Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल फाउन्डेशनद्वारा स्मार्ट सिटी सम्बन्धी वेबिनार आयोजना

बैशाख १, २०८१ ७:३९ मा प्रकाशित
जय नेपाल फाउन्डेसनले स्मार्ट सिटी सम्बन्धी दोस्रो वेबिनारको आयोजना गर्दै
Share on FacebookShare on Twitter

अमेरिका । जय नेपाल इन्टरनेशनल फाउन्डेशनले “स्मार्ट सिटी: विश्वव्यापी परिप्रेक्षदेखि स्थानीय अभ्याससम्म” भन्ने विषयमा दोस्रो वेबिनार आयोजना गरेको छ । शनिवारको कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञ लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो। अमेरिकामा कार्यरत सार्वजनिक यातायात विज्ञ डा. देशराज संयोजकले अधिकारको हिसाबले नेपालका स्थानीय निकाय अमेरिकाका स्थानीय निकाय भन्दा शक्तिशाली रहेको भन्दै आफ्नो नगर क्षेत्रमा स्वास्थ्य, शिक्षा, सार्वजनिक यातायात, रोजगारीको लागि एकीकृत रुपमा काम गर्नु पर्ने बताए ।
माइक्रोसफ्ट कर्पोरेसन युकेका प्रमुख इन्जिनियर हरि न्यौपानेले नेपालमा नै स्मार्ट सिटी सम्बन्धी काम गर्न सक्ने विज्ञहरूको समूह बनाएर सो मार्फत यसलाई बढावा वा टेवा दिन सकिने बताए। छलफलमा भाग लिँदै सिटी अफ टेम्पे, एरिजोना अमेरिकाका मुख्य प्लानर डा. अम्बिका प्रसाद अधिकारीले स्मार्ट सिटीको विकासका लागि देश विदेशमा रहेर नेपालीले आर्जन गरेको ज्ञान र सीपलाई नेपालमा प्रयोग गर्न सक्नु पर्ने बताए । कुनै पालिकामा आफ्नो सिप र ज्ञानको आवश्यकता रहेमा आफू निःशुल्क रुपमा प्रदान गर्न तयार रहेको समेत डा. अधिकारीले जनाए ।
नेपालको शहरी विकास मन्त्रलयका सहसचिव एकराज अधिकारीले स्मार्ट सहरहरुको विकासका लागि नेपाल सरकार विभिन्न योजना बनाएर अगाडी बढिरहेको र आगामी दिनमा देश र विदेशमा रहेका नेपालीहरूमा रहेको स्रोतलाई यसको विकासमा अधिकतम रुपमा प्रयोग गर्नको लागि लागि पर्ने बताए। महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले स्थानीय निकायलाई स्मार्ट सिटीको अवधारणामा लैजान जरुरत भैसकेको र यस्ता कार्यक्रमले यसको विकासमा अझ सजिलो बनाउने बताए । यसै गरी हलेसी तुवाचुङ्ग नगरपालिकाकी मेयर बिमला राई तिलुङ्गले धेरै मेयरहरूमा स्मार्ट सिटीमा लैजाने जोशजाँगर र सोच भएको र यस्तै कार्यक्रम मार्फत यस सम्बन्धी जानकारी तथा आवश्यक परेको समयमा विशेषज्ञ सेवा उपलब्ध प्राप्त हुने वातावरण बनेमा धेरै सजिलो हुने बताइन् ।
कार्यक्रममा प्रस्तोता र प्यानलिस्टहरुले भावी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै पालिकाका प्रतिनिधिहरूले यस सम्बन्धी जानकारी चाहेमा तुरुन्त पहुँच पुग्न सक्ने गरी “ट्यालेन्ट पुल” बनाएर सेवा दिन सकिने र आफूहरू यसमा निःशुल्क रुपमा सेवा दिन तयार रहेको समेत बताएका थिए । कार्यक्रमको अन्त्यमा संस्थाद्वारा यस भन्दा अगाडी आयोजना गरेका कार्यक्रमका
प्रस्तोता तथा प्यानलिस्टहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो। डा. नीरज श्रेष्ठले संचालन गरेको कार्यक्रममा जय नेपाल फाउन्डेशन नेपालका अध्यक्ष बद्री अर्यालले संस्थाको बारेमा जानकारी गराएका थिए भने जय नेपाल इन्टरन्याशनल फाउन्डेसनका अध्यक्ष डा. यादव पण्डितले सबैलाई धन्यवाद दिएक थिए।
यसै शृंखलाको पहिलो वेबिनार गत मार्च २, २०२४ मा आयोजना गरिएको थियो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result