अमेरिका । कोरोना संक्रमण र त्यसबाट उत्पन्न समस्या समाधानका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले परामर्श बैठक राखेको छ । अमेरिकामा कार्यरत विभिन्न संघ सस्थाका प्रतिनिधिको सहभागितामा बैठक सम्पन्न भएको एनआरएनए अमेरिकाका महाचिव पशुपति पाण्डेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
एनआरएनए अमेरिका महासचिवद्वारा जारी विज्ञप्ति
नमस्कार,
कोभिड–१९ को असरबाट संसारको साथै खासगरी अमेरिका अतिनै आक्रान्त भैरहेको कुरा यहाॅहरुमा विदितै छ । खास गरी रोजगारीमा निर्भर परिवारहरु काम गर्न नपाइ रहेको अबस्थामा बॉच्नको लागि चाहिने न्यूनतम कुराहरु जुटाउन नसकि कठिन समय बिताई रहेका छन । कलेज तथा विश्व विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु छात्राबास छोडेर बाहिर बस्नु पर्ने बाध्यताको स्थिति सिर्जना भइ रहेको अबस्था छ । नेपाली समाजमा घटेका अप्रिय घटना र उत्पन्न कठिन परिस्थितिका कारण गैर आवसीय नेपाली संघ, अमेरिका परिवार मर्माहत छ । कोभिडको सामना गरिरहनु भएका दाजुभाई दिदीबहिनीहरु र परिवारका सदस्यहरुलाई राहत पुर्याउन गैर आवसीय नेपाली संघ, अमेरिकाका स्थानिय च्याप्टर, विभिन्न समिति र टास्कफोर्सहरुको माध्यमबाट सक्दो काम गरिरहेका छौं ।
यस विषम परिस्थितिमा एनआरएन एनसीसी अमेरिकाले कसरी अझ ब्यापक सहकार्य र सहभागितामा जनस्तरमा राहतका काम गर्न सक्दछ भनेर बिहिवार April 30, 2020 अमेरिका स्थित विभिन्न संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुसंग एक अनलाईन परामर्श बैठक गर्यो । एनआरएन एनसीसी अमेरिका अध्यक्ष, उपाध्यक्षहरु, महासचिव एव अन्य पदाधिकारी समेतको उपस्थितिमा सम्पन्न सो बैठकमा एसोसिएसन अफ नेपलिज इन मिडवेस्ट अमेरीका, नेपलीज एसोसिएसन इन साउथईस्ट अमेरीका, युएस नेपाल पोलिसी रिसर्च सेनन्टर, नेपाली जनसम्पर्क समिति अमेरिका, प्रबासी नेपाली एकता मन्च, अन्तराष्ट्रिय नेपाली पत्रकारहरुको संजाल, नेपाल अमेरीका पत्रकार सङ्घ, नेपाली आदीवासी जनजाती महासङ्घ अमेरीका, सोसाईटी अफ अमेरीकन नेप्लीज नर्सेस, एसोसीएसन अफ नेप्लिज इन अमेरीकाज, मधेसी एसोसिएसन इन अमेरीका, अमेरीका नेपाल मेडिकल फाउन्डेसन, लगायतका संस्था का पदाधिकारीहरुले अहिले एनआरएन अमेरिकाले कोभिड-१९ को सन्दर्भमा अमेरिका भरि गरेका गतिविधिहरुको जानकारी लिनुको साथै आफ्नो संस्थाबाट भैरहेको काम र एनआरएनसंग सहकार्य गरेर गर्न सकिने कार्यहरुको बारेमा प्रकाश पार्नु भएको थियो ।
सो बैठकमा एसोसिएसन ओफ नेपलिज इन मिडवेस्ट , अमेरीकाबाट बलराम पन्थी, नेपलीज एसोसिएसन इन साउथईस्ट अमेरीका, नासाबाट विनय अर्याल, युएस नेपाल पोलिसी रिसर्च सेनन्टरबाट डा. राजन पन्त, नेपाली जनसम्पर्क समिति, अमेरिकाबाट आनन्द विष्ट, प्रबासी नेपाली एकता मन्च, अमेरीकाबाट प्रभु थापा, अन्तराष्ट्रिय नेपाली पत्रकारहरुको संजाल, ईन्जाबाट गुणराज लुइटेल, नेपाली आदीवासी जनजाती महासङ्घ, अमेरीकाबाट लोक चेम्जोंग, सोसाईटी अफ अमेरीकन नेप्लीज नर्स बाट मन्जु संग्रौला, एसोसीएसन अफ नेप्लिज इन अमेरीकाजबाट मेदिनी अधिकारी, मधेसी एसोसिएसन इन अमेरीकाबाट नरेश पाण्डे, अमेरीका नेपाल मेडिकल फाउन्डेसन, अमेरीकाबाट डा. सन्तोष सापकोटा, प्रबासी नेपाली एकता मन्च, अमेरीकाबाट टेक गुरुंग लगायतका ब्यक्तित्वहरुले अहिले एनआरएन अमेरिकाले कोभिड-19 को सन्दर्भमा अमेरिका भरि गरेका उपस्थितिको जानकारी लिनुको साथै आफ्नो संस्थाबाट भैरहेको काम र एनआरएनसंग सहकार्य गरेर गर्न सकिने कार्यहरुको बारेमा प्रकाश पार्नु भएको थियो ।
यस्तै संस्थाका गतिविधिहरु र आर्थिक क्रियाकलापहरुलाई पारदर्शी रुपमा सदस्यहरुलाई जानकारी गराउन हरेक हप्ता इमेल मार्फत जानकारी दिइरहेको, नेपाली राजदूताबास, वाणज्य दूतहरु र नेपाल सरकार परराष्ट्र मन्त्रालय एवं एनआरएन आइसीसीसंग समेत सहकार्यको लागि पटकपटक छलफल भएको जानकारी गराइएको थियो ।
बैठकमा सहभागी संस्थाका प्रतिनिधिहरुले दिनुभएका सुझावहरुलाई एनआरएन एनसीसी अमेरिकाले महत्वका साथ ग्रहण गर्नुको साथै आवस्यकता अनुसार सहकार्य गरेर अगाडि बढ्ने छ ।
भवदीय,
पशुपति पाण्डे
गैर आवासीय नेपाली सङ्घ, अमेरीका







प्रतिक्रिया लेख्नुहोस्:-