Thursday, November 13, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

बैशाख १६, २०८२ ८:०३ मा प्रकाशित
कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
Share on FacebookShare on Twitter

नातिबाबु भट्ट
अप्रिल २८, २०२५ कोलोराडो, अमेरीका । कोलोराडो निवासी नेपालीभाषी समुदायले लोकगायक बिमल डांगीको उपस्थितीमा एक भब्य शुभकामना सांस्कृतीक सांझ कार्यक्रमको आयोजनागरी नयांबर्ष २०८२ को शुभकामाना आदान प्रदान गरेका छन् ।

नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपालीभाषीहरुको उपस्थिती रहेको थियो ।

शनीबार सांझ यहां स्थित वेष्टमिनिष्टर सहरमा सम्पन्न भएको कार्यक्रममा सहभागी हुन कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए भने, केही आफ्नो जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए ।

शुभकामना सांझको पहिलो सत्र कार्यक्रमका प्रमुख अथिती प्राध्यापक डा.विजयराज शर्माले पानसमा बत्ती बालेर कार्यक्रमको उद्धाटन गरेका थिए भने, संस्थाका निवर्तमान अध्यक्ष अर्जुन बगालेले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

त्यसैगरी सोही कार्यक्रममा कोलोराडोमा नेपालीभाषी समुदायको सबैभन्दा जेठो संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको इतिहास सगटिएको रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको विकास र विरासत नामक पुस्तक बिमोचन गरिएको थियो ।

बिमोचित पुस्तक साहित्यकार पदम विश्वकर्माको प्रधान सम्पादकत्वमा अर्जुन बगाले, रमेश दाहाल, रोहिणी शर्मा, निलम श्रेष्ठ, टीका पौडेल, विनोद त्रिपाठी र राजु सिटौला सम्पादक समूह र नारायण श्रेष्ठ, डा. विजयराज शर्मा र नवीन दत्त सल्लाहकार रहेको प्रकाशन समितिले प्रकाशन गरेको थियो । सोही पुस्तकको बिमोचन डा. विजयराज शर्मा, कानुनविद् वासु फुलारा, पदम विश्वकर्मा, रोहिणी शर्मा, अर्जुन बगाले, आकृति राई अधिकारी, राजु सिटौलाबाट संयुक्त रूपमा विमोचन गरिएको थियो ।

यसैगरी सोही कार्यक्रममा कोलोराडो रही बिगतलामो समयदेखि निरन्तर नेपाली भाषी समुदायको बिकासकोलागी निरन्तर योगदान तथा रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाललाइ उल्लखनिय योगदान पुर्याउदै आएका ३ जना समाजसेवीहरूलाइ सम्मान गरिएको थियो । यसरी सम्मानितहुनेहरूमा पुस्तक प्रकाशन समितीका संयोजक तथा अनेसास बीओटीका अध्यक्ष पदम बिश्वकर्मा, रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका पूर्व अध्यक्ष तथा समाजसेवी टिका पौडेल र पत्रकार नातिबाबु भट्ट रहेका छन् ।

कार्यक्रमको दोश्रो चरणमा सांगितीक कार्यक्रम आयोजना गरी सहभागीहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो । स्थानीय बाल कलाकारहरुले लोक , आधुनिक , देश भक्ति लगायतका गीतमा कम्बर मर्काई मर्काई नाचेको शुन्दर नृत्य हेरिरहदा आफुलाई नेपाली घर आगनमै भएको महसुस हुन्थ्यो ।

कार्यक्रमका बिशेष अतिथी तथा लोकगायक बिमल डांगीले चर्चित आधा दर्जन भन्दा बढी गीत गाएर दर्शकलाई नचाएका थिए । त्यसैगरी कार्यक्रममा गायीका संझना पाण्डे लगायतका कलाकारहरूले पनि गीत गाएर श्रोता तथा दर्शकको मन जित्न सफल भएका थिए । कार्यक्रममा सहभागी कलाकारहरूलाइ नगद पुरस्कार तथा सम्मान पत्र प्रदानगरी सम्मान गरिएको थियो ।

अनेसास केन्द्रीय कार्यसमितिकी कोषाध्यक्ष तारा अधिकारी र संस्थाका महासचिव तेजप्रसाद ढकालले संयुक्त रूपमा सञ्चालन गरेका कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्दी जिवी, ब्यवसायी, समाजसेवी, कलाकार, पत्रकार तथा नेपाली भाषी बा आमा दाजुभाइ, दिदीबहिनीहरू उपस्थिती रहेको थियो । कार्यक्रमको अन्तमा संस्थाका उपाध्यक्ष हरी गुरूङले उपिस्थत सबैलाइ धन्यवाद दिएका थिए ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला
प्रवास

राजनीतिक दलहरूप्रतिको वितृष्णा कम गर्न सरकारले पहल गर्नु पर्‍यो :  वरिष्ठ कांग्रेस नेता शेखर कोइराला

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result