Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जनतामुखी बनाउन सिसीटिभी र इ–हाजिरी

बैशाख २१, २०७५ १०:३४ मा प्रकाशित
जनतामुखी बनाउन सिसीटिभी र इ–हाजिरी
Share on FacebookShare on Twitter

बैतडी, २१ वैशाख / भ्रष्टाचारमुक्त र जनतामुखी गाउँपालिका बनाउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले कार्यालयमा सिसीटिभी क्यामेरा जडान गरेको छ ।

कर्मचारीलाई जनताको सेवामा बफादार तथा जनतालाई दिइने सेवा छिटो छरितो प्रदान गर्ने उद्देश्यले सिसीटिभी क्यामेरा जडान गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । नागरिकसँग प्रत्यक्ष सम्बन्ध रहेको गाउँपालिका कार्यालयमा शान्ति, सुरक्षा र कर्मचारी गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका विभिन्न शाखा तथा फाँटमा गरी आठवटा क्यामेरा जडान गरिएको जनाइएको छ । सिसीटिभी क्यामरा जडानले कार्यालयको सुरक्षा र कर्मचारी लापर्बाही नियन्त्रणमा आउने गाउँपालिकाको अपेक्षा रहेको छ । क्यामेराका गतिविधिका आधारमा सेवाग्राहीले सहजरूपमा सेवा पाए नपाएको सबै हेर्ने र त्यसका आधारमा सेवालाई सहज बनाउन कर्मचारीलाई त्यसैअनुसार तयार गर्ने गाउँपालिका अध्यक्ष कार्कीको भनाइ रहेको छ ।

क्यामेरा जडानले कामप्रति कर्मचारीलाई बढी जवाफदेही र उत्तरदेही बनाउनुका साथै यसबाट सेवाग्राहीलाई पनि सेवा पाउन सहजता हुने विश्वास गरिएको छ ।

इ–हाजिरीको शुरुवात

कर्मचारी तथा जनप्रतिनिधिलाई समयको पालना गराउनका लागि र उपस्थिति पारदर्शी बनाउन दोगडाकेदार गाउँपालिकाले पहिलोपटक इ–हाजिरी अर्थात् इलेक्ट्रोनिक हाजिरी प्रयोगमा ल्याएको छ ।

अनुशासन र समयको पालना गराउन साथै मर्यादित बनाई सेवालाई दु्रतगतिमा अगाडि बढाउनका लागि इ–हाजिरीको व्यवस्था गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । इ–हाजिरी प्रयोगमा ल्याइसकेपश्चात् कार्यालयमा उपस्थित नभएर अर्को दिन हाजिर गर्ने, समयमा कार्यालय नआउने, कार्यालय समयअगावै घर जाने कर्मचारी निरुत्साहित हुने बताइएको छ ।

रजिष्टरको हाजिरी हुुँदा कर्मचारी एक्कै छिन फुुर्सद हुुँदा कार्यालय निस्की हाल्ने प्रवृृत्तिको अन्त्य भएको र कर्मचारी कामप्रति बफादार भएर काम गर्ने गाउँपालिकाले अपेक्षा गरेको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result