Monday, August 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गौरी जोशीलाई झड्का आइसीसीको पत्र सोनामको पक्षमा

चैत्र २६, २०७६ ७:१८ मा प्रकाशित
गौरी जोशीलाई झड्का आइसीसीको पत्र सोनामको पक्षमा
Share on FacebookShare on Twitter

दूरबिन संवाददाता ।
अमेरिका  ८ अप्रिल ।


कोरोना भाइरसको संक्रमणले आक्रान्त अमेरिकामा रहेका सङ्क्रमित नेपालीहरूलाई मद्दत गर्न एनआरएनए अमेरिकाले अगाडि बढाएको सहयोग सङ्कलनको प्रक्रिया नै आधिकारिक भएको एनआरएनए आइसीसीले प्रष्ट गरेको छ । अप्रिल ७ तारिख महासचिव हेमराज शर्माले एनसीसी र आइसीसीलाई पठाएको पत्रमा संस्थागत रुपमा मात्र सहयोग सङ्कलन गर्ने निर्णय भएको जनाइएको छ ।  केन्द्र अर्थात अन्तराष्ट्रिय समन्वय परिषद आइसीसीको अप्रिल ५ मा बसेको बैठकले क्षत्रीय संयोजकहरुको सहकार्यमा केन्द्रमा र राष्ट्रिय समन्वय परिषद एनसीसीहरुले संवन्धित देशमा बाहेक अरु कसैले कही सहयोग सङ्कलन गर्न नपाउने निर्णय  भएको महासचिव हेमराज शर्माले पठाएको पत्रमा उल्लेख छ । 

सचिव गौरि जोशीले केन्द्रको निर्णय विपरित अमेरिकामा आफ्नै संयोजकत्वमा  सहयोग सङ्कलन गर्न थालेपछी उपाध्यक्ष सोनाम लामाले संस्थागत प्रक्रियामा जानु पर्ने सार्वजनिक अपिल गर्दै गौरी जोशीको कदमलाई चुनौति दिएका थिए । लामाले सङ्कटको बेला एक भएर सहयोगका लागि जुट्नु पर्ने बेला हिरो देखिन राजनीति गर्न खोज्ने प्रवृत्ति ठिक नभएको भन्दै आपत्ति जनाएका हुन् । तर सचिव जोशीले उपाध्यक्ष लामाले केन्द्रको निर्णय नबुझेको भन्दै आफ्नो अभियानको बचाउ गरे । 

 केन्द्रको निर्णय बमोजिम एनसीसीलाई सहयोग गर्नु पर्ने पक्षका लामा र विगतमा जस्तै यसपटक पनि एनसीसीलाई असफल देखाउन लागि परेका जोशी बीचको तनाव कम गर्न महासचिव शर्माले पत्राचार गरेका हुन् ।  महासचिव शर्माले गरेको पत्राचारबाट  सचिव गौरी जोशीको आफ्नो नेतृत्वमा सहयोग संकलन गर्ने प्रयास संस्थागत निर्णय विपरित भएको प्रष्ट हुन्छ । 

नेपाली समाजका अगुवाहरूका अनुसार अमेरिकामा घरभित्र बसेका नेपालीहरूका लागि अहिले ठुलो आर्थिक साहयता भन्दा पनि मानसिक तनाव कम गर्ने, संक्रमित भएमा विज्ञहरूसँगको परामर्श  र बिरामी भएमा उपचारका लागि जाने प्रमुख प्राथमिकता हुन् । पैसा नभएर खान नपाएको र उपचार गर्न नसकेको नगन्य घटनाहरू मात्र छन् ।  यस्तो बेला सहयोग सङ्कलनका नाममा रडाको मच्चाएर आफू सक्षम देखिन खोज्ने प्रवृत्ति र घटनालाई कतिपयले मानवीय सङ्कटलाई पनि आफ्नो स्वार्थको सिद्धिको लागि भ¥याङ बनाउने तल्लो स्तरको राजनीतिक चरित्रको रुपमा बुझेका छन् । 


महासचिव हेमराज शर्माले पठाएको पत्र ।

Subject: ‘COVID-19 Relief Fund’ सहयोग संकलनका सम्बन्धमा

आदरणीय एनसिसि र आईसिसि परिवार,
COVID-19 बाट पिडित नेपालीहरुको सहयोगको लागि आर्थिक संकलन गर्न कोषाध्यक्ष महेश श्रेष्ठज्यूको संयोजकत्वमा एक समिति बनी यस तर्फ काम अगाडी बढेको यहाँलाई अवगत नै छ । मिति ५ अप्रिल २०२० मा बसेको आईईएसको बैंठकले ‘COVID-19 Relief Fund’ सञ्चालन सम्बन्धी कार्यविधी निर्माण गर्न कोषाध्यक्षज्यूलाई जिम्मेवारी दिएको छ । उक्त कार्यविधी अहिले निर्माणको क्रममा छ । क्षेेत्रीय संयोजकहरुको सहकार्यमा आईसिसि आफैंले र एनसिसिहरुले बाहेक संघका समिति वा उपसमिति छुट्टै रकम संकलन गर्न अनुमती नदिइएको स्मरण गराउन चाहान्छु । आईसिसिले नेपालको बैंक खातामा जम्मा गर्ने वा अनलाईन मार्फत क्रेडिट वा डेबिट कार्ड प्रयोग गरी सहयोग गर्न सकिने व्यवस्था गरेको छ ( जसको लिङ्क रहेको छ www.nrna.org/donate) । यसै गरी एनसिसिहरुले आ-आफ्नो बैंक खाता वा अनलाईन डोनेसनको व्यवस्था गरेका छन् । क्षेत्रीयस्तरमा रकम कसरी संकलन गर्ने भन्ने बारे कार्यविधीमा प्रष्ट भएर आउदैछ। अत: कार्यविधी आउनु भन्दा पहिले र कोषाध्यक्षको प्रत्यक्ष निगरानी बिना पदाधिकारीहरुले व्यक्तिगत रुपमा वा संघको समिति वा उपसमितिको नाममा सहयोग संकलन नगर्नको लागि निर्देशन गरिन्छ । अनलाईनबाट सहयोग गर्न चाहाने सदस्य तथा शुभचिन्तकहरुलाई संघको आधिकारीक पेज प्रयोग गर्न अनुरोध गरिन्छ । आर्थीकरुपमा पारदर्शी र सदस्यहरु प्रति जवाफदेही हुने हाम्रो प्रणलाई व्यवहारमा लागु गर्न एकिकृत प्रणालीको व्यवस्था गर्नु परेको हो ।

COVID-19 ले असर पारेका नेपालीहरुहरुको तथ्याङ्क संकलन सचिवालयबाट भएकोछ, यसको लागि फाराम वितरण गरि सकिएको छ भने १-२ मा हामीले २४औ घण्टा हटलाईनको व्यवस्था गरेका गर्दैछौँ। एनसिसिहरुले पनि आ-आफ्नै किसिमले तथ्याङ्क संकलन गर्दै छन् । अत: आईसिसि वा एनसिसिले स्थापना गरेको तथ्याङ्क संकलन प्रणाली नै प्रयोग गर्न अनुरोध छ । महामारीको यस बिषम परिस्थितिमा हामीहरु एकतृत रुपमा काम गर्नु आवश्यक छ।

हेम राज शर्मा
महासचिव

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result