Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सरकारी पुस्तक बिक्री नगर्ने वितरकको नवीकरण रद्द

चैत्र २४, २०७४ १०:४८ मा प्रकाशित
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक, २४ चैत ः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काभ्रेले सरकारी पुस्तक वितरण नगर्ने पुस्तक पसलको नवीकरण रद्द गर्ने भएको छ ।

काभ्रेका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र गुरुङ, अभिभावक र महासंघका पदाधिकारीबीच भएको लामो छलफलपछि महासंघले उक्त निर्णय गरेको हो ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा नै काभ्रेका वितरकलाई पाठ्यपुस्तक बिक्री गर्नुपर्ने जनाएको छ । सरकारी पाठ्यपुस्तक वितरण गरेबापत नाफा कम हुने हुनाले वितरकले जनकशिक्षा सामग्री केन्द्रसँग पुस्तक खरिद नगरेकाले काभ्रेमा पुस्तकको अभाव भएको भन्दै महासंघले नवीकरणमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।

सरकारी पाठ्यपुस्तक वितरक हुन सम्बन्धित जिल्ला शिक्षा कार्यालयको सिफारिस चाहिन्छ भने शिक्षकलाई कमिसन दिनुपर्दैन । कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रले पाएको छ भने कक्षा १ देखि ५ सम्म देशभरका १७ प्रेस तथा प्रकाशन समूहले जिम्मेवारी प्राप्त गरेका छन् ।

सरकारी पुस्तक खरिद गरेबापत काभ्रेका पुस्तक वितरकले ९ प्रतिशत कमिसन पाउँछन् । ढुवानीखर्च वितरक स्वयम्ले व्यहोर्नुपर्छ । जनक शिक्षा सामग्री केन्द्रले उधारोमा पुस्तक बिक्री गर्दैन् ।

सिद्धिगणेश पुस्तक पसलका सञ्चालक साजन दुलालका अनुसार– जनक शिक्षा सामग्री केन्द्रले एकैपटकमा मागअनुसारका पुस्तक उपलब्ध नगराएको, झन्झटिलो प्रक्रियामा व्यवसायीलाई अड्काएको र मागअनुसारका पाठ्यपुस्तक एकैपटकमा बिक्री नगरेको हँुदा पाठ्यपुस्तक अभाव भएको बताउनुहुन्छ ।

जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक महेश तिमल्सिनाले एउटै जिल्लामा एकैपटक भनेजति पाठ्यपुस्तक पठाउन कठिन भए पनि पटक÷पटक गरी वैशाखको ७ गतेसम्म विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याइसक्ने प्रतिबद्धता व्यक्तगर्नुभयो ।

न्यूमञ्जिल स्टेशनरी पनौतीका सञ्चालक महेश बस्नेतका अनुसार–सरकारी विद्यालयका शिक्षकले वितरकसँग कमिसन खोज्ने, मागअनुसार पुस्तक पूरा नहुञ्जेलसम्म भुक्तानी नदिने भएकाले सरकारी पुस्तक वितरणमा कमी गरेको बताउनुभयो ।

काभ्रेका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र गुरुङले वितरकसँग विद्यालयले कमिसन खोज्दै हिँडेको भेटिएमा कारबाही गर्ने उल्लेख गर्दै विद्यालयको खातामा पाठ्यपुस्तक खरिदका लागि पर्याप्त रकम जम्मा भइसकेकाले बिक्रेतासँग पुस्तक खरिद गरी समयमानै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउनुपर्ने बताउनुभयो ।
सरकारले वैशाख २ गतेबाट भर्ना अभियान शुरु गर्नेभएको छ । त्यसैगरी, महासंघले निजी प्रकाशन गृहका पाठ्यपुस्तकमा अंकित (प्रिन्ट) मूल्य छोपी बिक्री वितरण गर्ने र आन्तरिक राजश्व कार्यलयमा दर्ता नभइ व्यवसाय गर्ने व्यवसायीलाई कानूनी कारबाहीका लागि सिफारिस गर्ने भएको छ ।

उपभोक्तासँग बढी मूल्य असुल्ने उद्देश्यबाट गतवर्ष केही बिक्रेताले मांैज्दात पुस्तकमा स्टिकर लगाई पुस्तक बिक्री वितरण गरेको तथा प्यान नं नलिकन कारोबार गरेको भेटिएकाले महासंघको सर्वपक्षीय भेलाले सो निर्णय गरेको हो ।

काभ्रेमा यसवर्ष निजी क्षेत्रका ३५ प्रकाशन गृहका पाठ्यपुस्तक लागू भएका छन् । विद्यालय पिच्छे फरक÷फरक पाठ्यपुस्तक हुनेभएकाले बिक्री वितरणमा मुस्किलपर्ने भएको छ । महासंघले आन्तरिक राजस्व कार्यलयमा दर्ता नभइ व्यवसाय गर्ने बिक्रेतालाई पुस्तक बिक्री वितरण नगर्न प्रकाशकलाई पत्राचारसमेत गरेको छ । प्यान नं. नलिकन व्यवसाय गर्ने विद्यालय वा बिक्रेतालाई त्यसो नगर्न अपिल गरेको महासंघका सचिव कृष्णराम कार्कीले जानकारी दिनुभयो ।

काभ्रे जिल्लामा सबै तहका सरकारी विद्यालयको संख्या ५८७ रहेको छ भने निजी क्षेत्रका विद्यालयको संख्या करिब ३०० रहेको बुझिन्छ । राज्यले पृष्ठ संख्याका आधारमा पुस्तकको मूल्य निर्धारण गरेकाले यसवर्ष निजी क्षेत्रका पाठ्यपुस्तकको मूल्य २५ देखि ३० प्रतिशतसम्म घटेकोले अंकित दरमा पुस्तक बिक्री वितरण गर्नुपर्ने भएको छ । राजाराम कार्की /रासस

सम्बन्धित समाचार

तलब खुवाउन नसकेकै कारण वीरका कर्मचारी हटाएको स्वास्थ्यमन्त्रीको प्रष्टीकरण
ट्रेन्डिंग न्यूज्

स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने मन्त्री बस्नेतको प्रतिवद्धता

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
समाचार

पहिलोपटक ७ जनामा कोरोनाको जेएन–१ भेरियन्ट पुष्टि

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो
ट्रेन्डिंग न्यूज्

त्रिविले ४९औँ दीक्षान्त भव्य रुपमा मनायो

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील
Breaking News

नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्ने प्रधानमन्त्री प्रचण्डको अपील

कोरोना संक्रमण अध्यधिक बढ्न थालेपछि सिंहदरवार प्रवेशमा कडाइ यसअघि जारी गरिएका सबै प्रवेश पास खारेज (विज्ञप्तिसहति)
ट्रेन्डिंग न्यूज्

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result