ११ बजे सान् फ्रान्सिस्कोको फेरी बिल्डिंगबाट सुरु भएर सिभिक सेन्टरको यु एन प्लाजामा पुगेर कोण सभामा परिणत हुनेछ।
कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरूबाट र क्यालिफोर्नियाका विभिन्न सहरहरूबाट ठुलो सङ्ख्यामा सहभागीहरू उपस्थित हुने मूल आयोजक समितिका संयोजक एवं गैर आवासीय  नेपाली सङ्घ अमेरिकाका पश्चिम क्षेत्रीय संयोजक श्रीराम थापाले जानकारी दिए। बाहिरबाट आउनुहुने पाहुनाहरूका लागी सान् फ्रान्सिस्को फाईनान्सियल डिस्ट्रिक्टमा रहेको होटेल हिलटनमा सुलभ मूल्यमा कोठाहरू बुकिङ गरिएको र विमानस्थलबाट पिक अप र ड्रप अफको समेत व्यवस्था गरिएको कार्यक्रमका हस्पिटालिटि एण्ड म्यानेजमेन्ट संयोजक रवि सिंह बस्नेतले बताए।
एनआरएनए ले विभिन्न स्थानीय संघसंस्थाहरुसंग सहकार्य गरेर आयोजन गरेको कार्यक्रममा प्राय सबै संघसंस्थाहरुको प्रत्यक्ष संलग्नता रहने छ। विभिन्न संस्थाहरूले आफ्नो समुदाय अनुसार विभिन्न जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने झाँकी र भेषभुषा सहित परेडमा सहभागी हुने परेडको सङ्घ संस्था संयोजन समितिका संयोजक उत्तम किर्किले जानकारी दिए।
सोही साँझ सान् फ्रान्सिस्कोकै युनाइटेड आइरिस कल्चर सेन्टरको हलमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ। उक्त कार्यक्रममा भोइस अफ नेपाल सिजन थ्रीकाका विजेता किरण गजमेर, दोहोरी गायक मिलन लामा, गायिका सङ्गीता थापा मगर, गायक उदय भट्टराई लगायत अन्य स्थानीय कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रमका संयोजक निर्मल फुयाँलले बताए। प्रवेश शुल्क ४३० कायम गरिएको साँझको सांस्कृतिक कार्यक्रममा डिनरको पनि व्यवस्था गरिएको छ। टिकट www.thingsnepali.com बाट अनलाइन काट्न सकिने जानकारी कार्यक्रमका आई टी एवं डिजाईनिंग संयोजक अभिषेक ज्ञवालीले दिए।
कार्यक्रममा ५०  जना भन्दा बढी स्वयंसेवकहरूको व्यवस्था आयोजकले गरेको छ। स्वयंसेवकहरूले दुवै कार्यक्रमलाई भव्य र सभ्य बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्वयंसेवक परिचालन समितिका संयोजक एवं एनआरएनए क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष प्रेमराज केसीले जानकारी दिएका छन्।
बिहानको परेड र साँझको सांस्कृतिक कार्यक्रमको कुल खर्च ४३५००० अनुमान गरिएको छ। खर्च व्यवस्थापन र सहयोग सङ्कलनको लागि बनेको राजेश थापा, नारायण खनाल र प्रितेश कार्कीको आर्थिक समितीले आवश्यक बजेटको ९० प्रतिशत भन्दा बढी सङ्कलन गरिसकेको बताएको छ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result