अमेरिका । एनआरएनए अमेरिकाको २०२१–२३ का लागि हुन गइरहेको निर्वाचनका लागि आवेदन दिएका ४ सय २० जना उम्मेदवारको नामावली निर्वाचन आयोगले सार्वजनिक गरेको छ । यसमध्ये झण्डै दुईतिहाइ निर्बिरोध निर्वाचित भइसकेका छन् ।
शुक्रबार प्रकाशित नामावलीमा अध्यक्षका उम्मेदवारको नाम भने समावेश गरिएको छैन । निर्वाचन आयोगले मे १ तारिख अध्यक्षका उम्मेदवारको नामावली सार्वजनिक गर्ने जनाएको छ ।
उम्मेदवारहरुले आफ्नो नाम, ठेगाना र अरु जानकारी सच्याउनु पर्ने भएमा जानकारी निर्वाचन आयोगलाई तत्काल जानकारी गराउन आह्वान गरेको छ । त्यस्तै आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई मे ३ तारिख ५ बजेसम्मको समय आयोगले उपलब्ध गराएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-