काठमाडौँ, १७ वैशाख / बुद्ध जयन्तीका अवसरमा रक्षामन्त्री ईश्वर पोखरेलले बूढानीलकण्ठस्थित पासीकोटमा आज बुद्ध मूर्ति अनावरणसँगै प्राणप्रतिष्ठा गर्नुभएको छ ।
“जनस्तरमा संगठित गरेर पनि विकासको काम अघि बढाउन सकिन्छ भन्ने कुराको प्रमाण तपार्इंहरुले बुद्ध मूर्ति निर्माण गरेर प्रस्तुत गर्नुभएको छ”, मन्त्री पोखरेलले भन्नुभयो, “राम्रा काम गर्ने सरकारको नै मुख ताक्नुपर्छ भन्ने छैन, यस्ता राम्रा कामले निरन्तरता पाउनुपर्छ ।”
सरकारको ध्यान आर्थिक विकास, समृद्धि र सुशासनमा केन्द्रित रहेको भन्दै मन्त्री पोखरेलले संविधानले निर्दिष्ट गरेका व्यवस्थाबमोजिम नै अबदेखि विकास र योजना तय हुने बताउनुुभयो । रासस
प्रतिक्रिया लेख्नुहोस्:-