दूरबिन नेपाल
अमेरिका । अध्यक्षका दावेदार सूर्य लम्साल बिरुद्ध अध्यक्षका अर्का दावेदार तिलक केसीले विधानत लम्साललाई अध्यक्षका लागि अयोग्य भएको दावी निर्वाचन आयोगमा पेश गरेका छन् । सोमवार साँझसम्म निर्वाचन आयोगले उम्मेदवारहरुको सन्दर्भमा संवन्धित पदका उम्मेदवारहरुले दावी बिरोध गर्न सक्ने समय दिएको थियो ।
निर्वाचन आयोगले लम्साललाई पनि कानुनि हिसावले आफ्नो पक्षमा हकदावी कायम गर्न बुधबार साँझसम्मको समय दिएको थियो । सूर्य लम्सालले दूरबिन नेपालसँग कुरा गर्दै भने “विधानको धारा ११० को सी बमोजिम मलाई अध्यक्षमा उम्मेदवार हुन अयोग्य भएको जिकिर गरिएको रहेछ । मैले निर्वाचन समितिलाई त्यसको जवाफ पठाएको छु ।”
सयपटक सवै पक्ष संवन्धित बिषय विज्ञ थुप्रै कानुन ब्यबसायी र संवन्धित पक्षसँग गंभिर परामर्श गरि कुनै पनि ठाउँमा नचुक्ने गरि अगाडि बढिरहेको देखिन्छ ।
लम्सालले पनि जवाफ आफुले धेरै कुरा बोल्न नमिल्ने र आफ्नो कानुन ब्यबसायीसँग सल्लाह गर्नु पर्ने उल्लेख गरका छन् । लम्सालले भने “मैले तीन बुँदामा जवाफ दिएको छु । अमेरिकी नागरिक भएको र सामाजिक संस्था ५०१ सी को सदस्य भएका कारण उम्मेदवार हुनबाट मलाई रोक्न मिल्दैन ।” लम्सालले दूई बुँदामा आफू योग्य र अधिकार क्षेत्र भित्र रहेको दावी गरेपनि तेस्रो बुँदा भने आफैमा बिरोधाभाष देखिन्छ । लम्सालले भने “मैले निर्वाचन आयोगलाई संस्थाको विधान बमोजिम काम गर्न भनेको छु ।”
जवकी संस्थाको विधान बमोजिम लम्साल अध्यक्षका लागि अयोग्य देखिन्छन् । एनआरएनए अमेरिकाको विधानको धारा ११० को दफा सी ले संस्था बिरुद्ध मुद्धा गरिरहेका ब्यक्तिले अध्यक्षमा उम्मेदवारी दिन नपाउने ब्यबस्था गरेको छ । गत निर्वाचनमा पराजित भएपछि लम्सालले संस्था बिरुद्ध गरेको मुद्धा अझै टुंगिएको छैन ।
म उम्मेदवारहुन योग्य पनि छु साथै मलाई संस्थाको विधान अनुसार अयोग्य सावित पनि गर्नु पर्छ भन्ने भन्ने दूई अर्थ दिने जवाफ भएन र ? भनी दूरबिन नेपालले गरेको प्रश्नमा सूर्य लम्सालले भने “हो त्यसरी पनि बुझ्न सकिन्छ । त्यसैले मैले अधिवेशन गरेर बिधान संसोधन गरे पछि मात्र निर्वाचन गर्न सुझाव दिएको छु ।”
उम्मेदवारहरुको दावी बिरोध र जवाफका बिषयमा निर्वाचन आयोग भने केही बोलेको छैन ।
प्रतिक्रिया लेख्नुहोस्:-