Saturday, December 9, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढायो

बैशाख १०, २०७५ १०:५९ मा प्रकाशित
यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढायो
Share on FacebookShare on Twitter

ललितपुर, १० वैशाख / यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढाएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यार्सागुम्बा पाइने ठाउँमा गरिरहेको अध्ययनका क्रममा कर्णाली प्रदेशमा आर्थिक गतिविधि बढेको पाइएको हो । उक्त क्षेत्रमा बैंकिङ कारोवार बढेको वैज्ञानिक रामचन्द्र पौडेलले बताउनुभयो ।

यार्सागुम्बा संकलन गर्ने क्रम बढ्दा केही समाजिक समस्या देखिए पनि आर्थिक उपार्जनका लागि बरदान भएको छ । उहाँ भन्नुहुन्छ, “पहिले आर्थिक उपार्जन केही नहुने ठाउँमा पनि अहिले बैंकिङ संस्था धमाधम खुल्दै छन् ।”

विभिन्न अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनमा समेत यार्सागुम्बाले कर्णाली प्रदेशमा ठूलो परिवर्तन आएको देखाएको छ । धेरै जिल्लाका अधिकांश बासिन्दा यार्सागुम्बामाथि आश्रित भए पनि यसअघि यार्सागुम्बासम्बन्धी कुनै पनि अध्ययन भएको थिएन । यार्सागुम्बाको बढ्दो संकलनसँगै नार्कले केही समय पहिलेबाट अध्ययन थालेको हो । अहिले यार्सागुम्बाको प्रकार, पाटन खाली हुँदै जानुको कारण, संरक्षणका उपायसँगै आर्थिक र सामाजिक पाटोमा अध्ययन शुरु गरिएको छ । अहिले विभिन्न चरणका छलफल भइरहेको पौडेल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “यार्सागुम्बाको वास्तविक अवस्था पत्ता लगाउनु र संरक्षणको उपाय खोज्नु हाम्रो उद्देश्य हो ।” विश्व बजारमा धेरै माग गरिँदै आएको यार्सागुम्बा दार्चुला, बझाङ, डोल्पा, हुम्ला, ताप्लेजुङलगायत जिल्लामा वैशाखदेखि असारसम्म संकलन गरिन्छ । रासस

सम्बन्धित समाचार

बर्कलीमा खुल्यो नयाँ ‘माउण्ट अग्नी’ नेपाली रेष्टुरेण्ट
बिबिध

बर्कलीमा खुल्यो नयाँ ‘माउण्ट अग्नी’ नेपाली रेष्टुरेण्ट

अन्तत: आफ्नै मन्दिर बनाउने नेपालीको सपना साकार !
Breaking News

अन्तत: आफ्नै मन्दिर बनाउने नेपालीको सपना साकार !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिनुपर्छ : अध्यक्ष ओली
Breaking News

संसद् सरकारले नै चल्न नदिएको एमाले अध्यक्ष ओलीको आरोप

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

Follow Us

कुनै परिणाम छैन
View All Result