Sunday, August 23, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पैसाका लागि एमाजोनसँग एनआरएनए अमेरिकाको सम्झौता

बैशाख १८, २०७७ ९:५२ मा प्रकाशित
पैसाका लागि एमाजोनसँग एनआरएनए अमेरिकाको सम्झौता
Share on FacebookShare on Twitter

 दूरबिन संवाददाता  अमेरिका ३० अप्रिल 


संस्था प्रति विश्वास स्थापित हुने प्रमुख आधार संस्थाको आर्थिक पारदर्शिता हो । कुन शीर्षकमा कहाँ कति खर्च भयो भन्ने कुरा जानकारी प्राप्त गर्न पाउनु संस्थाका सदस्यको अधिकार पनि हो । एनआरएनमा पारदर्शिता छैन भनेर आरोप खेप्दै आएको अवस्थामा हाल आएर एनआरएन
ए अमेरिकाले हरेक महिना इमेल मार्फत आफ्ना आर्थिक कृयाकलाप विवरण सदस्यहरूलाई  उपलब्ध गराएर संस्था प्रतिको विश्वास जित्न प्रयास गरेको देखिन्छ । 

एक पटक शुरु गरिसके पछि त्यसलाई निरन्तरता दिनु वान्छनीय हुन आउँछ ।  आर्थिक पारदर्शिताको विषयमा बारम्बार उठ्ने प्रश्नको समाधानका लागि यो एउटा सकारात्मक कदमको रुपमा एनआरएनए अभियन्ताहरूले अर्थ्याएका छन् । पारदर्शी भएर मात्र पुग्दैन । यस्तो प्रतिकुल समयमा प्रवासी नेपालीहरुको हितमा काम गर्नु पर्ने यो संस्था आर्थिक रुपमा पनि सबल हुनु जरुरी छ । सदस्यता शुल्क बाहेक अरु कुनै माध्यमबाट संस्थाको कोष  बृद्धि गर्न के कस्ता योजना छन् भन्ने पनि संस्थाले सार्वजनिक गर्नु पर्छ ।


कोषमा रहेको सदस्यता शुल्कको पैसा, कार्य समितिमा रहेकाहरुबाट बेला बखत उठाइने सानो पैसा साथै  ब्यबसायी, उद्योगपति र कर्मचारीसँगबाट जम्मा गरिने रकमले नै एनआरएनएको आर्थिक गतिविधिलाई भरथेग गरेको छ ।  कोषाध्यक्ष नेत्र बन्धु पोख्रेल भन्छन्  “आपत विपत पर्दा गोफन्ड मी एकाउन्ट खोल्नु परम्परा जस्तै बनिरहेको छ । यस अबस्थाबाट माथि उठाउन संस्थाको नियमित आर्थिक श्रोत हुने परिस्थिति सिर्जना गर्न हामी लागि परेका छौं ।” 

एमाजोन एनआरएन अमेरिकाको एउटा आर्थिक श्रोत बन्ने कोषाध्यक्ष पोखरेलको विस्वास छ ।  भन्छन् “एमाजोनबाट नेपाली समुदायका अधिकांशले सामान खरिद गर्ने गर्नु भएकोमा अब एमाजोनले एनआरएनलाई उपलब्ध गराएको लिङ्क 

https://smile.amazon.com/ch/62-1850599 बाट सामान किन्नु भएमा सामानको मूल्य बढ्दैन  तर संस्थाले खरिद मूल्यको शून्य दशमलब पाँच प्रतिशत प्राप्त गर्नेछ ।”

एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साह पनि पोखरेलको अवधारणा र भनाइमा सहमत देखिन्छन् । साह भन्छन् “एमाजोनबाट दैनिक सयौं नेपालीहरुले सामान खरिद गरिरहनु भएको छ । एनआरएन अमेरिकाको वेबसाइटमा राखिएको एमाजोन स्माइल लिङ्कबाट सामान गरिद गर्दा संस्थाको कोष बढ्दै जान्छ । उहाँहरुको खरिद मुल्य पनि बढ्दैन ।” 

अध्यक्ष साह र कोषाध्यक्ष पोखरेलका अनुसार एमाजोन स्माइलमा बाइ डिफल्ट एनआरएनको अमेरिकाको नाम आउने गरि सेट गरेमा हरेक पटक लिङ्क खोजिरहनु पर्ने झन्झट पनि रहँदैन । तर एमाजोन डटकमबाट नभई एमाजोन स्माइलबाट नै सामान खरिद गर्नु पर्ने हुन्छ ।  

साह नेतृत्वको कार्यसमितिले संस्थाको आर्थिक गतिविधिलाई सदस्यता शुल्कको निर्भरता भन्दा माथि उठाउने प्रयास स्वरूपमा यस्ता काम भइरहेको दावी गरेकोछ । तथापी यो कति फलिभुत हुन्छ भन्ने हेर्न बाकी नै छ । यो बाहेक अन्य नियमित श्रोत के हुन सक्छ भनेर खोजि गर्न कार्य समितिले संरक्षक , सल्लाहकार अन्य बिभिन्न  बिधामा दखल राख्नु हुने व्यक्तिहरुसंग छुट्टा छुट्टै  छलफल गरिरहेको अध्यक्ष साह र कोषाध्यक्ष पोखरेलले बताए । 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result