अमेरिका । कोरोना भाइरस संक्रमण पिडितका लागि राहत उठाउने काममा पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा राजनीति शुरुभए पछि आइसीसीका उपाध्यक्ष सोनाम लामाले मुख खोलेका छन् । लामाले विज्ञप्ती जारी गर्दै सबैलाई सस्थागत रुपमा नै चल्न आग्रह गरेका छने । उने व्यक्ति चर्चामा आउनका लागि संस्थागत प्रक्रिया मिच्न नहुने बताएका छन् ।
अमेरिकामा कोरोना संक्रमणका कारण समस्यामा परेका नेपालीका लागि एनआरएनए एसीसीले राहत संकलनका अभियान थालिसकेको अवस्थामा एनआरएनएकै पदाधिकारीहरुद्वारा व्यक्तिगत रुपमा पनि राहत संकलन शुरु गरे पछि उपाध्यक्ष लामाले विज्ञप्ती मार्फत सस्थालाई नै बलियो बनाउन अपिल गरेका छन् ।
लामाले आफ्नो विज्ञप्तीमा कुनै व्यक्तिको नाम भने तोकेका छैनन् । यद्यपी एनआरएनए आइसीसी र एनसीसीहरुले सस्थागत रुपमा राहात संकलन शुरु गरिरहेको समयमा एनआरएनए आइसीसीका सचिव गौरी जोशिले क्षेत्राधिकार बाहिर गएर राहत संकलन गर्दै सस्थागत भन्दा व्यक्तिगत रुपमा चल्न खोजेको भन्दै असन्तुष्टि बढेको छ ।
लामाले विज्ञप्तीमा भनेका छन्,’ गैर आवासीय नेपाली संघ अमेरिकाले कोभिड–१९ लाई लिएर नेपाली समुदायलाई सचेतना दिने जस्ता निकै प्रशंसनीय कार्यहरु गरिरहेको छ । यो घडीमा गैर आवासीय नेपालीलाई पर्दा एनआरएनए छ भन्ने सन्देश दिन एनआरएनए अमेरिका सफल भएको छ भन्ने मलाई लागेको छ । यो अवस्थामा हामी सबैंले एनआरएनए अमेरिकाले बनाएको कोभिड–१९ राहत कोषलाई बढी भन्दा बढी मजबुत बनाउनु पर्दछ भन्ने मलाई लाग्दछ ।’
लामाको विज्ञप्ती अनुसार एनआरएनए आइसिसीले अन्तराष्ट्रिय रुपमा कोष बनाइसकेको अवस्था छ भने एनआरएनए अमेरिकाले अमेरिकाबासी गैर आवासीय नेपालीको निम्ति सहयोग गर्न कोष बनाएर आर्थिक संकलन गरिरहेको छ ।
विज्ञप्तीमा लामाले भनेका छन्,’ आइसिसीले कोविड–१९ उच्चस्तरीय समिति बनाएर काम गरिरहेको छ भने कोरोना महामारीको लागि आर्थिक संकलनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कोषाध्यक्ष श्री महेश श्रेष्ठको संयोजकत्वमा राहत कोषको उपसमिति निर्माण गरिसकेको छ । सो उपसमिति मेरो परोपकार तथा राहत विभाग अन्तर्गत रहेर बनाएको पनि यहाँहरुमा जानकारी गराउन चाहान्छु । विश्वभरि नै आइसिसीको तर्फबाट कोष संकलन गर्दै आवश्यक राहत तथा सहयोग गर्ने कार्य भइरहेको छ ।’
उपाध्यक्ष लामाले सस्थागत रुपमा नै राहत संकलन भइरहेकाले एनआरएनए अमेरिकाको कोषमा नै सहयोग गर्न भनेका छन् ।’ यस विपत्तिको बेला अमेरिकाबासी तपाई हामी सबैंले हातेमालो गरेर सहयोग आवश्यकता पर्ने नेपालीलाई सहयोग गर्नका लागि एनआरएनए अमेरिकाले बनाएको कोषमा सहयोग गर्न समेत म सबैंमा अपिल गर्न चाहन्छु । अहिलेको आवश्यकता भनेको शक्ति र स्रोतलाई विभाजन गर्ने नभई सबैं शक्ति एक ठाउँमा लगाउने हो, त्यसका लागि विना स्वार्थ सहयोगको अभियानमा सबैं एक हुन पनि म सम्बन्धित सबैंमा आग्रह गर्दछु ।’
लामाले भनेका छ,’अहिले तपाई हामी सबैं सुरक्षित रुपमा बसौं, सकेको सहयोग गरौं, सहयोग गर्नका लागि समुदायमा आग्रह गरौं, हामी सबैं मिलेर कोभीड–१९ ले कम नेपालीमा असर गर्न सक्ने वातावरणको निर्माण गरौं । फुटेर होइन जुटेर सहयोगी भावनाले काम गरौ । कोरोना विरुद्धको लडाई सफल पारौं ।’
सोनाम लामाद्वारा जारी विज्ञप्तीको पूर्णपाठ
विश्वभरि रहनु भएको सम्पूर्ण नेपाली आमा बुबा, दाजु भाई तथा दिदि बहिनीहरुमा नमस्कार ।
यतिखेर विश्वब्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) ले विश्व आक्रान्त छ । मानव जातीकै लागि सबैभन्दा ठूलो चुनौतीको रुपमा आएको यस महामारीले विश्व जगत नराम्ररी प्रभावीत भइरहेको छ । कोरोनाले विश्वका विभिन्न देशमा बस्नुहुने गैर आवासीय नेपालीहरु समेत प्रत्यक्ष/अप्रत्यक्ष रुपमा प्रभावीत हुनु भएको छ ।
अहिले विश्वभरी महामारी फैलिरहेको कोरोनाले गैर आवासीय नेपालीमा प्रत्यक्ष असर पुर्याइरहँदा अमेरिकाबासी गैर आवासीय नेपालीमा भने यसले गहिरो चोट पुर्याएको छ । तपाई हामी बस्दैं आएको अमेरिका अहिले कोरोना संक्रमणले ग्रस्त छ । अमेरिकामा ठूलो मानवीय क्षति भइसकेको र अझै क्षति हुने क्रम जारी छ । तत्काल नियन्त्रणमा आउँने संकेत नदेखिएको कोभिड–१९ को यो महामारीमा नेपाली समुदायका सदस्यहरुलाई पनि हामीले गुमाउनु परेको छ । अनाहक र असामयिक रुपमा हाम्रा सदस्यहरु गुमाउनु पर्दाको पिडाले यतिखेर अमेरिकामा रहेको हाम्रो नेपाली समुदाय निकैं मर्माहत भएको छ । अमेरिकाबाहेक यूके, कतारमा बसोबास गर्नुहुने नेपाली समुदायको सदस्यलाई समेत गुमाउनु परिरहेको निकै पीडादायी र दु:खद खवर छ भने विभिन्न देशमा नेपालीहरु संक्रमीत हुने क्रम समेत जारी रहेको देखिन्छ ।
यो अवस्थामा म अनाहकमा ज्यान गुमाउनुहुने हाम्रा नेपाली समुदायका सदस्यहरुप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । साथैं उपचार गराइरहनुभएका र कोभिड–१९ को संक्रमण देखा परेका सबैंको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु । विश्वभर रहनुभएका सम्पूर्ण नेपालीमा सुरक्षित भएर बस्न र आवश्यक सावधानी अपनाउन आग्रह गर्दै सबैंको सुस्वास्थ्यको समेत कामना गर्दछु ।
अहिले अमेरिकाको हाम्रो समुदायले कोभिड–१९ को ठूलो मार खेप्नुपरेको छ । कोभिड–१९ ले अमेरिकामा रहेका नेपाली विद्यार्थी देखि सबैंको जनजीवन प्रभावित बनेको छ । यसको असर अबको केही समयसम्म रहने र आगामी दिनमा अझ देखिदैं जाने सम्भावना छ । यो कठिन अवस्थामा हामी सबैं एक भएर एकले अर्कोलाई सहयोग गर्दै यो संकटलाई पार लगाउनुपर्ने अवस्था छ । यो बेला विना स्वार्थ हामीले सकेको ठाउँमा सहयोग गर्ने र हाम्रो समुदायमा कसैंलाई दु:ख पर्दा हामी सँगैं छौं भन्ने सन्देश दिन जरुरी छ । म अमेरिकावासी सबैंलाई एक भएर सहयोगी हात अघि बढाउन आग्रह गर्दछु ।
गैर आवासीय नेपाली संघ अमेरिकाले कोभिड–१९ लाई लिएर नेपाली समुदायलाई सचेतना दिने जस्ता निकै प्रशंसनीय कार्यहरु गरिरहेको छ । यो घडीमा गैर आवासीय नेपालीलाई पर्दा एनआरएनए छ भन्ने सन्देश दिन एनआरएनए अमेरिका सफल भएको छ भन्ने मलाई लागेको छ । यो अवस्थामा हामी सबैंले एनआरएनए अमेरिकाले बनाएको कोभिड–१९ राहत कोषलाई बढी भन्दा बढी मजबुत बनाउनु पर्दछ भन्ने मलाई लाग्दछ ।
एनआरएनए आइसिसीले अन्तराष्ट्रिय रुपमा कोष बनाइसकेको अवस्था छ भने एनआरएनए अमेरिकाले अमेरिकाबासी गैर आवासीय नेपालीको निम्ति सहयोग गर्न कोष बनाएर आर्थिक संकलन गरिरहेको छ । आइसिसीले कोविड–१९ उच्चस्तरीय समिति बनाएर काम गरिरहेको छ भने कोरोना महामारीको लागि आर्थिक संकलनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कोषाध्यक्ष श्री महेश श्रेष्ठको संयोजकत्वमा राहत कोषको उपसमिति निर्माण गरिसकेको छ । सो उपसमिति मेरो परोपकार तथा राहत विभाग अन्तर्गत रहेर बनाएको पनि यहाँहरुमा जानकारी गराउन चाहान्छु । विश्वभरि नै आइसिसीको तर्फबाट कोष संकलन गर्दै आवश्यक राहत तथा सहयोग गर्ने कार्य भइरहेको छ ।
यस विपत्तिको बेला अमेरिकाबासी तपाई हामी सबैंले हातेमालो गरेर सहयोग आवश्यकता पर्ने नेपालीलाई सहयोग गर्नका लागि एनआरएनए अमेरिकाले बनाएको कोषमा सहयोग गर्न समेत म सबैंमा अपिल गर्न चाहन्छु । अहिलेको आवश्यकता भनेको शक्ति र स्रोतलाई विभाजन गर्ने नभई सबैं शक्ति एक ठाउँमा लगाउने हो, त्यसका लागि विना स्वार्थ सहयोगको अभियानमा सबैं एक हुन पनि म सम्बन्धित सबैंमा आग्रह गर्दछु ।
अन्तमा, अहिले तपाई हामी सबैं सुरक्षित रुपमा बसौं, सकेको सहयोग गरौं, सहयोग गर्नका लागि समुदायमा आग्रह गरौं, हामी सबैं मिलेर कोभीड–१९ ले कम नेपालीमा असर गर्न सक्ने वातावरणको निर्माण गरौं । फुटेर होइन जुटेर सहयोगी भावनाले काम गरौ । कोरोना विरुद्धको लडाई सफल पारौं ।
धन्यवाद ।
सोनाम लामा
उपाध्यक्ष
गैर आवासीय नेपाली संघ







प्रतिक्रिया लेख्नुहोस्:-