सानफ्रानसिस्को । एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षमा पाँच जनाले उम्मेदवारी उम्मेदवारी दाखिला गर्ने तयारी गरिरहेका छन् । यसपटकको चुनावी चर्चामा नरहेका सुर्य लम्सालले पनि अध्यक्षमा उम्मेदवारी दिने भएपछि अध्यक्षका आकाक्षिहरुको संख्या पाँच पुगेको हो । बर्तमान कार्यसमितिमा रहेका बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडे, उपाध्यक्ष बुद्धि सुवेदी, कार्यसमिति सदस्य तिलक केसी र पूर्ब कार्यसमिति सदस्य कृष्ण लामिछानेले केही समय अगाडि नै उम्मेदवारी सार्वजनिक गरिसकेका छन् ।
सूर्य लम्सालले दूरबिन नेपालसँग भने “एनआरएनए अमेरिकालाई भाषणले होइन काम गरेर राम्रो बनाउन सकिन्छ भन्ने मेरो विस्वास छ । म अध्यक्षमा उम्मेदवारी दिदैछु ।” गत निर्वाचनमा पराजित भएपछि एनआरएनए अमेरिकाको निर्वाचन प्रक्रियाको बिषयमा लम्सालले अदालतमा मुद्धा दायर गरेका छन् । मुद्धा अझै टुंगिएको छैन ।
एनआरएनए अमेरिकाको साधारणसभाले संस्था बिरुद्ध मुद्धागर्ने ब्यक्तिले त्यसको निक्र्योल नभएसम्म अध्यक्षमा उम्मेदवारी दिन नपाउने विधानमा ब्यबस्था गरेको छ । तर लम्सालले संसोधित बिधान प्रष्ट नभएको बताए । मुद्धा दाखिला गर्ने अरु सदस्यले उम्मेदवारी दिन पाउने तर अध्यक्षमा नपाउने हुनसक्दैन ।
यसपटक अध्यक्षमा प्रतिस्पर्धा गर्न टेक्ससबाट दूई जना, विसकन्सिन राज्यबाट दुई जना र न्युयोर्कबाट १ जनाले उम्मेदवारी दिने भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-