अमेरिका, १८ अप्रिल / एनआरएन एनसिसि युएस्एको हेल्प डेस्कले उत्तर क्यालिफोर्नियामा आगामी अप्रिल २१, २०१८ मा हेल्प एण्ड सेल्फ हेल्प विषयक कार्यशाला गोष्ठी गर्न गइरहेको छ । एन आर एन क्यालिफोर्निया च्याप्टर तथा हेल्प डेस्कको संयुक्त आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा कानुन, घर खरिद तथा ट्याक्स भर्ने विषयमा आफू कसरी बढी फाइदामा रहन सकिन्छ भन्ने बारे जानकारी गराउने उद्देश्य रहेको छ ।
हुन सान फ्रान्सिस्को स्थित अर्बान करी रेस्टुराँमा सम्पन्न हुने सो कार्यक्रममा इमीग्रेशन अटोर्नी यज्ञ नेपाल, सी पी ए श्याम श्रेष्ठ तथा टंक रायक्षेत्री, रियल्टर सुरज पाख्रिन तथा नवीन (बेन) अधिकारीको सहभागिता रहने छ । अन्तरक्रिया पश्चात् प्रश्नोत्तर सेसन सञ्चालन हुने आयोजकहरूले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-