Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आगलागी पीडितलाई घर हस्तान्तरण

बैशाख २३, २०७५ ११:०४ मा प्रकाशित
Share on FacebookShare on Twitter

बाबियाचौर, म्याग्दी २३ वैशाख / मालिका गाउँपालिका–७ बिमको खाराका आगलागी पीडित एक परिवारलाई घर हस्तान्तरण गरिएको छ ।

गत फागुनमा आगलागीबाट घर जलेर ध्वस्त भएपछि बिचल्लीमा परेका चन्द्रबहादुर दमाईंलाई बिमको हिराजीत स्मृति युवा क्लबका पहलमा निर्माण भएको घर शनिबार हस्तान्तरण गरिएको हो ।

वडाध्यक्ष रेशम जुक्जालीको संयोजकत्वमा स्थानीयवासी, प्रवासीबाट सहयोग तथा श्रमदान जुटाएर विपन्न समुदायका दमाईंका परिवारलाई बरण्डा सहितको एक वटा कोठा भएको घर उपलब्ध गराइएको हो । घर निर्माणका लागि रु एक लाख ५३ हजार ३९७ संकलन भएकामा रु एक लाख १३ हजार ६७५ खर्च भई बचत भएको रु ३९ लाख ७२२ क्लबको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

टोड्केको पर्यटन विकासका लागि पूर्वाधार निर्माण

म्याग्दीको मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा अवस्थित टोड्केको पर्यटन विकासका लागि पूर्वाधार निर्माण गरिएको छ । समुन्द्री सतहदेखि दुई हजार ३८० मिटरको उचाइमा अवस्थित टोड््केमा सरकारी निकाय र समुदायले पदमार्ग, सडक, विश्रामस्थल, सार्वजनिक शौचालय निर्माणका साथै स्वर्गद्वारी आश्रमको शाखाका रुपमा चिनिने मन्दिरको जीर्णोद्धार गरेका हुन् ।

पर्यटन कार्यालय पोखराको रु ३१ लाख सहयोगमा टोड्के क्षेत्रमा एक हजार ३०० मिटर पदमार्ग र बसेर दृश्य अवलोकन गर्न मिल्ने गरी प्रतीक्षालय निर्माण गरिएको टोड्के क्षेत्र विकास समितिका उपाध्यक्ष बाबुराम आचार्यले जानकारी दिनुभयो ।
तत्कालीन जिविसको सहयोगमा टोड्केमा समितिको भवनसमेत निर्माण गरिएको थियो भने वनभोज स्थल र खेलकूद प्रतियोगिताका लागि खेलमैदान बनाइएको छ ।
टोड्के नजिकैको झीँ र पूर्ण गाउँका बासिन्दाले पर्यटकको सुविधाका लागि होमस्टे शुरु गरेका छन् । गुराँसे जंगलको बीचमा रहेको टोड्केको प्रचारप्रसार र सम्भावना उजागर गराउन विसं २०६५ र २०७२ मा महोत्सवको आयोजना गरिएको थियो । टोड्केबाट गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमशृङ्खलालाई नाङ्लोको घेरा झँै नजिकबाट अवलोकन गर्न सकिन्छ । वसन्त ऋतुमा पाखाभरि राताम्मे भएर ढकमक्क फुल्ने लालीगुराँस टोड्केको थप आकर्षण हो । रासस

सम्बन्धित समाचार

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
बिबिध

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

पिट्सबर्ग, क्यालिफोर्नियामा हराएका नेपाली निरजको शव फेला, सहयोगको लागि आव्हान !
बिबिध

पिट्सबर्ग, क्यालिफोर्नियामा हराएका नेपाली निरजको शव फेला, सहयोगको लागि आव्हान !

मुलुकलाई सङ्कटबाट मुक्त गर्न नै  कांग्रेस-एमाले  समीकरण बनेको  नेता पोखरेलको प्रष्टीकरण
बिबिध

मुलुकलाई सङ्कटबाट मुक्त गर्न नै कांग्रेस-एमाले समीकरण बनेको नेता पोखरेलको प्रष्टीकरण

लोकतन्त्रलाई थप सुदृढ बनाउनुपर्नेमा नेता कोइरालाको जोड
बिबिध

नेपाली कांग्रेसलाई गुटगत प्रवृत्तिले गाँजेको छ : शेखर कोइराला

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको उपाधि
बिबिध

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको उपाधि

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result