Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हुनेखाने र हुँदा खानेबीचको सम्बन्ध ‘मितेरी कार्यक्रम’

बैशाख १८, २०७५ १:२६ मा प्रकाशित
हुनेखाने र हुँदा खानेबीचको सम्बन्ध ‘मितेरी कार्यक्रम’
Share on FacebookShare on Twitter

रत्ननगर, चितवन, १८ वैशाख / चितवनको कालिका नगरपालिकास्थित विकट गाउँ शक्तिखोर, लटौली, सम्फर्याङ तथा मैतेशका चेपाङलाई खानेपानीको साह्रै सकस थियो । बालबालिकालाई कापी, कलम र झोला किन्नसमेत चेपाङलाई समस्या हुन्छ ।

नारायणगढका फेन्सी व्यवसायीले उनीहरुको समस्या बुझेर सोमबार दुई हजार ३०० मिटर खानेपानी पाइप उपलब्ध गराए । स्थानीय सुकमान प्रजाको घर जलेकाले उनको घर छाउनका लागि २० पाता जस्ता पनि सहयोग भयो । बालबालिकालाई स्टेशनरी पनि सहयोग गरे ।

चेपाङले पनि व्यवसायीलाई आफ्नो उत्पादन रहेको अमृसोको कुचो उपहार दिए भने उनीहरुले खाने गिठाको स्वाद समेत चखाए । व्यवसायीले चितवन मेडिकल कलेज, भरतपुर सामुदायिक अस्पताल र नेशनल सिटी अस्पतालको सहकार्यमा यहाँ चेपाङको स्वास्थ्य परीक्षण कार्यक्रमसमेत सञ्चालन गरे ।

यसरी हुनेखाने र हुँदाखानेबीचको यो सम्बन्ध विस्तारको काम भने ‘मितेरी कार्यक्रम’ले जुराएको हो । फेन्सी व्यवसायी संघ र फेन्सी बचत तथा ऋण सहकारीले विगत छ वर्षदेखि मितेरी कार्यक्रम चलाएको छ ।

नहुने वर्ग र हुने वर्गबीचको खाडल कम गर्दै आपसी सहयोग आदानप्रदान गर्नका लागि यसरी मितेरी साइनो गाँसेर उपहार कार्यक्रम चलाउँदै आएको बताउनुहुन्छ, संघका प्रवक्ता विवेक कँडेल ।

यसअघि सोही चेपाङ गाउँमा चारवटा कार्यक्रम गरेर स्थानीय समुदायलाई संघले सहयोग गर्दै आएको थियो । “हामीले सम्बन्ध विस्तार र सहयोग आदानप्रदानका लागि यसरी मितेरी कार्यक्रम गरेका हौँ, कार्यक्रम संयोजक कृष्ण कँडेल भन्नुहुन्छ, सोमबार खानेपानी पाइप, कापीकलम, जस्तापाता मितलाई उपहार हो ।”

सोमबारको कार्यक्रममा करीब रु आठ लाख ५० हजारको सहयोग भएको कँडेल बताउनुहुन्छ । बालबालिकालाई झोला कापी कलमसहित ब्रस, मञ्जन, साबुन, बिस्कुट, चाउचाउसमेत व्यवसायीले उपहार दिए ।

चितवनको राप्तीमा प्यारामोटर उडाउन सफल सरोज चेपाङको मिनी जहाज उडाउने लक्ष्य पूरा गर्न सोही क्रममा रु ११ हजार सहयोगसमेत गरिएको छ ।

यसपटक मितेरी उपहार यो चौथो भएको स्थानीय क्षेत्रको मितेरी कार्यक्रममा मध्यस्तकर्ता बन्नुभएका लिलाबहादुर श्रेष्ठ बताउनुहुन्छ ।

यसअघि ४५ घरलाई खानेपानी उपलब्ध भएको थियो । यसपटक भने ८५ घरमा खानेपानी पु¥याउने लक्ष्य व्यवसायीको छ । केटाकेटीसहित गाउँनै उल्टिएर चेपाङ सोमबारको कार्यक्रममा सरिक भएका थिए । उनीहरुलाई यहाँ मित भोजको समेत व्यवस्था गरिएको थियो । स्थानीय र व्यवसायीले मित भेटभाट गरेझै टीका आदानप्रदान समेत गरेका थिए ।

व्यवसायीले वार्षिकरुपमा यसरी मितेरी कार्यक्रम गर्ने र क्षेत्रमा सम्बन्ध विस्तार गरेर विभिन्न सहयोगको कार्यक्रम गर्दै आएको छ । २०६९ सालदेखि शुरु भएको मितेरी कार्यक्रमअन्तर्गत व्यवसायीले यसअघि सडक बालबालिकाको उद्धार कार्यक्रम, आदर्शगृहमा समेत मितेरी साइनो गाँसिसकेका छन् ।

संघका अध्यक्ष बालकृष्ण कँडेल व्यवसायीले गर्दै आएको कार्यक्रमको अब राज्यले जिम्मा लिनुपर्ने बेला आएको बताउनुहुन्छ । यहाँको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले मितेरी कार्यक्रमले चेपाङको समस्या समाधानमा ठूलो सहयोग गरेको भन्दै हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । सहयोग पाउँदा खुशी भएको भन्दै मेतेशकी दिलमाया चेपाङले खुशी व्यक्त गर्नुभयो । रासस

सम्बन्धित समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिनुपर्छ : अध्यक्ष ओली
Breaking News

संसद् सरकारले नै चल्न नदिएको एमाले अध्यक्ष ओलीको आरोप

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

 रीतादेवी प्रधान भन्छिन, एनआरएनएलाई साझा फुलवारी बनाउछु
अमेरिका समाचार

 रीतादेवी प्रधान भन्छिन, एनआरएनएलाई साझा फुलवारी बनाउछु

सरकारद्वारा संसद् अधिवेशन अन्त्य गर्न सिफारिस
बिबिध

बाढीपहिरोबारे सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result