Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पशुपतिबाट ४० वर्षपछि वाग्मती यात्रा शुरु

बैशाख १०, २०७५ ११:०२ मा प्रकाशित
पशुपतिबाट ४० वर्षपछि वाग्मती यात्रा शुरु
Share on FacebookShare on Twitter

काठमाडौँ, १० वैशाख / नेमुनिको पालादेखि शुरु भएको विश्वास गरिने वाग्मती तीर्थयात्रा ४० वर्षपछि आजदेखि पुनः शुरु भएको छ ।

कटुवाल दहबाट वाग्मतीको उद्गमस्थल वाग्द्वारसम्म हुने यात्रा विसं २०३४ पछि वाग्मती प्रदूषित भएका कारण हुन सकेको थिएन । आज बिहान पशुपतिनाथ मन्दिरमा पञ्चामृतसहित पूजा एवं रुद्रीपाठ र यात्राको संकल्प गरेपछि यात्रा शुरु भएको हो ।

पशुपतिनाथ दर्शन र परिक्रमापछि पश्चिम मूलढोकाबाट शुरु भएको यात्रा आज कार्यविनायक, दक्षिणकाली गोपालेश्वर दर्शन एवं पूजापछि कटुवाल दहमा ब्राह्मण वरण, ध्वजा, कलश स्थापना, १६ तीर्थस्नान आरम्भ गरिनेछ । आज पहिलो दिनको वास शिखरनारायणमा हुने पशुपति आगमघरका भट्ट एवं यात्राका पुरोहित मदन भट्टले राससलाई जानकारी दिनुभयो ।

वाग्मतीको कटुवाल दहबाट वाग्द्वारसम्म हुने १७ दिने वाग्मती तीर्थयात्रा यस वर्ष सात दिनमात्र गरिने छ । यात्राको दिन घटाइए पनि विधि भने पु¥याइने उहाँले बताउनुभयो । कटुवालदहबाट वाग्द्वारसम्मका १६५ तीर्थस्थलमा पैदल हिँडेर स्नान, पूजाआजा गर्ने विधिलाई वाग्मती तीर्थ यात्रा भनिन्छ । तीर्थ यात्रा वैदिक र तान्त्रिक मिश्रित विधिमा गरिन्छ ।

वाग्मती प्रदूषित बन्दै गएपछि वाग्मती तीर्थयात्रा रोकिएको थियो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, गायत्री परिवारलगायत सामाजिक संस्थाको सक्रियतामा विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । यात्रासँगै वाग्मती सफाइका लागि पनि जनमत जुटाउने उद्देश्य राखिएको छ ।

कटुवालदहबाट शुरु भएको यात्रा सुन्दरीघाट–टेकु कालमोचनघाट– शंखमूल–पशुपति राजराजेश्वरी–गोकर्ण–सुन्दरीजल–वाग्द्वार–बूढानीलकण्ठ–साँखु बज्रयोगिनी–चाँगुनारायण–मनोहरा–गुह्येश्वरी–पशुपति विरुपाक्ष–रुद्रगाडेश्वरसम्मको यात्रा गरी वैशाख १७ गते समापन हुनेछ ।

यात्राका क्रममा प्रत्येक घाटमा स्नान गरिन्छ । साँखु बज्रयोगिनीमा हवन हुन्छ । चाँगुनारायणमा दर्शन गरी मनोहरा नदीमा स्नान गरिन्छ । गुह्येश्वरी दर्शन गरेर विरुपाक्षलाई दही च्यूरा खुवाइन्छ । रुद्रगाडेश्वरमा पूर्णाहुति गरेपछि वाग्मती यात्राले पूर्णता पाउने यात्राका मूल गुरु भट्टले बताउनुभयो ।

यात्रा शुभारम्भ गर्नुहुँदै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले उपत्यकाको जीवन्त संस्कृति भावी पुस्तालाई हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यात्रामा सहभागी समूहलाई राष्ट्रिय र धार्मिक झण्डासहित पशुपति परिसरबाट उहाँले बिदाइ गर्नुभएको थियो । यात्राका सहभागीलाई आज दक्षिणकाली नगरपालिकाले स्वागत गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result