काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
एमाले संसदीय दलका नेता समेत रहेका उनलाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गठबन्धनमा रहेका एमाले–माओवादी र नेकपा एसका कूल २३ सांसदले हस्ताक्षरसहित यामलालाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका छन् ।
कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् । कर्णालीमा सरकार गठनका लागि २१ जना आवश्यक पर्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-