क्यालिफोर्निया
नेपाल सरकारले अमेरिकाको क्यालिफोर्निया राज्यको स्यानडिएगो क्षेत्रको लागि कार्यरत अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको पदावधी ४ बर्ष थप गरेको छ । हालै बसेको मन्त्रिपरिषद्को बैठकले ढकालको पदावधि थप गरेको हो ।
नेपाली समाजका अगुवा ब्यावसायी ढकाललाई सन् २०१३ मा सरकारले पहिलोपटक अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको थियो भने सन् २०१५ मा उनलाई महावाणिज्यदूतमा बढुवा गरिएको थियो । त्यसपछिका सरकारले हरेक समय उनको पदावधि थप गर्दै आएको छ । महावाणिज्यदूतको रुपमा ढकालले नेपाली समुदायको हक हित र आइपरेका समस्या तदारुकताका साथ समाधानमा पहल गर्दै आइरहेका छन् । यसपटकको थप पदावधिसंगै ढकाल आगामी २०२८ सम्म महावाणिज्यदूतको रुपमा कार्यरत रहने छन् ।
महावाणिज्यदूतमा आफ्नो पदावधि थपिएको सम्वन्धमा दूरवीन नेपाललाई प्रतिकृया दिदै ढकालले नेपाल सरकार र क्यालिफोर्नियामा रहेका नेपालीहरुले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिए । ढकाल अमेरिकामा रहेका नेपाली समाजमा प्रसिद्ध समाजसेवीको रुपमा परिचित छन् । नेपालको गोरखा जिल्लामा जन्मिएका ढकालले नेपाली हस्तकला र तयारी पोशाकलाई अमेरिकाको विभिन्न शहरमा चिनाउन उल्लेख्य योगदान गरेका छन् । उनी नेपाली उत्पादनलाई अमेरिकामा निकासी गर्ने उत्कृष्ट निर्यातकर्ता र ‘सीआइपी’ सम्मानवाट सम्मानित व्यावसायी समेत हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-