Monday, July 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विदेशमा सफल नेपालीको ‘सफलताको कथा’ संकलन गर्दै सुमन

भन्छन-'यो सफलताको कथा मात्र नभइ प्रेरणा पनि हुन्'

चैत्र २४, २०८० ११:३२ मा प्रकाशित
विदेशमा सफल नेपालीको ‘सफलताको कथा’  संकलन गर्दै सुमन
Share on FacebookShare on Twitter

क्यालिफोर्निया/अमेरिका
दूरवीन सम्वाददाता
सानै उमेरमा अध्ययनको लागि बेलायतको लण्डन पुगेका झापाका सुमन अधिकारीलाई कुनैदिन आफ्नो सफलताको कुरा मात्र होइन, अरु नेपालीहरुको सफलताको कुरा पनि संकलन गरेर प्रकाशमा ल्याउने ल्याउने मन थियो । नेपालमै रहदा पत्रकारिताको जोश बोकेको सुमनलाई बेलायतमा रहंदा पनि अथक मेहनत र परिश्रमवाट आर्थिक, सामाजिक, प्राज्ञिक क्षेत्रमा सफल बनेका नेपालीहरुको कथा संकलन गरेर टेलिभिजनको पर्दामा उतार्छु भन्ने लागिरहन्थ्यो । त्यसैले त उनी लण्डनका गल्लीहरुमा नेपालीहरुले पाएको सफलतालाई नजिकवाट नियाल्ने गर्थे ।
समयक्रमसंगै उनी बेलायतवाट क्यानडा बसाई सरे । तरपनि भूईवाट माथी उठेकाहरुको ‘सक्सेस स्टोरी’ संकलन गर्ने उनको चाहना झनै बढ्यो । सुमन ती सफल ब्यक्तिहरुको कथा नेपालका सर्वाधिक सफल ब्यक्तिवाट संप्रेषण गर्न चाहन्थे र यही क्रममा उनले त्यो प्रस्ताव नेपाली सिने जगतका महानायक राजेश हमाललाई सुनाए । महानायक हमाल सुमनको कुरामा राजी भए र सफलताको शिखर चढेका नेपालीहरुको कथा संप्रेषणका लागि तयार भए ।
त्यसो त सुमन अधिकारी आफैपनि इभेन्ट म्यानेजमेण्टमा सफल युवा हुन् । लण्डनदेखि टोरण्टो हुदै सफलताका कथा खोज्न अमेरिकाका विभिन्न शहरहरुमा पुग्दा उनलाई लाग्यो, यस्ता सफलताका कथाहरु नेपालका आम मानिसले पनि थाहा पाउनपर्छ । अनि उनले महानायक राजेश हमालसंगै एक महिना लगायर अमेरिकाका विभिन्न शहरहरुमा रहेर आर्थिक रुपमा सफल भएका मानिहरुका जीवनका अनेक रंगहरु खोतल्ने काम गरे । सुमन भन्छन,-‘वास्तवमा यो कथा उहाँहरुको सफलताको कथा मात्र नभई भावी पुस्ताको लागि प्रेरणा र उर्जाको श्रोत पनि हो’ ।

गत शुक्रवार आयोजित एक बिशेष कार्यक्रममा नेपाली हास्य जगतका हस्ती मदनकृष्ण श्रेष्ठ र महानायक राजेश हमालसंगै उभिएर सुमनले बिदेशमा आफ्नै परिश्रम र मेहनतले सफलता पाएक ब्यक्तिहरुको कथा उनीहरुकै मुखवाट नेपाल र नेपाल बाहिर रहेका सबै नेपालीहरुमाझ पुर्याउन पायदा निकै खुशी लागेको बताए र महानायक राजेश हमालले प्रस्तुत गर्ने ‘सफलताको कथा’ नेपाली नयाँ बर्षको अवसर पारेर नेपाल टेलिभिजनवाट प्रशारण हुन लागेको उनले बताए ।
कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र राजेश हमालले सफलताको कथाका पात्रहरुलाई सम्मान गर्दै यसले नेपालीको समृद्धिको कथा संसारसामु पुर्याउने बताए । कार्यक्रमलाई सम्वोधन गर्दै महानायक हमालले नेपालीहरुले विदेशमा रहेर गरेको संघर्ष, मेहनत र परिश्रमको कारण नै सफलता पाएको बताउदै यसले अन्य नेपालीलाई हौसला र प्रेरणा मिल्ने बताए ।
संमृद्धि इन्टरटेनमेण्टले तयार पारेको सो फिलताको कथा हालसम्म १९ औ भाग तयार भएको र पहिलो सेरिज अन्तर्गत अमेरिका र क्यानडाका गरि २६ जनाको सफलताको कथा नेपाल टेलिभिजनवाट प्रशारण हुने सुमनले बताए । ‘नेपाल टेलिभिजन जति शशक्त माध्यम अर्काे छैन, यसकारण नेपालको राष्ट्रिय प्रशारण केन्द्रलाई रोजेका हौं’- उनले भने ।
उनका अनुसार नेपालीहरुको बसोवास रहेको युरोप, अष्ट्रेलिया, जपान लगायतका देशमा कार्यरत फिल नेपालीहरुको कथा छांयाकन हुने अधिकारीले बताए । सुमन हाल क्यानडाको लागि पर्यटन दूतको रुपमा पनि कार्यरत छन् ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result