काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र संसद बचाउन सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता रहेको बताएका छन्।
देउवाले शनिबार जनकपुरधाममा पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा व्याप्त राजनीतिक अस्थिरता र एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध गठबन्धनको आवश्यकता रहेको बताए। उनले भने, ‘यो एक ऐतिहासिक गठबन्धन हो। स्थानीय तहसम्म मात्र सीमित रहँदैन। प्रदेश र संघको निर्वाचनमा पनि हामी यहीअनुसार अगाडि बढ्छौँ।’
प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीको कार्यशैलीबाट जनताले मुक्ति पाएको समेत दाबी गरे। आफूबाहेक अरुलाई काम गर्न नदिने र आफूविरुद्ध कोही बोलेको सुन्न नसकेर ओलीले पटक(पटक संसद् भङ्ग गरेको उनको आरोप थियो।
प्रतिक्रिया लेख्नुहोस्:-