काठमाडौं । अबदेखि ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुल्ला हुने भएको छ ।
बिहीवार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनी परिधिमा रहेर चौबीसै घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन्।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रूपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताए। उनले अहिले ठमेलमा मात्रै ८ हजारभन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको बताए। उनले पर्यटकले २४ सै घण्टा ठमेलमा घुम्न, बस्न, खान सक्ने अनुभूति गर्ने बताए।
प्रतिक्रिया लेख्नुहोस्:-