सन्निभेल क्यालिफोर्निया । सन्नि सगरमाथा समाजले नयाँ वर्ष २०८० शुभकामना आदानप्रदान कार्यक्रम आगामी शनिवार अर्थात अप्रिल १५ मा गर्ने भएको छ । विगत लामो समयदेखि समाजले नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान एवं बनभोज कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
बनभोज कार्यक्रमका संयोजक नवराज तिवारीले दिएको जानकारी अनुसार यस बर्षको कार्यक्रम Baylands Park 999 E. Caribbean Dr. Sunnyvale मा बिहान ११ बजेवाट शुरु हुनेछ । नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा स्यानफ्रान्सिस्को बे एरिया र आसपास क्षेत्रका झण्डै २ हजार नेपालीहरु सहभागी हुने अनुमान गरिएको संयोजक तिवारीले बताए । उनले लामो लाइनमा बस्नुपर्ने झण्झटवाट मुक्त हुन https://sunnysagarmathasamaj.org/etn/sss-new-year-picnic-2080 वाट अनलाइन टिकट लिन र कार्यक्रमको भरपुर मनोरन्जन लिन समेत अनुरोध गरेका छन् ।
“यसपटकको पिकनिकलाई स्वादिष्ट भोजनको अलावा राफल चिट्ठा र उपहारहरु पनि राखिएको छ”, तिवारीले भने । साना वालवालिका र सिनियर सिटिजनहरुलाई निशुल्क प्रवेशको ब्यवस्था गरिएको र बयस्कहरुलाई २५ डलर शुल्कको ब्यवस्था गरिएको उनले बताए
प्रतिक्रिया लेख्नुहोस्:-