Sunday, August 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 किमको मृत्युको अपुष्ट खवरसँगै बहिनीको चर्चा 

बैशाख १४, २०७७ १२:०० मा प्रकाशित
Share on FacebookShare on Twitter


दूरबिन संवाददाता    अमेरिका अप्रिल २५  ।
उत्तर कोरियाका नेता किम जोंग उनको मुटुको शल्यक्रिया पछि मृत्यु भएको अपुष्ट खवरसँगै उत्तर कोरियाको सर्वोच्च पदमा बहिनी किम यो जोंगलाई ल्याउने तयारी भइरहेको विषयमा विश्वभरका प्रभावशाली सन्चार माध्यमले प्राथमिकतासाथ समाचार प्रकाशन प्रसारण गरेका छन् । उत्तर कोरियाका चिकित्सकले नेता किम जोंग उनको स्वास्थ्यमा सुधार गर्न असफल भएपछि चीनबाट विशेषज्ञ टोली प्योङयाङ पुगेको छ । यसलाई चीनका सञ्चारमाध्यमले पुष्टि गरेका छन् ।  त्यसपछि किमको स्वास्थ्यमा सुधार भयो वा भएन भन्ने कुनै आधिकारिक भनाई र पुष्टि गरिएका समाचार बाहिर आएका छैनन् । 


दक्षिण कोरिया, हंकंग , जापान र अमेरिकाबाट प्रकाशित र प्रसारित सन्चार माध्यमहरूले गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा उनको स्वास्थ्यमा सुधार नभएका कारण बहिनीलाई नेतृत्व दिने विषयमा उत्तर कोरियामा तयारी भइरहेको अपुष्ट समाचार छापेका छन् । करिब ३० वर्षीय किम यो जोंगलाई सर्वोच्च सत्ताको बागडोर सुम्पने विषयका समाचारहरुले नेता किमको मृत्यु भइसकेको हल्लालाई बल पु¥याउछ । 
उत्तर कोरियाका सरकार नियन्त्रित सन्चार माध्यमले भने नेता किमको अवस्था स्थिर रहेको भन्दै मृत्युसँग जोडेर बाहिर आएका समाचारलाई अफबाह भनेका छन् ।


यी विवादास्पद खबरहरूले विश्वभरका सन्चार माध्यममा स्थान पाएका छन् । विश्व समुदाय र सूचनाको सन्जालबाट अलग रहेको उत्तर कोरियाका विषयमा आउने सूचनाहरूलाई स्वतन्त्र रुपमा पुष्टि गर्न नसक्दा पुरै भर पर्न सकिदैन । यसै कारण प्राय समाचारहरू विवादास्पद नै बन्ने गर्छन् । 


उनलाई नजिकबाट सहयोग गरिरहेका ब्यक्तिहरू र नेता किमको उपचारमा संलग्न चीनका डाक्टर बाहेक अरु कसैसँग पनि सिधा पहुँच छैन । अमेरिका र दक्षिण कोरियाका गुप्तचर निकायले प्राप्त गरेका सूचनाहरूलाई आधार बनाएर समाचारहरू प्रकाशित भएका हुन् ।
उत्तर कोरियाले विश्व समुदायसँग कुनै पनि नागरिकलाई जोडिन दिएको छैन । रेडियो टी भी , फोन, इन्टरनेट लगायतका सन्चार माध्यमको सुविधाबाट बञ्चित गरिएको छ । नागरिकसँग कुनै पनि स्वतन्त्र अधिकार छैन । कम्युनिष्ट शासकले लादेको राज्य नियन्त्रित घेरा भित्र चरम गरिबी र भोकमरीमा अधिकांश उत्तर कोरियालीले जीवनयापन गरिरहेका छन् ।    

तस्विर: मार्केटवाचबाट  

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result