Sunday, July 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गगनको नेतृत्व देशको आवश्यकता हो

महामन्त्रीसंग आलोचना पचाउने क्षमता छ

बैशाख ८, २०८१ ११:२१ मा प्रकाशित
गगनको नेतृत्व देशको आवश्यकता हो
Share on FacebookShare on Twitter

डा. गंगादत्त नेपाल

मलाई पञ्चायती व्यवस्थाको उत्तरार्धतिरदेखि नेपालको राजनीतिलाई सुक्ष्म रूपमा अँगाल्दै आउने क्रममा मलाई विभिन्न राजनीतिक कालखण्डका नेताहरूसँग निकट रही काम गर्ने मौका मिल्यो । म उच्च शिक्षाको लागि सिन्धुपाल्चोकवाट काठमाडौं आउंदा  जनआन्दोलनको तयारी थियो र जनान्दोलनमा हामी पनि सहभागी भएका थियौ । २०४६ सालको जनआन्दोलनले सफलता प्राप्त गर्यो र नेपालको प्रजातन्त्रको पुर्नबहाली भयो ।
यस पश्चातका कालखण्डमा धेरै राजनीतिक दलहरुका नेतृत्वकर्ताहरूको राजनीतिमा स्थापित र विस्थापितका श्रंखलाहरु चलिरहेको छ । नेपालमा प्रजातन्त्र पुनस्र्थापनासँगै राजनीतिक परिवेशमा धेरैले नेताहरुले आफ्नो नेतृत्व विकास गर्ने अवसर पनि प्राप्त गरे । त्यसै मध्येका एक हुन कांग्रेसका महामन्त्री गगनकुमार थापा । गगनसंग मेरो चिनाजन र सम्पर्क कलेज अध्धयनकै सिलसिलामा भएको हो । उनी विद्यार्थीकालीन राजनीतिमा पनि अरुभन्दा पृथक, प्रतिभाशाली र आशालाग्दा थिए । उनीमा तीक्ष्णता र नेतृत्व क्षमता भएकै कारण मेरो जनरमा नजरमा परेका थिए ।
त्यसबेलादेखि नै मैले उनको राजनीतिक यात्रालाई धेरै नजिकवाट नियालिरहेको पनि छु । वास्तवमा विद्यार्थीकालीन राजनीतिमा नै मेरो नजरमा परेका उनै गगन थापा अहिले समसामयिक राजनीतिमा नेपाली कांग्रसको मात्र नभई देशकै युवायर्गको आशा र भरोसाका केन्द्रको रुपमा विकास भएका छन् । वास्तवमा विद्यार्थाकालीन समयमा प्रियभाईको रुपमा चिनेको गगन थापाले नेपालको राष्ट्रिय राजनीतिमा ल्यायाएको तरंग र जनतामा जगाएको आशाको संचारलाई नियाल्दा मलाई निकै गौरव र हर्षको अनुभूति हुने गरेको छ ।

विद्यार्थी राजनीतिदेखि नै खारिएर अगाडि आएका नेता थापा खासगरी जनआन्दोलन २०६२ को जगबाट नेपाली कांग्रेसको राजनीतिमा स्थापित भए । यता नेपालमा जनआन्दोलन–२ भइरहँदा म भने जर्मन सरकारको छात्रवृित्तमा उच्च अध्ययनको लागि जर्मनीमा थिएँ । जर्मनीमा गगनका सहोदर दाज पवन थापा मेरा सहपाठी मित्र भएकाले पनि हामीले नेपाली राजनीतिलाई टाढा बसेर पनि
धेरै नजिकबाट नियालीरहेका हुन्थ्यौं र गगनको उज्ज्वल राजनीतिक भविष्यको बारेमा पनि छलफल गरिरहन्थ्यौं ।
विदेशमा अध्ययन सकेर नेपाल फर्के पश्चात् हाम्रो परिवार २०५८ सालदेखि नै तत्कालीन कपन गाविस वडा न १ हाल बुढानिलकण्ठ नगरपालीका वडा नं २० काठमाडौमा बसोबास गर्दै आएको हो । २०६४ को संविधान सभाको निर्वाचनदेखि सपरिवार विधिवत रूपमा काठमाडौ ४ को मतदाता भएका हौं । त्यति बेलादेखि नै यस क्षेत्रमा नेपाली कांगे्रसका उम्मेदवारहरू विजयी भइरहेका छन् ।
यसै क्रममा गगन थापा २०६४ को संविधान सभाको निर्वाचनमा समानुपातिकको तर्फवाट सभासद् भएका थिए भने उनले सोही क्षेत्रमा २०७३ र २०७९ को निर्वाचनमा थापाले अत्याधिक मतका साथ विजय हासिल गरे । हाल तिनै गगन थापा औपचारिक रूपमा राष्ट्रको नेतृत्व गर्ने क्रममा यसै निर्वाचन क्षेत्रलाई माया गरी अघि बढ्दै गर्दा हामी तमाम मतदाता र सुभचिन्तकहरुमा आशाको संचार भइरहेको छ ।
जसरी डा महाथिर मोहम्मदको नेतृत्ववाट मलेशियाले काँचुली फेर्यो, लिक्वानको नेतृत्ववाट सिङ्गापुरले विकासमा फड्को मा¥यो र सही नेतृत्व लगन र परिश्रमको कारण आज जापान विकसित भयो त्यसैगरि, हामीले स्वतन्त्र रुपमा गगन थापालाई काम गर्ने अवसर दियौं भने उनको नेतृत्वले पनि नेपालको विकासमा आमूल परिवर्तको रेखा कोर्न सक्छ भन्ने मलाई विश्वास लागेको छ किनकि गगन थापामा मैले त्यो क्षमता देखेको छु ।
मैले आफु अध्ययन गरेको जर्मनीको राजनीति र विकासको फड्कोलाई पनि नजिकवाट हेरेको छु , रसायनशास्त्री बैज्ञानिक एंगेला मर्केलले अनवरत १६ वर्ष नेतृत्व गरी पश्चिम र पुर्वी जर्मनीलाई धेरै माथि पुर्याउन सफल भइन् र उनले स्वेच्छाले सत्ता छोड्दै गर्दा समग्र जर्मनेली जनताले उनीप्रति देखाएको सद्भाव देख्दा मेरो मन मस्तिष्क छोएको थियो ।
हाम्रो नेपालमा पनि त्यस्तै नेता नेपालमा को हुनसक्ला भनी कलपना पनि गरें । हामीलाई यस्तै खालको नेतृत्व चाहिएको छ ।
वास्तवमा मैले म अध्ययन र कामका सिलसिलामा विश्वका करिब ४० भन्दा बढी देशहरूको भ्रमण गर्ने र उनीको विकास र प्रविधिमा भएको उननतिलाई नजिकवाट जान्ने अवसर पाएं । अध्ययनको सिलसिलामा पश्चिम युरोपका विभिन्न देशहरू घुम्ने क्रममा त्यहाँ भए गरेका विकास र उनीहरूले आफ्नो राष्ट्र र संस्कृतिप्रति गरेको माया र सद्भावलाई नजिकबाट नियाल्दा हामी र हाम्रो समाजमा जकडिएको अवसरवाद नै हामी पछाडी पर्नुको कारक हो भन्न म अतिशयोक्ति ठान्दिन ।
नेपालका शक्तिशाली तथा उच्चवर्ग एकात्मक राज्य प्रणालीलाई भत्काउने पक्षमा छैनन् र रोजगारी, पैसा तथा राजनीतिक शक्तिमा भएको आफ्नो पहुंचलाई घटाउने कुरा त उनीहरू सोच्न सक्ने भएन । नेपालमा हाल क्रियाशील राजनीतिक दल र त्यसको नेतृत्व गरिरहेका नेताहरू र उनीहरूको दृष्टिकोणको सुक्ष्म विश्लेषण गर्दा प्रायः सबैजसो पुरानै ढर्रा र शैलीबाट अघि बढेका तथा पार्टी र संगठनको लगावले कुरासम्म आफ्नो नेतृत्व एवं जनताका सामु प्रष्ट राख्न नसक्ने अवस्थावाट गुज्रिरहेको महसुसस गरेको छ । जसको अध्ययन नै छैन, जसको दृष्टिकोण नै स्पष्ट छैन त्यसले कसरी जनताको ईच्छा र आकांक्षालाई वास्तविकतामा परिणत गर्ला र ?

यसकारण पनि समसामयिक राजनीतिमा आफ्नै बुद्धी र दृष्टिकोणवाट अगाडि बढ्दै गरेका तथा देशका धेरै भन्दा धेरै जनताले अपेक्षा र भरोसा राखेका व्यक्ति खोज्दै गर्दा आफैंले धेरैपटक मत दिएर अगाडि बढेका व्यक्तित्व कांग्रेस महामन्त्री गगन कुमार थापा नै हुन भन्ने लाग्दछ । उनी अध्ययनशील छन्, विषयवस्तुकोे सुक्ष्म अध्ययन मनन तथा ग्रहण गर्ने र त्यसको समुचित विश्लेषण गरी प्रस्तुत गर्ने क्षमता उनीमा प्रचुर मात्रामा छ । चाहे संसदमा होस बाहिर उनले अध्ययन पश्चात् उठाएका विषयवस्तुमा जनताको अघोर माया र सद्भाव
पाएको देखिन्छ । उनमा राजनीतिक चेत तथा संस्कार छ, आलोचना पचाउने क्षमता छ अनि निराशालाई आशामा रूपान्तरण गर्ने क्षमता छ । गगन थापामा राजनीतिक नेतामा हुनुपर्ने गुण अरूको कुरा सुन्ने धैर्यता तथा दृढता सबै छ । यसले राजनीतिमा उनलाई समसायीक नेतृत्वको उच्चतम विन्दुमा राख्न सकिन्छ । सरकारले गरेको कामको सर्वत्र असन्तृष्टि पैदा भएको बेलामा जनताको आवश्यकतालाई यथार्थ रूपमा प्रवद्र्धन गर्दै समग्र विकास अगाडि वढाउन सक्ने खुवी उनमा पर्याप्त छ । विद्धतवर्गको सहकार्यमा उनले सुरुवात गरेको कार्य निकै सराहनीय रहेको छ । यसले राष्ट्रको नेतृत्वको लागि आफ्नो तयारी गर्दै गरेको आभास हुन्छ । तसर्थ समसामयिक परिप्रेक्ष्यमा गगनलाई सङ्कीर्ण मानसिकता भएको व्यक्तिका रूपमा यदाकदा दोषारोपण गरेको देख्दा राजनीति गलत र नकारात्मक बाटोमा जान लागेको त होइन भन्ने शङ्का लाग्दछ । गगनको लोकप्रियता देखेर कतिपयलाई इष्र्या र डाह भएको पनि हुन सक्छ । यो हामी सबैले बुझ्न जरुरी छ । जनताकको मन मुटुमा बस्न सफल र सम्पूर्ण मुलुककै आशा र भरोसाका केन्द्र गगनकुमार थापाले देशको सफल नेतृत्व गर्न सक्छन् भन्नेमा बिश्वस्त छु ।(पानी र जलवायु परिवर्तनमा पिएचडी गरेका डा. नेपाल राष्ट्रिय एवं अन्तराष्ट्रिय परामर्शदाताको रुपमा कार्यरत छन् ।)

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result