Sunday, August 23, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोनाले गर्दा कुनै समस्या छ भने फोन गर्नुस् 

बैशाख ५, २०७७ ४:२७ मा प्रकाशित
कोरोनाले गर्दा कुनै समस्या छ भने फोन गर्नुस् 
Share on FacebookShare on Twitter

 दूरबिन संवाददाता । अमेरिका अप्रिल १७ ।


भनिन्छ अप्ठ्यारो समयमा मानिसको सही पहिचान हुन्छ । राम्रो र परिणाममुखी काम गर्न पवित्र सोच, सहयोगी बिचार र सकारात्मक चिन्तन आवश्यक हुन्छ । तामझाम, खोक्रा प्रतिवद्धता, झुटा आश्वासन र राजनीतिक दाउपेच भन्दा माथि रहेकाहरूले यस्तै वेला आफ्नो क्षमता देखाउने अवसर पाउछन् । यसको पछिल्लो  उदाहरण भएका छन् क्यालिफोर्निया निवासी नारायण पोखरेल  ।


कोरोना भाइरसले निम्त्याएको यस महाविपत्तिमा एनआरएनए अमेरिकाको हेल्पडेक्स र त्यसको नेतृत्व गरिरहेका नारायण पोखरेलको लागि यो परीक्षाको घडी थियो । कोरोना भाइरसको सबैभन्दा बढि चपेटामा परेको अमेरिकामा बसोवास गर्ने नेपालीलाई सहयोग गर्ने अवसरको रुपमा पोखरेलले यो समयलाई बुझे । 


त्यसै अनुरूप पोखरेलले समस्या र सन्त्रासमा रहेको नेपाली समुदायलाई पाँच प्रकारले सहयोग गर्ने योजना बुने । कोरोना भाइरसको उपचार र शङ्का निवारण, आर्थिक र प्राविधिक पक्षमा जोडिएका जिज्ञासाको समाधान, अध्यागमन र कानुनी विषयमा परामर्श , कलेजको जानकारी र विद्यार्थीलाई सहयोग साथै ट्याक्स, आर्थिक सहायता र बेरोजगारको लागि सहयोग  । 


एनआरएनए अमेरिका हेल्पडेस्कका प्रमुख नारायण पोखरेलले दूरबिन नेपालसँग कुरा गर्दै भने  “सहयोग आवश्यक भएकाहरूलाई उनीहरूको गोपनीयतालाई जोगाएर कसरी छिटै र प्रभावकारी ढङ्गले सहयोग गर्न सकिन्छ भनेर योजना बनाए । त्यसमा एनआरएनए अमेरिकाका च्याप्टर र बिषयगत विज्ञलाई समावेस गरी हटलाइनबाट परामर्श सहयोग गर्ने योजना भयो । यसबाट अहिलेसम्म एक हजार भन्दा बढि नेपालीले फाइदा लिएका छन् ।” 


पोखरेलका अनुसार एनआरएनए अमेरिकाको हेल्पडेक्सको हेल्पलाइनबाट सवै भन्दा बढि नेपाली मूलका विज्ञ चिकित्सकमार्फत आफ्नैै भाषमा नेपालीहरूले परामर्श लिएका छन् । त्यस पछि बेरोजगारी फायल, ट्याक्स, इमिग्रेशन र विद्यार्थीले आफ्नो समस्या विज्ञहरू समक्ष राख्न पाएका छन् । 


नारायण पोखरेलको नेतृत्वमा रहेको हेल्प डेक्सले नेपाली समुदायलाई गरिरहेको सेवा देखेर एनआरएनए अमेरिका अध्यक्ष सुनिल साह र महासचिव पशुपति पाण्डे पनि दङ्ग छन् । अध्यक्ष सुनिल साहले दुरबिन नेपालसँगको कुराकानीमा भने  “एनआरएनए अमेरिकाले नेपाली समुदायलाई सहयोग गर्न सबै क्षेत्रमा आफ्नो साधन श्रोत र जनशक्तिको अधिकतम प्रयोग गरिरहेको छ । हेल्पडेक्सले अपेक्षाकृत रुपमा काम गरिरहेको छ । नीडि पिपुलहरुले हेल्पडेक्सको नम्बरमा कल गर्नासाथ विज्ञहरुबाट तत्काल रेस्पोन्स र सेवा पाएका छन् ।” 


एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डे पनि नारायण पोखरेलको नेतृत्वमा रहेको एनआरएनए अमेरिकाको हेल्प डेक्सबाट सह्रानिय काम भएको बताउँछन् । पाण्डेले दूरबिन नेपालसँग कुरा गर्दै भने  “चार–पाँचवटा टाक्सफोर्सले अहिले सक्रिय भएर काम गरिरहेका छन् । जसमा हेल्पडेक्स एउटा शसक्त टाक्सफोर्स हो ।  यसमा नेतृत्व गरिरहनुभएका नारायण पोखरेलको भिजन राम्रो देखिन्छ । अहिलेको मुख्य समस्या के हो र त्यसमा कसरी सहयोग गर्न सकिन्छ भन्ने अवधारणामा उहाँले योजना बनाएर सहयोग पु¥याउनु भएको छ ।” 


अमेरिकामा रहेका विद्यार्थी र प्रवासी नेपालीहरूले कोरोना भाइसरसका कारण उत्पन्न कुनै पनि समस्या भएमा हेल्प डेक्सको ८४४ ६७६ २८७२ मा कल गरेर विज्ञहरुसँग तत्काल आफ्नो समस्या समाधानका लागि परामर्श गर्न सक्नुहुने एनआरएनए अमेरिका हेल्प डेक्सले जनाएको छ । 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result