काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन्।
प्रतिनिधिसभा बैठकमा सोमबार बोल्दै उनले श्रेष्ठको फोन संवाद भ्रष्टाचारसँग सम्बन्धित रहेको भन्दै उनले संसदीय समिति बनाएर निष्पक्ष छानबिन हुनुपर्ने बताए।
फोन संवादमा साढे २ करोड कोर टिमलाई बुझाउनुपर्छ भनेको छ। कोर टिम भनेको हो रु त्यसको पनि छानबिन गर्नुपर्दैन सभामुख महोदयरु गुरुङले भने, ‘संसद सदस्यले गरेको कमिसन, भ्रष्टाचारसँग सम्बन्धित वार्तालापका सन्दर्भमा संसद चुप लागेर बस्नुहुँदैन। आजको बैठकबाट संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्न माग गर्दछु।’
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग आफू स्वास्थ्य मन्त्री बन्ने भन्दै सांसद श्रेष्ठले दुई करोड माग गरेको अडियो सार्वजनिक भएसँगै रास्वपाले उनलाई निलम्बन गरेर छानबिन गरिरहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-