Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ख्रीष्टियनको भावनामा चोट पु-याएको आरोप

बैशाख १९, २०७५ ११:२२ मा प्रकाशित
ख्रीष्टियनको भावनामा चोट पु-याएको आरोप
Share on FacebookShare on Twitter

सुर्खेत, १९ वैशाख / राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सिवी गहतराजले सरकारले ख्रीष्टियनको भावनामा चोट पु-याएको आरोप लगाउनु भएको छ ।

यही वैशाख १७–१९ गतेसम्म सञ्चालन भई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सम्पन्न महासंघको १० औँ राष्ट्रिय भेलामा आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष गहतराजले पछिल्लो समयमा सरकार इसाइप्रति नकारात्मक बन्दै गएको दुखेसो गर्नुभयो ।

“मुलुक धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसकेको र नेपालको संविधान, २०७२ को भाग ३ को मौलिक हकको धारा २६ मा धार्मिक स्वतन्त्रताको हकको व्यवस्था हुँदा पनि सरकारले ख्रीष्टियनलाई धर्म प्रचारकको आरोप लगाएको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार नेपालका १० वटै धर्मावलम्बीलाई संघ, प्रदेश र स्थानीय सरकारले संरक्षण, सम्वद्र्धन गर्नुपर्दछ ।

युरोपियन युनियनको नाममा सरकारले इसाईको अधिकार हनन गरेको दोष लगाउँदै उहाँले भन्नुभयो, “अब महासंघले विगतमा सरकारसँग गरेको छबुँदे सहमति कार्यान्वयनमा जोडदिन पहल गर्छ ।” ख्रीष्टियनको राष्ट्रिय भेला कर्णालीमा गरेर सम्मानका साथ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीलाई आमन्त्रण गर्दा पनि यसलाई उहाँले महत्व नदिँदा अत्यन्तै दुःखी रहेको अध्यक्ष गहतराजले बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो “ख्रीष्टियन हुनु धर्म परिवर्तन होइन, जीवन परिवर्तन हो । शान्ति, मुक्ति र आनन्द प्राप्त गर्दै संरक्षणको अनुभूति गर्नु हो ।” पैसा लिनेदिने दुवै ख्रीष्टियन नभएको उहाँले जिकिर गर्नुभयो । गृहमन्त्रीले ख्रीष्टियन समुदायलाई विखण्डनकारी र धर्म प्रचारकसँग जोडेर दिएको अभिव्यक्तिले सिंगो ख्रीष्टियन समुदायको ध्यानाकर्षण भएको उहाँको भनाइ थियो ।

अध्यक्ष गहतराजले नेपालका अल्पसंख्यक, सीमान्तकृत, मानवअधिकार र संविधानको पक्ष समर्पित भई कलम चलाएर सहयोग गर्न सञ्चारकर्मी पत्रकारलाई आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमार्फत उहाँले कर्णाली प्रदेशमा सम्पन्न महांसघ नेपालको १० औँ भेलाले तयार गरेको १० बुँदे घोषणापत्र सार्वजनिक गर्नुभएको थियो ।

सार्वजनिक घोषणापत्रमा सरकारको प्रस्तावित राष्ट्रिय सदाचार नीतिको अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव दिएर संशोधनका लागि पहल गर्ने, ख्रीष्टियन समुदायका लागि चार दिनको सार्वजनिक बिदा कायम गराउनमा जोड दिने कुरा राखिएको छ ।

त्यस्तै, ख्रीष्टियन समुदायभित्र रहेका विभिन्न प्रतिभा जस्तै, कलाकारिता, पत्रकारिता, साहित्य, संगीत, गायन, नृत्य विधाका व्यक्तित्वको खोजी गरी उनीहरुको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धन गर्ने कुरा पनि उल्लेख गरिएको छ । रासस

सम्बन्धित समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिनुपर्छ : अध्यक्ष ओली
Breaking News

संसद् सरकारले नै चल्न नदिएको एमाले अध्यक्ष ओलीको आरोप

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

 रीतादेवी प्रधान भन्छिन, एनआरएनएलाई साझा फुलवारी बनाउछु
अमेरिका समाचार

 रीतादेवी प्रधान भन्छिन, एनआरएनएलाई साझा फुलवारी बनाउछु

सरकारद्वारा संसद् अधिवेशन अन्त्य गर्न सिफारिस
बिबिध

बाढीपहिरोबारे सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result