बनेपा, १७ वैशाख / काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ पर्खालचौरस्थित शान्ति निकेतन माविको नवनिर्मित विद्यालय भवन आज एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
भूकम्पले क्षतिग्रस्त विद्यालय भवन निर्माण गर्न सहयोग गरेका दातृ संस्था एसओएस इन्टरनेशनलका अध्यक्ष सिद्धार्थ कौल तथा जर्मन एसओएसका अध्यक्ष फोवार्डले विद्यालयका अध्यक्ष रामप्रसाद सापकोटा र प्रधानाध्यापक रामचन्द्र केसीलाई भवनको साँचो हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा एसओएस बालग्राम नेपालका सल्लाहकार शंकर प्रधानाङ्गले ग्रामीण क्षेत्रका बालबालिकालाई पनि शिक्षा र चेतनाको पहुँच विस्तार गर्ने लक्ष्यअनुसार विद्यालय भवन निर्माणमा सहयोग गरिएको बताउनुभयो ।
३२५ जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा रहेको अर्को भवन पनि भूकम्पले क्षति पु¥याएको थियो । जसलाई रेट्रो फिटिङ गरेर बस्न योग्य बनाइएको प्रधानाध्यापक रामचन्द्र केसीले जानकारी दिनुभयो ।
रु चार करोड ४० लाखको लागतमा निर्माण गरिएको उक्त विद्यालय भवन बालमैत्री रहेको छ । उक्त विद्यालयमा ३२५ विद्यार्थी अध्ययनरत् रहेको प्रधानाध्यापक केसीले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया लेख्नुहोस्:-