Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चार हिमालका लागि चार सय आरोही आधार शिविरमा

बैशाख ६, २०७५ ३:०८ मा प्रकाशित
चार हिमालका लागि चार सय आरोही आधार शिविरमा
Share on FacebookShare on Twitter

सल्लेरी, सोलुखुम्बु, ६ वैशाख / वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि करीब चार सय आरोही नाम्चेबाट उकालो लागेका छन् ।

यतिबेला अधिकांश आरोही पर्यटकीय क्षेत्र नाम्चे हँुदै आधार शिविर पुगिसकेका छन्् । आजसम्म ४० समूहका आरोही सगरमाथा प्रदूषण तथा नियन्त्रण समिति (एसपिसिसी) नाम्चेमा दर्ता गराएर आधार शिविरतर्फ लागेका हुन् । तीन हिमाल आरोहणका लागि एउटै आधार शिविर प्रयोग गर्ने गरिएको छ । तीन सय ८३ आरोही एसपिसिसीको कार्यालय नाम्चेमा नाम दर्ता गराएर आधार शिविरतर्फ गइसकेको एसपिसिसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिनुभयो ।

एसपिसिसीका अनुसार विभिन्न हिमाल आरोहणका लागि दर्ता गराएका समूहमध्ये ३३ समूहका ३०८ सगरमाथा आरोहण दलका सदस्य छन् । यस्तै ल्होत्से हिमाल आरोहणका लागि छ समूहका ६४ र नुप्त्से हिमाल आरोहणका लागि एक समूहका ११ आरोहण दलका सदस्य रहेको राईले जानकारी दिनुभयो ।

बीस आरोही महिला

पर्यटन विभागमा अनुमति लिएका आरोहीको तथ्याङ्क हेर्दा सगरमाथा आरोहणका लागि पाँच समूहका ३८ आरोहीदलका सदस्य नाम्चे पुग्न बाँकी छ । पर्यटन विभागमा आजसम्म विदेशका ३४ र नेपाली चार समूहका आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएको विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ३४ समूहका ३२६ विदेशी र चार समूहका २० नेपाली आरोहीले अनुमति लिएका छन् । नेपाली आरोहण दलमा २० मध्ये १५ महिला छन् ।

यस्तै आठ हजार ५१६ मिटर उचाइको ल्होत्से हिमाल आरोहणका लागि अनुमति लिनेमध्ये दुई समूहका २४ आरोही नाम्चे पुगेका छैनन् । विभाग र एसपिसिसीको तथ्याङ्कलाई तुलना गर्दा सात हजार ८१६ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि सरकारसँग अनुमति लिएका दुई समूहका २६ जनामध्ये एक समूूहका १५ आरोही आधार शिविरतर्फ जाने क्रममा छन् ।

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि विदेशी पर्यटकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर तथा नेपालीले प्रतिव्यक्ति नेपाली रु ७५ हजार सलामी दस्तुर तिर्नुपर्छ । विभागमा आरोहीले सलामी दस्तुर बुझाएर अनुमति लिनुपर्ने प्रावधान छ ।

ल्होत्से हिमाल आरोहणका लागि विदेशीले सलामी दस्तुरवापत एक हजार आठ सय अमेरिकी डलर बुझाउनुपर्छ भने नेपाली आरोहीले नेपाली रु १० हजार र नुप्त्से आरोहणका लागि विदेशी आरोहीले प्रतिव्यक्ति ६०० अमेरिकी डलर सलामी दस्तुर बुझाउनुपर्छ । सोही हिमाल आरोहणका लागि नेपाली आरोहीले प्रतिव्यक्ति रु छ हजार सलामी दस्तुर बुझाउँछन् ।

सरकारले प्रत्येक आरोहण समूहमा एक सम्पर्क अधिकृत खटाउने गरेको छ । आरोही विभिन्न ट्रेकिङ कम्पनीमार्पmत आरोहणमा जाने गर्छन् । आरोही र सरकारबीच सम्पर्क गराउन विभागले सम्पर्क अधिकृत खटाउने गरेको जनाइएको छ ।रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result