प्रा. डा. दुर्गा दाहाल
अमेरिकामा रहेका पचासवटा राज्यमै संभवत नेपालीहरू पुगेका होलान किनभने यहाँ मानिसहरूको बसाई- सराई भईनै रहन्छ र जागीर पाउनु अथवा व्यापार – वाणिज्यको स्थापना गर्नु दुरूह हुँदैन । तर पनि अमेरिकामा रहेका निम्नलिखित शहर र राज्यहरूमा तुलनात्मक रूपमा नेपालीहरू बढ़ी देखिन्छन ।
१. न्यूयोर्क ( Newyork )
२. सोनोमा ( California )
३. सन्नीभेल ( California )
४. नटोमस ( California )
५. उडल्याण्ड ( California )
६. सन फ्रान्सिस्को ( CA )
७. लस एन्जलस ( LA, CA )
क्यालिफोर्नियालाई छोटकरीमा CA अथवा ‘क्यालि’ पनि भनिन्छ ।
८. अर्भिंग ( Texas )
९. ह्यूसटन ( Houston, TX )
१०. मिकिनी ( TX )
११. प्लेनो ( TX )
१२. फोर्टवर्थ ( TX )
१३. सिकागो ( Illinois )
१४. आर्लिंगटन ( Virginia )
१५. हर्नडन ( VA )
१६. डेनभर ( Colorado )
१७. अरोरा ( CO )
१८. बाल्टिमोर ( Maryland )
१९. बोस्टन ( MA )
टेक्सासलाई छोटकरीमा ( TX ), न्यूयोर्कलाई ( NY ) क्यालिफोर्नियालाई
( CA ) जस्तै हरेक राज्यलाई दुई अक्षरमा चिनाउने गरिन्छ । विस्तारमा पछि अर्को अध्यायमा चर्चा गरिने छ ।अमेरिकामा भुटानीज नेपालीहरूको संख्या तक़रीबन ९६, ५८१ छ । शदियौँदेखि भुटानमा बस्दै आएका नेपालीहरूलाई अकस्मात् त्यहाँदेखि खेदाएपछि उनीहरू नेपालको पूर्वभागहरूमा शरणार्थीका रूपमा कटेरा हालेर बस्न थाले । झापाको बेलडाँगी, दमक, शनिश्चरे र मोरंगको पथरी लगायत विभिन्न ठाऊँहरूमा क़रीब दुई दशक अस्थायी रूपमा ग़रीबी र अभावमा आफ्नो जीवन गुज़ारा गरे पश्चात अमेरिकी सरकारले मानवीय सहयोग र सहायता कार्यक्रम अन्तर्गत सन २००८ देखि पुनर्वासको व्यवस्था गरि दिएको छ ।
यद्यपि अमेरिकामा धेरैघण्टा काम गर्नु पर्ने हुन्छ; काम अनुसारको दाम र मामको राम्रै व्यवस्था हुन्छ । मन लगाएर नियमित रूपमा राम्रोसंग काम गर्ने हो भने एक वर्षभित्रैमा एउटा गाड़ी, ल्यापटप, स्मार्टफ़ोन लगायत अन्य सामग्रीहरू किन्न असजिलो हुँदैन ।
सामान्यतया मानिसहरूमा एउटा सामान्य जिज्ञासा हुन्छ:.अमेरिका कसरी र किन संसारभरिकै एउटा समृद्धशाली र शक्तिशाली राष्ट्र बन्यो ?
अमेरिकाले तरक़्क़ी गर्नुका पछाड़ि धेरै कारणहरू भएता पनि प्रमुखरूपले दुई कारणहरूको बारेमा अहिले यहाँ व्याख्या गर्दछु ।
१. वैयक्तिक स्वतन्त्रता ( Individual freedom )
२. श्रमप्रतिको मर्यादा (Dignity of labor)नेपालका पाठ्यक्रमहरूमा पनि व्यक्तिगत स्वतन्त्रता र कर्मप्रतिको आदर- सम्मानको कुरा गरिएको हुन्छ तर त्यो व्यवहारमा देखिँदैन । तर अमेरिकामा यी दुईवटा मान्यताहरूलाई कडाईको साथ लागु गरिन्छ र तदनुरूप फल पनि प्राप्त हुन्छ ।
यो तेश्रो अध्याय हो ।







प्रतिक्रिया लेख्नुहोस्:-