काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले बारा–२ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन आफ्ना पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
उनले शुक्रबार बाराको महागढीमाई नगरपालिका–२ बरियारपुरमा शुक्रबार स्थापना गरिएको संयुक्त चुनावी सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनको प्रतिनिधित्व गरिरहेका कारण उनी नेपाली कांग्रेस समेतको उम्मेदवार भएको बताए।
‘उपेन्द्रजी जसपा पार्टीको मात्र उम्मेदवार हुनुहुन्न। उहाँलाई पाँच दलीय गठबन्धनले उठाएको हो। उहाँ जति जसपाको उम्मेदवार हुनुहुन्छ, उत्तिकै कांग्रेसको पनि उम्मेदवार हुनहुन्छ। उहाँलाई जिताउने सम्पूर्ण कांग्रेसी नेता कार्यकर्ताहरूको कर्तव्य हो। कांग्रेसका सम्पूर्ण साथीहरूसँग म उपेन्द्रजीलाई जिताउन खुलेर लाग्न आग्रह गर्दछु।’
प्रतिक्रिया लेख्नुहोस्:-