सर्बज्ञ वाग्ले
चीनको वुहानवाट शुरू भएको कोभीड)१९ कोरोना भाईरसको संक्रमण लगभग संसारमै आधिपत्य जमाउन सफल भएको छ । यो महामारी आज सम्मकै सबै भन्दा शक्तिशाली र खतर्नाक भाईरस मानिन्छ । यसले ठूला(ठूला शक्तिशाली देश देखि साना देश सम्म र धनी तथा ठूला वडा देखि सर्बसाधारण मानव सम्म कसैलाई छोडेन । मै हूँ भन्ने शक्तिशाली देश देखि मान्छे सम्मको सातोलीयो ।
यो विषम परिस्थितिमा संसारका देशहरूले आँफैलाई बन्द गर्ने घर भित्रै बस्ने बाहेक अर्को उपाय सुझेन । गरिव, मज़दूर, बुढाबुढी, केटाकेटी देखि विरामी,रोगी, कमजोरीलाई त झनै समस्या पर्यो । यस्तो समयमा सहयोग गर्नु मानव धर्म हो । त्यही जानेर देश देखि प्रदेश सम्म नेपाली जन-समुदायले पनि सहयोगका हातहरू अगाडि बढाई रहेका छन् । एनआरएनएले यो प्रदेशको भूमिमा त्यही काम शुरू गर्यो जे गर्नु पर्ने थियो ।
भगवान श्री कृष्णले गीताको छैठौं अध्यायमा भन्नु भएको छ :
“ आँफै उत्तम मार्गमा चलि सदा, उद्धार आफ्नो गरोस् ।
आफू जानु अधोगतितिर स्वयं,रोक्ने इरादा धरोस् ।।
आफैं आफ्नु सखा,हितू छ तनमा, प्रत्येक मानिसको ।
आफैं सत्रु ठहर्छ आफ्नु, नगरे,यत्नादि उद्धारको ।।”
समाजसेवा गर्नु नै निस्वार्थ पनले कसैको उद्धार गर्ने हो । यो कसैलाई देखाउने पनि होईन र कसैलाई होच्याउने, हेप्ने छुल्याँई,फटाँई गर्ने, मनमा नकारात्मक भाव राख्ने, कसैलाई दुःख दिने, ढाँटने, छलछाम गर्ने अपराध गर्ने मात्र होईन कसैको घरवार विगार्ने देखि कसैको छोरी बुहारीलाई नराम्रो नजरले हेर्ने पनि पाप हो । त्यसैले राजनीतिमा नेलसन मण्डेला,महात्मा गांधी लगायत केही हातका औंलामा अटाउने नेताहरूको मात्रा नाम आउँछ किन ? समाजसेवाको नाममा पनि किन त्यस्तै हुन्छ ? खैर यो इतिहासको अध्यानवाट थाहा हुने कुरा हो ! बाँकिकुरा त भगवानले नै छुट्याउनु हुन्छ । मन, वचन र कर्मलाई सत् मार्गमा लगाएर एकाग्र भई लोभ मोह र रीषलाई त्यागि फलको आशक्ति नगरिकन गरिने जुनसुकै कार्यमा भगवत प्राप्त हुन्छ ।
सफा मनले समाजसेवामा लाग्नु भनेको नै पुन्यको काम गर्नु हो । एनआरएका अभियान्ताहरू आजको यो कठीन घडीमा म हृदय देखिनै मन, वचन र कर्मले प्रणगर्दै सेवाको भावमा नकारात्मक, ग्लानी ,डाह, भय र लोभको वाटोवाट मुक्त हुन्छु भन्दै १ न्युओर्कका साथीहरू जस्तै अगाडि वढने व्यक्तित्वहरू बुद्धत्व प्राप्तिको नजिक पुगे जस्तो लाग्छ ।
क्यालिफोर्नियाको च्याप्टरमा पनि चार जना विद्यार्थीलाई आर्थिक समस्या परे अनुसार अध्यक्ष सुरेन्द्र मल्ल र हामीले बुझेर त्यस अनुसार एनआरएनए अमेरिवाट आर्थिक मागको ६०० डलर वरावरको सामान नै किनेर लगियो र कोलोराडोमा पनि ६०० डलर पठाईयो । स्मरणीय रहोस् संबन्धित क्षेत्रको उपाध्यक्षले रिकोमेण्डेट गर्नुपर्छ । हामीलाई ४ वटा ४० एलवीका चामलका वोरा किन्नु पर्ने तर यहाँहरूलाई थाहै छ एक जनालाई १ बोरा मात्र दिने हुनाले हामी ११ तारीखमा प्रसन्न वाग्ले,प्रतिज्ञा वाग्लेलाई लिएर सुरेन्द्रजी र म भई चारजना गईयो । त्यहाँवाट सान्लियान्द्रो एक जना सन फ़्रान्सिस्को एक जना र रिचमण्डमा दुई जना विद्यार्थीको कोठामा सामान पुर्याईयो । पछि १७ र १९ तारिखमा भने सुरेन्द्रजी र म मात्र गयौं ।
त्यसरीनै मार्च २९ मा एनआरएनए क्यालिफोर्निया च्याप्टरले पुरै क्यालिफोर्निया भरिका विभिन्न संघ, संस्था, समाजसेवी, वुद्धिजिवि, बाँणिज्यदुत लगायत झण्डै सय जना भन्दा बढीको उपस्थितिमा कन्फ्रेन्सकल मिटींग मार्फत छलफल भयो र कोरोनाका कारण दुस्ख विमार पर्ने र विभिन्न समस्यामा परेकालाई सहयोग गर्ने भन्ने सबैको एउटै आवाज आयो । फेरि अप्रिल ७ मा नर्दन क्यालिफोर्नियाको पनि यहाँका संघ संस्थाका प्रवुद्ध व्यक्तित्वहरू बसेर एउटा सशक्त कमिटी वन्यो भने एलएमा केही दिन अगाडि वनिसकेको थियो ।
यसैगरि अप्रिल ८ मा ओरिगन स्टेट च्याप्टरसँग क्षेत्रीय कमिटीको मिटींग र त्यहाँको विभिन्न संघ र संस्थाको उपस्थितिमा भयो । स्मरणीय रहोस् एनआरएनए अमेरिकाको क्षेत्रीय कमिटी आज भन्दा १ महिना अगाडि बनेको थियो भने पश्चिम क्षेत्रीय भेगमा सफत ग्रहण तथा क्षेत्रीय मिटींग पनि तत्काल हुँदा यो क्षेत्रमा एक अर्कोसँग मिटींग तथा कुराकानी भईरहेको छ । अप्रिल ९ तारिखमा न्यूमेक्सिकोमा एनआरएनएका पूर्व अध्यक्ष डा केशव पौडेलको उपस्थितिमा उहाँ कै क्षेत्रमा भयो भने अप्रिल १० तारिखमा कोलोराडोमा भयो । कोलोराडोमा २ जना नेपाली भाषीको मृत्यु भएको र केही नेपालीलाई कोरोना लागेको समाचार सुन्दा दु:खलाग्यो ।
युटामा च्याप्टर नभए पनि फोकल पर्सन राजु वजाजजी हुनु भएको र हामी चाँडैनै त्यहाँ च्याप्टर बनाउन गईरहेका छौ । त्यहाँ मात्र नभई हामीले गरेका कन्फ्रेन्स कलको सबै ठाउँको मिटींगमा अत्यान्त उत्साह पायौ । एनआरएनए प्रतीको सकारात्मक सोच देख्दा हामी अत्यन्त उत्साहित भएका छौ । यसरि पश्चिम क्षेत्रको हरेक स्टेट र च्याप्टर, च्याप्टर नभए फोकल पर्सन राखेर त्यो स्टेटमा सय जना सदस्य पुर्याई चाँडो भन्दा चाँडो सबै स्टेटमा च्याप्टर बनाउने, समस्यामा परेका नेपालीलाई सहयोग गर्ने हेतुले अहिले एनआरएनए अमेरिका कम्मर कसेर लागेको छ । यो अवस्थामा एनआरएनएको गोफण्डमा जती सक्नु हुन्छ दान दिन दुस्खमा परेका जो कोहीलाई साथ सहयोग गर्न र आँफू पनि यो माहामारीवाट जोगिएर बस्न हुन अनुरोध गर्दै हामी सबै मानव समुदायलाई रक्षा गर्न श्री पशुपती नाथसँग प्रर्थना गर्दछु ।
(वाग्ले एनआरएनए अमेरिकाका उपाध्यक्ष हुनुहुन्छ ।)






प्रतिक्रिया लेख्नुहोस्:-