Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बीउ अनुदानको सात लाखमात्र खर्च

बैशाख २५, २०७५ ११:१२ मा प्रकाशित
बीउ अनुदानको सात लाखमात्र खर्च
Share on FacebookShare on Twitter

दाङ, २५ वैशाख / जिल्लाका किसानलाई सहुलियत अनुदान तथा व्यवस्थापनका लागि चालू आर्थिक वर्ष २०७४÷७५ का लागि सरकारले उपलब्ध गराएको रु ३९ लाखमध्ये रु सात लाखमात्र अनुदानको बीउ उपलब्ध गराउन खर्च भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माका अनुसार सो शीर्षकमा रु ३२ लाख मौज्दात छ । नयाँ संरचनाअनुसार कृषि कार्यालय मातहतका सबै सेवाकेन्द्र स्थानीय तहमा गाभिएपछि पनि सरकारले सहुलियतमा किसानलाई बीउ उपलब्ध गराउन कृषि कार्यालयलाई उक्त रकम उपलब्ध गराएको हो ।

“किसानको मागअनुसार सम्बन्धित स्थानीय तहमा अनुदानको बीउ उपलब्ध गराउँदै आएका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय तहमा माग भए, अझै पनि मकै र धानको उन्नत जातको बीउ उपलब्ध गराउन सकिन्छ ।

कार्यालयले सबै स्थानीय तहमा मागअनुसार, गहुँ, मसुरो, मकै र धानका उन्नत जातका बीउ उपलब्ध गराइरहेको छ । किसानलाई ५० प्रतिशत सहुलियत दरमा बीउ उपलब्ध गराउँदै आएको छ । स्थानीय बीउ उत्पादक सहकारी संस्थाले उत्पादन गरेका उन्नत जातका बीउ खरिद गरी किसानलाई सहुलियत दरमा बिक्री गरिँदै आएको छ ।

अहिले स्थानीय तहका कृषि शाखा कार्यालयमार्फत रामपुर कम्पोजिट जातको पहेँलो मकैको बीउ प्रतिकिलो रु ४० मा किसानलाई उपलब्ध गराइँदै आएको छ । विभिन्न जातका धानका बीउ स्थानीय तहका कृषि शाखामार्फत उपलब्ध गराइने शर्माले बताउनुभयो । अहिले सबै तहमार्फत बीउकोे माग संकलन भइरहेको छ ।

कार्यालयले व्यक्तिगत तथा समूहगत रुपमा फलफूल खेती गर्ने किसानलाई फलफूलका बिरुवा सहुलियत दरमा उपलब्ध गराउने जनाएको छ । आँप, लिची, केरालगायत फलफूलका बिरुवाको माग स्थानीय तहमार्फत संकलन भइरहेको छ । दुई उपमहानगरपालिका, एउटा नगरपालिका र सात गाउँपालिका मातहतका कृषि विकास शाखामार्फत उपलब्ध गराइने गरी मागअनुसार बीउ उपलब्ध गराउँदै आएको कार्यालयले जनाएको छ ।

तुलसीपुरमा २० क्विन्टल मकै

तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाले जिल्ला कृषि विकास कार्यालयबाट करीब २० क्विन्टल रामपुर डिपोजिट जातको मकैको बीउ पहिलो चरणमा किसानलाई अनुदानस्वरुप उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म करीब १४ क्विन्टल बीउ वितरण भइसकेको छ ।

“छ क्विन्टल बीउ जिल्ला कृषि विकास कार्यालयबाट ल्याइनेछ,” शाखा कार्यालय तुलसीपुरका नायब प्राविधिक सहायक चन्द्रीका घर्तीले जानकारी दिनुभयो । स्थानीय तहको बजेटबाट किसानलाई निःशुल्क रुपमा तरकारी बालीका बीउ उपलब्ध गराइएको उहाँले बताउनुभयो । कार्यालयले २० क्विन्टल रामपुर कम्पोजिट मकै तथा करिब ४०० किसानलाई बोडी, काँक्रा, भिन्डीलगायत तरकारीका बीउ वितरण गर्ने लक्ष्य लिएको छ ।

समूह र व्यक्तिलाई मकै बीउ आधा अनुदानमा तथा अन्य तरकारीको बीउ निःशुल्क वितरण गरेको कार्यालयले जनाएको छ । प्रतिकिलो रु ४० मा मकैको बीउ १३० जना तथा तरकारीको बीउ ३०० किसानलाई वितरण गरिएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result