काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा गरिबी हटाउने कार्यक्रमलाई विशेष जोड दिने बताएका छन्।
मन्त्री महतले आइतबार आगामी आर्थिक वर्षको बजेट कार्यक्रम अर्थात् विनियोजन विधेयकका सिद्धान्तहरु प्रस्तुत गर्दै धनी र गरिबबीचको खाडक कम गराउने बताए। आगामी आर्थिक वर्षको बजेटमा रोजगारी बढाउने र गरिबी कम गराउने कार्यक्रमहरु समावेश गरिने अर्थमन्त्रीले बताए।
उनले भने, ‘अर्थतन्त्रलाई गतिशील बनाई त्यसका लागि मौद्रिक नीति र वित्त नीतिको तारतम्यता मिलाइने छ। उत्पादनमुलक क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी परिचालन गरि रोजगारी बढाउने, डिजिटल इकोनोमीलाई प्रवर्द्धन गरिने छ। सबै प्रकारको गरिबी न्यूनीकरण गरि गरिब र धनीबीचको खाडल घटाइने कार्यक्रमहरु समावेश हुने छ।’
प्रतिक्रिया लेख्नुहोस्:-