अमेरिका । एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि ४ सय ६० जना भन्दा बढिले मनोनयन दर्ता गरेका छन् । मंगलवार अन्तिम समयमा केही प्राविधिक समस्या आएपछि बुधबार साँझ मनोनयनका लागि थप गरिएको समयमा २० जना भन्दा बढिको मनोनय दर्ता भएको छ । एनसीसीका मुख्य पदहरुमा भने थप गरिएको समयमा खासै उमेदवारी परेन ।
तीन तरिकाले मनोनय दर्ताको ब्यबस्था मिलाएका कारण उम्मेदवारहरुको नामावलीलाई अन्तिम रुप दिएर प्रकाशित गर्न केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ ।
अध्यक्षमा ५ जना, बरिष्ठ उपाध्यक्षमा ३ जना, उपाध्यक्षमा १८ जना महासचिवमा ४ जना सचिवमा ४ जना कोषाध्यक्षमा २ जना सहकोषाध्यक्षमा ३ जनाले प्रतिस्पर्धा गर्दै छन् । १२ जना बोर्ड सदस्यका लागि ३० जना भन्दा बढिको उम्मेदवारी परेको छ ।
अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका डाक्टर अर्जुन बन्जाडे, बुद्धि सुबेदी, तिलक के सी र कृष्ण लामिछानेले प्रायजसो पदमा आफ्ना सहयोगी समुहका सदस्यहरुलाई उम्मेदवार बनाएका छन् । अध्यक्षका दावेदार सूर्य लम्सालले भने समुह बनाएको देखिएको छैन ।
एनआरएनए अमेरिका एनसीसी र च्याप्टरहरुका लागि भएको मनोनयन दर्ताबाट संस्थाको खातामा करिव १ लाख ८० हजार डलर थप भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-