Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डा. पौडेल ओहायोको वाणिज्यदूत नियुक्त

'अमेरिकी नेताहरु माझ पनि प्रिय ब्यक्ति'

बैशाख ११, २०८१ ११:५२ मा प्रकाशित
डा. पौडेल ओहायोको वाणिज्यदूत नियुक्त
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को
अमेरिकाको नेपाली समुदायमा लोकप्रिय रहेका डा.दामोदर पौडेललाई नेपाल सरकारको हालै बसेको मन्त्रीपरिषदको बैठकले  ओहायो राज्यका लागि अवैतानिक वाणिज्यदूतमा नियुक्त गरेको छ । अमेरिकी सिनेटर र कंग्रेसमेनहरुमाझ समेत लोकप्रिय रहेका डा. पौडेलको एमिग्रो अमेरिकी सरकारले स्वीकृत गरेको छ । लामो समयदेखि अमेरिकाको ओहायो राज्यमा बस्दै आएका डा. पौडेल पेशाले चिकित्सक हुन् ।
उच्च शिक्षा अध्ययनको लागि सन् ९० को अन्तिमतिर अमेरिका आएका  पौडेल हाल ओहायोस्थित रिनोल्सबर्गमा रहेको होपवेल हेल्थ सेन्टरका रिजनल मेडिकल डाइरेक्टरको रुपमा कार्यरत छन् । अमेरिकामा रहेर नेपाल र नेपालीको पक्षमा लामो समयदेखि काम गर्दै आएका पौडेलको नियुक्तिलाई नेपाली समुदायले निकै सकारात्मक रुपमा लिएको छ ।अमेरिकामा रहेका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका डा. पौडेल  एनआरएनएका पूर्व सल्लाहकार समेत हुन् ।
युनिभर्सिटी अफ क्यालिफोर्नियामा अनुसन्धानरत डा. तारा सिग्देलले पौडेलको वाणिज्यदुतमा नियुक्ति निकै प्रशंसनीय रहेको बताए  ‘उहाँजत्तिको प्रोफेशनल र निस्वार्थ रूपमा सेवाभावले समार्पित व्यक्तिको नियुक्ति हाम्रा लागि पनि खुशीको विषय हो’- सिग्देलले भने ।
खासगरी कोभिडको समयमा नेपालमा भ्याक्सिन पठाउन र नेपालमा सहयोग पुऱ्याउन अमेरिकी सरकारमा लविंग गर्न पौडेलले खेलेको भुमिका र उनले पुर्याएको योगदानको प्रशंशा नेपालमा मात्र नभई अमेरिकी सदनमा भएको थियो ।

ओहायो राज्यका सिनेटर शिरोड ब्राउनले नेपाली र भुटानी समुदायको पक्षमा पौडेलले गरेको सामाजिक कार्यको अमेरिकनहरुले समेत गर्व गर्ने भनी प्रशंशा गरेका थिए भने ओहायो राज्यको रेनोल्स बर्ग सिटीले डा पौडेलले सामाजिक क्षेत्रमा गरेको योगदानको  सम्मानमा एक प्रस्ताव नै पारित गरेको थियो भने डा. पौडेलले नेपालीहरुको पर्व तिहारलाई मान्यता दिन गरेको प्रस्तावलाई सो सिटीले एकमतले पास गरेको थियो । त्यसो त कोभिड समयमा अमेरिकी संसदको भ्याक्सिन कमिटीमा रहेका अमेरिकी कंग्रेसमेन ब्राड वेन्सट्रपले इण्डियाको स्थिति भयावह रहेको र तत्काल खोप पठाउनुपर्ने भनी सदनमा बोल्दा नेपालमा पनि खोपको तत्काल आवश्यकतावारे डा. पौडेलले कंग्रेसमेनको अफिस पुगेर लविङ गरेका थिए जसको कारण २०२१ मा नेपालमा खोप पुऱ्याउने प्रस्ताव अमेरीकी संसदमा भारतसंगै उठेको थियो । पछि अमेरिकी सरकारले नेपालमा खोप पठाएको थियो I
डा पौडेलले अमेरिकी संसदमा ‘नेपाल ककस’ बनाउनको लागि पनि महत्वपूर्ण भूमिका खेलेका थिए । ‘नेपाल ककस’मा ओहायोका ४ जना कंग्रेसमेनहरु र रिपब्लिकन पार्टीका को-चेयरपनि संलग्न थिए ।
दुरवीनसंगको कुराकानीमा डा. पौडेलले आफूले यसअघि पनि कुनै पद वा प्रतिष्ठाको लागि नभई नेपाल र नेपालीको लागि विशुद्ध सामाजिक काम गरेकोले त्यही कार्यलाई निरन्तरता र थप विस्तार गर्ने बताउदै भने- “मलाई थप जिम्मेवारी बोध भएको छ,  मातृभुमिको खातिर थप कार्य गर्ने प्रेरणा मिलेको छ” ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result