Sunday, August 23, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना संक्रमणको बेला राजदुतलाई साक्षी राखेर एनआरएनए पदाधिकारी बीच ‘झगडा’

बैशाख १९, २०७७ ५:११ मा प्रकाशित
कोरोना संक्रमणको बेला राजदुतलाई साक्षी राखेर एनआरएनए पदाधिकारी बीच ‘झगडा’
Share on FacebookShare on Twitter

बिष्णुहरि घिमिरे-दूरबिन नेपाल

 

अमेरिका । शताब्दीकै सबै भन्दा ठूलो संकटबाट अहिले विश्व नै आक्रान्त छ । कोरोना भाइरस संक्रमणका कारण जनजीवन नै अस्तव्यस्त छ । प्रायस मुलुकमा लकडाउन छ । अमेरिकामा पनि अत्यावश्यक बाहेक अन्य सबै क्षेत्र बन्द छन् । कोरोना संक्रमण कहिले सम्म रहने, त्यसपछि के हुने भन्ने अनिश्चिता नै छ । तत्कालका लागि आफु बच्ने र अरुलाई बचाउने नै प्राथमिकताको विषय हो । यस्तो बिषम स्थितिमा सबै एकजुट हुनुको विकल्प छैन् । तर गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका क्षेत्रका पदाधिकारी भने आरोप प्रत्यारोपमा नै व्यस्त हुन पुगेका छन् । त्यो पनि राजदुतहरुलाई साक्षी राखेर ।

 

मुख्यतय : एनआरएनए आइसीसीका सचिव गौरी जोशि र एनआरएनए अमेरिका बीचको टसल नयाँ होइन । दुबै पक्ष एकले अर्कोलाई खोट देखाउन गौडा कुरेर बस्ने गर्दछन् । एकले अर्को समुहलाई खुइलाउने प्रतिस्पर्धा नै चल्छ । यो क्रम बिहिवारको बैठकमा पनि देखियो । एनआरएनए अमेरिकाजक्षेत्रका संयोजक राजन त्रिपाठीले बैठक बोलाएका थिए । संयोजक त्रिपाठीले बोलाएको बैठकमा छलफलको बिषय थियो ‘अमेरिकाक्षेत्रमा कोरोना संक्रमणका विरुद्द हालको प्रयास र भविश्यको योजना’ । एनआरएनए आइसीसीका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष रबिना थापा, महासचिव डाक्टर हेमराज शर्मा मात्र होइन सो  बैठकमा क्यानडाका लागि नेपाली राजदुत भृगु ढुङ्गाना, अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुनकुमार कार्की लगायत सहभागि थिए ।   झण्डै ६ घण्टा सम्म चलेको बैठकका अधिकांश  वक्ता  एनआरएनए अमेरिकाले काम गरेको छ  र गरेको छैन भन्नेमा  केन्द्रीत थिए ।

 

राजदुत र जोशीको जुहारी 

 

क्यानडाका लागि नेपाली राजदुत ढुङ्गना पुरै समय बैठकमा रहे । औपचारिक, अनुशाशित र शालिन रुपमा बैठकमा प्रस्तुत भएका राजदुत ढुङ्गनाले दुतावास र एनआरएनए क्यानडा बीचमा सम्वन्ध राम्रो रहेको र मिलेर काम गरेको जानकारी दिए । त्यस अगाडि बैठकमा प्रतिनिधित्व गरेका  एनआरएनए क्यानडाका पदाधिकारीले पनि सरकारी निकाय सँग मिलेरै काम गरेको बताएका थिए ।  राजदुत कार्की भने बैठकको अन्तिममा उपस्थित भएका थिए ।  टिसर्ट लगाएर कुर्चीमा ढल्किएर दाह्री मुसार्दै बैठकमा बोल्न शुरु गरेका  राजदुत कार्कीले आफ्नो र दुतावासको कामको फेरिस्तिमा केही समय खर्चिए । अमेरिकामा रहेका नेपालीको समस्या सुन्न २४ घण्टा नै टेलिफोन सुविधाको व्यवस्था गरिएको पनि राजदुत कार्कीको दावी थियो । दाजदुत कार्कीले एनआरएनए अमेरिका अध्यक्ष सुनिल शाहसँग सम्पर्कमा रहेर कुटनैतिक मर्यादामा भित्र बसी  काम गरेको पनि बताएका थिए । त्यसो त राजदुत बैठकमा उपस्थित हुनु अगाडि देखि नै उनको आलोचना शुरु भइसकेको थियो । दुतावासमा सम्पर्क कठिन भएको, दुतावासले समन्वयकारी भूमिका नखेलेको, सिमित व्यक्तिलाई मात्र दुतावासको बैठकमा बोलाउने गरिएको आरोप लगेको थियो ।

 

क्यानडाका लागि नेपाली राजदुत भृगु ढुङ्गना
अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्की

सहभागि मध्ये एकसरो बोल्ने क्रम सकिए पछि बैठक संचालन गरेका एनआरएनए आइसीसीका सदस्य प्रमोद सिटौलाले अन्तिममा प्रश्नोत्तरको समय दिएका थिए । सोही समयमा राजदुत कार्की र एनआरएनएका सचिव जोशि बीच जुहारी चलेको थियो । जोशिले आफु आइसीसीको सचिव भए पनि दुतावासले महत्व नदिएको आशय व्यक्त गरेका थिए ।

 

जोशिले बेलायत सहितका अन्य मुलुकमा दुतावासको संयोजकत्वमा सबै नेपालीलाई समेटने गरि संयन्त्र बनाएको उदाहरण दिदै अमेरिकामा त्यो किन सम्भव नभएको भन्ने प्रश्न राखेका थिए । यस अघि नियमित समयमा बोल्ने क्रममा राजदुत कार्कीले आफुले समुदाय सँग नियमित छलफल गर्ने गरेको तर त्यस्ता बैठकमा जोशिले समय नदिएको गुनसो गरेका थिए । राजदुतले भनेका थिए’सायद गौरी जी व्यस्थ भएर होला दुतावासले बोलाएको बैठकमा आउन छाड्नु भयो ।’ त्यसको जवाफमा जोशिले भनेका थिए, ‘ म सामाजिक कार्यकर्ता हु, सामाजिक काममा उपलब्ध हुन्छुl’

 

राजदुत कार्कीले कुटनैतिक मर्यादा र बिभिन्न कानुनका कारण दुतावासले चन्दा उठाउन नमिल्ने जिकिर गरे । त्यसो त महाभुकम्पका समय राजदुत कार्की चन्दा प्रकरणमा विवादमा मुछिएका थिए ।

 

गौरी जोशिले राजदुतमाथि प्रश्नको अर्को बाण पनि फालेका थिए, ‘हामीले पैसा उठाउनु भनेको होइन अभिभावकत्व लिनु भनेका हौl’ राजदुतले ‍ओठे जवाफ फर्काए,’तपाइहरु समाजमा भिजेको व्यक्तिहुनुहुन्छ,  बौद्धिक हुनु हुन्छ, तपाइहरु बनाउनुस कमिटी दुतावासले साथ दिन्छ, हामीले बनायौ भने फेरि राजदुतले चाकरी गर्नेलाई मात्र राख्यो भन्ने आरोप आउछ ।’

 

यस अगाडि एनआरएनए अभियान्ता कृष्ण लामिछानेले दुतावासको बैठकमा सहभागिलाई निम्तो दिने आधार बारे प्रश्न उठाएका थिए । ‘राजदुतको चाकरी गर्नेलाई मात्र हो बैठकमा बोलाउने ?’

 

‘गौरी जोशि जत्तिको मान्छेले सम्पर्क गर्न सक्नुहुन्छ, हामी छौ, फोन छ, सम्पर्कमा समस्या देखेका छैनौ, राजदुतले सयौको नाम सम्झन सक्दैन, अमेरिकामा पाँच लाख नेपाली छन्, चार लाखलाई पठायो भने पनि एक लाख छुट्छन् ।’ राजदुत कार्कीले थपे, ‘हामीले संघ सस्थाका प्रमुखहरु मार्फत नै सम्पर्क गर्ने गरेका छौ, दुतावासले एनआरएनए अमेरिकासँग सम्पर्क गर्दा  सुशिल शाह मार्फत गर्ने हो कि अर्को  व्यक्तिसँग सम्पर्क गर्ने हो ? आइसीसीका अध्यक्ष कुमार पन्तले व्यक्ति तोकिदिनु पर्यो, कुमारजीले जुन नाम दिनुहुन्छ उसैलाई सम्पर्क गर्छौ, होइन भने  गौरी जी सँग प्रौड कक्षा लिन तयार छु ।’

 

महासचिवले सकेनन राजदुतको चित्त बुझाउन

 

एनआरएनए अमेरिका सँग दुतावासले सम्पर्क गर्दा सुनिल शाह बाहेक अन्य कुन ब्यक्तिलाई सम्पर्क गर्नु पर्ने हो त्यसको टुङ्गो आइसीसीले लगाउनु पर्ने भन्ने माग राजदुत कार्कीले दोहोर्याए पछि, बैठक सञ्चालन गरेका प्रमोद सिटौलाले आइसीसीका महासचिव हेमराज शर्मालाई फेरि बोल्न दिए । तर महासचिव शर्माले ठोस जवाफ दिन सकेनन ।

 

त्यसो त राजदुत कार्कीले पनि महासचिवको जवाफमा चित्त बुझाइनन् । त्यसपछि अध्यक्ष पन्तले हरेक देशमा एनसीसी मार्फत नै सम्पर्क गर्नु पर्ने बताए ।  ‘हाम्रा साथिहरु सँग पनि धेरै समस्या छन्,महामहिमज्यूले अन्यथा नलिनु होला, हाम्रो त्यहाँ कोअडिनेशन गर्ने सुनिल जी सँगै हो ।’ अध्यक्ष पन्तले राजतदुत सँग भन्दा पनि एनआरएनए भित्र नै समस्या रहेको र त्यसका लागि छुट्टै बैठक राखि समाधान गर्ने बचन दिए ।’राजदुतसँग भन्दा पनि हामी भित्रनै गाह्रो छ, साथिहरुको समस्या छ, त्यो हामी बीचमा नै सल्टाउन पर्छ ।’

 

कोरोनाबाट ५० जना नेपालीले ज्यान गुमाए 

 

यस अघि अध्यक्ष पन्तले अहिलको अवस्थामा जति नै काम गरे पनि विवाद आउने भएकाले सजक भएर काम गर्नु पर्नेमा जोड दिएका थिए । उनले अहिले सम्म  ५० जना नेपालीले कोरोनाबाट ज्यान गुमाएको बताए । अध्यक्ष पन्तले अहिलेको संक्रमणमा एनआरएनएले तीन चरणमा काम गरेको बताए । ‘ पहिलो चरणमा नेपालमा स्वास्थ सामाग्री पठाइयो,त्यस पछि मध्यपूर्वमा भाषा कारण केही समस्या थियो त्यसमा काम गरियो, अब रोजगारि गुमाएका र नेपाल फर्कन चाहानेलाई कसरी सहयोग गर्न सकिन्छ भनेर योजना बन्दै छ ।’

 

अध्यक्ष पन्तले एनआरएनएले सबै सस्थासँग समन्वय गरेर काम गर्नु पर्नेमा जोड दिदै राहत दोहोरिन नहुने, कागजपत्र विहिन र विद्यार्थीहरुको समस्यामा ध्यान दिन राजदुत सँग पनि आग्रह गरे । यस्तै उपाध्यक्ष रविना थापाले एनआरएनए एनसीसीले समन्वयात्मक भूमिका खेल्नु पर्नेमा जोड दिइन । यस्तै महासचिव डाक्टर हेमराज शर्माले एनआरएनए र दुतावास बीच समन्वयको खाँचो रहेको, कोरोना संक्रमणको दिर्धकालिन असरका बारेमा के गर्ने भनेर सोच्नु पर्नेमा जोड दिए । परराष्ट्रको तथ्याङ्क अनुसार ८ देखि १० लाख व्यक्ति लकडाउन पछि नेपाल फर्कने तयारीमा रहेको र  उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा पनि छलफल भइरहेको महासचिव शर्माले बताए ।

 

यस्तै नेपालीमुलका अमेरिकन विधायक ह्यारी भण्डारी, अवैतानीक महाबाणिज्यदुतहरु ऋषि ढकाल, प्रेमराजा महत  र एसी शेर्पाले सबै पक्ष मिलेर काम गर्न सुझाव दिए ।

 

एनसीसीका साथिले कुण्ठा राखे असहयोग गरे : गौरी जोशि

 

त्यसो त आफ्नो नियमित समयमा बोल्ने क्रममा पनि गौरी जोशिले गुनासो गरेका थिए । ‘एनसीसीका साथिहरुले सहयोग गर्नु भएन,केही गर्न खोज्यो भने अर्को अर्थ लगाएर विथोल्ने काम गर्नु भयो ।’  उनले आफु समुदायका लागि काम गर्न एनआरएनमा आएको र अन्य कुनै स्वार्थ नभएको पनि बताए । ‘ म समुदायका लागि काम गर्न आएको मान्छे, मेरो इतिहास हेर्नुस,फण्ड रेजिङ्गमा विवाद ल्याइयो, मेरो आफ्नै फाउण्डेशन छ, त्यहाँबाट पनि काम गर्न सक्थे ।’

 

जोशिले अमेरिकामा रहेका विद्यार्थी र कागज पत्र विहिनका लागि अब काम गर्नु पर्ने औल्याए । उनले एक अर्का बीच समन्वयकारी भूमिका नभएको, एउटै काम दुई सस्थाबाट भएको, एनआरएनए एनसीसीले स्थानीय संघ सस्थासँग मिलेर काम गर्न नसकेको आरोप पनि लागए । ‘एकअर्कामा समन्वयकारी भूमिका भएन, एउटै काम दुइ सस्थाबाट भयो, एनसीसीका साथिहरुले कुण्ठा राख्न भएन ।

 

यस्तै आइसीसीका सल्लाहाकार हरिबोल भण्डारीले अहिलेको समयमा एकले अर्कोलाई आरोप लगाउन नहुनेमा जोड दिए, एकले अर्कोलाई सहयोग गरौ, पहिला कोरोनाबाट बचौ,राजनीति पछि गरौला ।’ यस्तै युएस नेपाल पोलिसि सेन्टरका अध्यक्ष डाक्टर राजन पन्तले एनआरएनएले गठन गरेको हेल्थ डेक्स र विद्यार्थी ट्राक्सफोर्सले राम्रो काम गरेको दावी गरे । ‘अहिले नै चुनावको तयारीमा लनागौ, को कसलाई भोट माग्नुपर्छ अन्तै लागौ यस्तो बेला राजनीति नगरौ ।’  प्रतिक पाण्डेले एनआरएनएमा पार्टीगत र गुटगत राजनीति भएको, त्यसको मार नेपालीलाई परेको बताए । उनले चन्दा उठाउने कुरमा पनि राजनीति भएको र गौरी जोशिलाई काम गर्न नदिइएको गुनासो गरे । यस्तै प्राध्यापक डाक्टर यादव पण्डितले नेपाली विद्यार्थीहरुलाई विश्वविद्यालयमा सम्पर्क गराउन परामर्शदाताको रुपमा काम गरिरहेको र शुरुमा जस्तो डरलाग्दो अवस्था नभएको जानकारी दिए ।

 

एनआरएनए अमेरिकाको गत निर्वाचनमा अध्यक्षपदमा पराजित उमेदवार सुर्य लम्साल, कोषाध्यक्षमा पराजित रविन बज्राचार्य, सञ्चारकर्मीहरु शैलेश श्रेष्ठ र पुरुषोत्तम ढकालले एनआरएनए अमेरिकाको कार्यशैली सन्तोसजनक नभएको भन्दै आलोचना गरेका थिए ।

 

रामहरिको प्रसंशा 

 

बैठकमा एनआरएनए एनसीसीको बिरोध गर्नेहरुले पनि न्युयोर्क च्याप्टरका सभापति रामहरि अधिकारिको भने प्रसंशा गरेका थिए । रामहरि न्युयोर्कमा कोरोना संक्रमित क्षेत्रमा राहात सहयोग वितरणमा फन्ट्रलाइनमा रहेर काम गर्दै आएका छन् । अमेरिका क्षेत्रका पूर्व डिआरसी एसी शेर्पाले रामहरिको कामको प्रसंशा गर्दै अहिलेको अवस्थामा एकले अर्कोलाई दोष दिनु भन्दा आ आफ्नो जिम्मेवारी पुरा गर्नु पर्नेमा जोड दिए ।

 

यस्तै एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडे, उपाध्यक्ष बीआर लामा, महासचिव पशुपति पाण्डेले आआफ्नो क्षेत्रमा भइरहेको काम र प्रगतिका बारेमा चर्चा गरेका थिए । एनआरएनए अमेरिकाका सल्लाहाकार संजय थापाले न्युयोर्क च्याप्टरका सभापति राहरिको कामको प्रसंशा गर्दै अब विद्यार्थी र कागजपत्र विहिनहरु लक्षित कार्यक्रम गर्नु पर्नेमा जोडदिए । न्युयोर्क च्याप्टरका सभापति रामहरि र न्युजर्सी च्याप्टरका सभापति समिर बुढाथोकीले राहात वितरण पहिलाको भन्दा सहज हुदै गएको र संक्रमितको संख्या पनि घट्दै गएको बताएका थिए ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result