अमेरिका १९ अप्रिल ।
बोर्ड अफ डाइरेक्टर सञ्जय थापाले एनआरएनए अमेरिकाको २०१९–२१ को नेतृत्व लिन अध्यक्षमा उम्मेदवारी दाखिला गरेका छन् ।
दूरबिन नेपालसँग कुरा गर्दै थापाले एनआरएनए अमेरिकालाई परादर्शि र सबैले आफ्नो हो भन्ने बनाउन नेतृत्वका लागि अगाडि बढेको बताए । थापाले भने “उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा पछाडि हट्ने र अरूका लागि मिलेर अगाडि जाने भन्ने कुराले खासै अर्थ राख्दैन ।”
थापाले उम्मेदवारीको समर्थकमा छोरा पुजय थापा र प्रस्तावकमा छोरी सम्पूर्ण थापालाई राखेका छन् । नेपाल कम्युनिस्ट पार्टीसँग निकट रहेको प्रवासी मञ्च अमेरिकाका थापा पूर्व अध्यक्ष हुन् । उनलाई प्रवासी मञ्चको सहयोग रहेको छ । तर उनले सबै क्षेत्र, वर्ग, समुदाय, फरक विचार समूह र महिलाहरूलाई समेटेर साझा र सन्तुलित टिम बनाउने बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-