Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सम्पदाको पुनःनिर्माण सुस्त गतिमा

बैशाख १२, २०७५ १:४६ मा प्रकाशित
सम्पदाको पुनःनिर्माण सुस्त गतिमा

;Dkbfsf] k'glg{df{0f ;':t ultdf e"sDkn] Iflt ePsf eQmk'/ bf/af/ If]qsf k'/ftflTjs / P]ltxfl;s dxTjsf ;Dkbfx?sf] k'glg{df{0f ;':t ultdf x'Fb} . tl:a/ M nIdL uf?, eQmk'/, /f;;

Share on FacebookShare on Twitter

भक्तपुर, १२ वैशाख / विसं २०७२ को भूकम्पले क्षति भएका पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाको पुनःनिर्माण सुस्तगतिमा भइरहेको छ ।

पुरातत्व विभाग, नगरपालिका र सम्बन्धित निकायबीच समन्वय, बजेट, दक्षजनशक्ति र आवश्यक सामग्रीको अभावले पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाको पुनःनिर्माण सुस्त हुन पुगेको हो ।

भूकम्पले जिल्लामा १०६ वटा सम्पदा पूर्णरुपमा क्षति भएको थियो भने १२६ वटा सम्पदा आशिंक क्षति भएको दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरले जनाएको छ । तीमध्ये दुई दर्जनको हाराहारीमा सम्पदा पुनःनिर्माण सम्पन्न भए भने केहीको निर्माण कार्य भइरहेको छ ।

भक्तपुर नगरपालिकाले हालसम्म दरबार क्षेत्र प्रवेश गर्ने ऐतिहासिक खौमा प्रवेशद्धार, ५५ झ्याले दरबारको दक्षिण पूर्वी कुनामा रहेको नारायण मन्दिर र दरबारस्क्वायर परिसरको अग्लो बद्रीनारायण मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न गरिसकेको छ ।

त्यस्तै खौमा प्रवेशद्धारसँगै दरबार क्षेत्रको त्रिविक्रम नारायण मन्दिर, हरिहर नारायण मन्दिर, दत्तात्रय क्षेत्रमा रहेको भीमसेन सत्तल मर्मत र लक्ष्मीनारायण मन्दिरको मर्मत कार्य सम्पन्न गरिसकेको नगरपालिका सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले ऐतिहासिक सिद्धपोखरीको पर्खाल मर्मत तथा रंगरोगन, गपलीस्थित ढुंगेधारा उत्खनन, दयननी इनार उत्खनन, ध्वनन्चा ढुंगेधारा संरक्षण, लःघुपाटी संरक्षणको काम समेत सम्पन्न गरिसकेको छ ।

त्यसैगरी तलेजु संरक्षण, कमलविनायक सत्तल पुनःनिर्माण, छुमा गणेश द्य छें पुनःनिर्माण, कुशी प्वाकः गणेश द्य छें पुनःनिर्माणको काम भइरहेको छ ।

त्यसैगरी भूकम्पपछि तत्काल सुधार कार्यक्रममार्फत दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरले गोलमढीको गणेश मन्दिर, तलेजुको सैनिक आवास गृह, दरबार स्क्वायरको जगन्नाथ मन्दिर, मध्यपुर थिमी नगरपालिका–८ बोडेको महालक्ष्मी मन्दिर, थिमीकै चोडे गणेश मन्दिर, चाँगुनारायण मन्दिर, यन्त्र वत्सला मन्दिरको मर्मत तथा सुधार गरिसकेको जनाएको छ ।

भूकम्पले जिल्लाका आशिंक क्षति पुगेको सम्पदाको उद्दारका कार्यसँगै ती सम्पदाको निर्माणकार्य जोड दिएको दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरका इञ्जिनियर मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पोष्ट डिजास्र्टड रिकभर फाउण्ड (पिडिआरएफ) अन्तर्गत परेका २८ वटा सम्पदामध्ये केहीको पुनःनिर्माणकार्य भइरहेको जानकारी दिनुभयो ।
“यो बहुवर्षीय कार्यक्रम अन्तर्गत परेको हुनाले हामीले यसमध्ये चाँगुको सरस्वती मन्दिर, महामञ्जु श्री क्षेत्र र भक्तपुरको महालक्ष्मी देवगृहको पुनःर्निर्माण कार्य सम्पन्न गरिसकेका छौँ” उहाँले भन्नुभयो, “सूर्यविनायकको आमा गणेश मन्दिर र थिमीको चोडे गणेशको पाटीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।” बाँकी रहेका सम्पदाको पनि पुनःनिर्माण कार्यका लागि आवश्यक छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै विपद्पछिको आवश्यकता पहिचान (पिडिएनए) अन्तर्गत परेका सातवटा सम्पदा शिलु महादेव, तवा सत्तल र राष्ट्रिय कला संग्रहालय, अनन्त लिङ्गेश्वर महादेव र सिद्धी लक्ष्मीको मन्दिरको पुनःनिर्माण कार्य भइरहेको छ ।

“पिडिएनएअन्तर्गत चाँगुनारायण मन्दिर र दक्षिण बाराही मन्दिरको पुनःनिर्माणकार्य सम्पन्न भइसकेको छ ।” इन्जिनियर श्रेष्ठले भन्नुभयो, “नियमित तर्फ परेका तीनवटा सम्पदा द्वयमाजु परिसर संरक्षण, गोपीनाथ मन्दिर संरक्षण र तलेजु संरक्षणको कार्य पनि भइरहेको छ ।”

त्यसैगरी पिडिएनएअन्तर्गतका सातवटा सम्पदा पुनःनिर्माणका कार्यमध्ये वत्सला दुर्गा मन्दिर रु एक करोड दुई लाख ६२ हजार २१३, केदारनाथ मन्दिर रु ७२ लाख ६३ हजार ३९७ को लागतमा भक्तपुर नगरपालिकाले गरिरहेको छ ।

इन्जिनियर श्रेष्ठले पुनःनिर्माणको कार्य सकेसम्म छिटो गर्दै आएको दाबी गर्नुभयो । “सम्पदालाई पुरानै स्वरुप दिनुपर्ने भएकाले जनशक्ति भए पनि हचुवाको तालमा काम गर्न नमिल्ने भएपछि अलि ढिलाइ भएको हो” उहाँले भन्नुभयो ।

इन्जिनियर श्रेष्ठका अनुसार दरबार क्षेत्रको फसी देगः(शिलु महादेव) रु चार करोड २२ लाख, तबा सतः(लामो पाटी) रु तीन करोड १२ लाख, सिद्धिलक्ष्मी मन्दिर रु दुई करोड २२ लाख, एक करोड ११ लाखको लागतमा दधिकोटको अनन्तलिंगेश्वर महादेव मन्दिरको पुनःनिर्माण कार्य भइरहेको छ ।

सम्पदा पुनःनिर्माणका लागि आवश्यक काठ र दक्ष कामदार अभाव भएकाले पनि पुनःनिर्माणले सोचे जस्तो गतिलिन नसकेको ई श्रेष्ठले बताउनुभयो ।

भक्तपुरमा अहिले सम्पदा संरक्षण र पुनःनिर्माणका लागि नेपाल सरकार, भक्तपुर नगरपालिका, थिमी नगरपालिका र हेरिटेज कञ्जरभेसन एण्ड इनभारोमेन्टल फाउण्डेशनलगायतका संघसंस्थाले काम गरिरहको छ । जिल्लामा क्षति भएका २३२ वटै सम्पदा पुरातत्वले मात्र हेर्ने होइन, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बजेटबाट पनि काम भइरहेको छ इन्जिनियर श्रेष्ठले भन्नुभयो ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result