अमेरिका । अध्यक्षका दावेदार तिलक केसीले विधानतः सूर्य लम्साल अध्यक्षमा उम्मेदवर हुन अयोग्य भएको भन्दै गरेको दावी–विरोधलाई निर्वाचन आयोगले सदर गरेपछि अध्यक्षका दावेदार लम्साल अदालत जाने भएका छन् । एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि आज अर्थात शनिवार प्रकाशित अध्यक्षका उम्मेदवारहरुको सूचिबाट लम्सालको नाम हटेको छ ।
दूरबिन नेपालसँगको छोटो कुराकानीमा लम्सालले भने “कानुन ब्यबसायीहरुसँग सल्लाह गर्दै छु । मलाई कानुनी उपचारको बाटोमा धकेल्नु भयो ।” लम्सालले आफ्नो उम्मेदवारी कायम गर्न पठाएको जवाफको स्मरण गर्दै भने “मैले समाधानका लागि सुझाव पनि दिएको थिए ।”
गत सोमवार साँझ अध्यक्षका दावेदार मध्येका एक तीलक केसीले एनआरएनए अमेरिकाको विधानको धारा ११० को सी बमोजिम अध्यक्षमा उम्मेदवार हुन लम्साल अयोग्य भएको जिकिर गर्दै आवेदन दिएका थिए । संवन्धित विज्ञ र कानुन ब्यबसायीहरुसँगको परामर्श पछि निर्वाचन आयोगले लम्सालको नाम हटाएको जनाएको छ ।
लम्साल अदालतमा गएपनि निर्वाचन प्रक्रिया नरोकिने कतिपयको तर्क छ । एनआरएनए अमेरिकामा समूहगत उम्मेदवारी दिन नमिल्ने साथै सवै पदमा ब्यक्तिगत र स्वतन्त्र उम्मेदवारी दाखिला हुने ब्यबस्था छ । यस्तो अवस्थामा एनसीसी अमेरिकाको अध्यक्ष पद केही गरि प्रभावित भएपनि अरुपद प्रभावित हुने देखिदैन । बरिष्ठ उपाध्यक्ष देखि बाकी सबै पदको निर्वाचन समयमा नै हुने एनआरएनए अमेरिकाका अभियान्ताहरु बताउछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-