Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाका नेपाली प्रतिको उपेक्षा र नेजसको कदम  

बैशाख २७, २०७७ १:०४ मा प्रकाशित
अमेरिकाका नेपाली प्रतिको उपेक्षा र नेजसको कदम  
Share on FacebookShare on Twitter

श्रीराम थापा  

    मरिन्छ कि भन्ने नै डरले  नै हामी कोरोनासँग त्रसित भएका छौ। “मृत्यु” के हो ? कोही ” मृत्यु” बैकुण्ठ प्राप्तिको ढोका खुलेको सम्झी खुसीले स्वीकार गर्छन भने कोही अजम्बरी हुन पाए हुने थियो र अजम्बरी छु भने झै गरेर व्यवहार गर्छन ।  मृत्यु कुनै पनि समय अनेक बाहनामा आउँछ र हुन्छ नै।

संसारभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस ( Covid-19)को   संक्रमणबाट विश्व नै अहिले त्राहित्राहि भएको अवस्था छ । यो महामारीले विश्वव्यापी रूपमा एक किसिमले भन्ने हो भने मान्छेहरूलाई लगाम लगाएको छ । र सामाजिक मर्यादाको पनि पाठ सिकाएको छ . विश्वका चाहे विकसित राष्ट हुन चाहे विकासउन्मुख राष्ट हुन वा अविकसित राष्ट,  चाहे धनीमानी हुन चाहे मध्यम वर्गीय हुन, चाहे गरीबीको रेखामुनि पिल्सिएका मानिसहरू हुन  संसारका मानवजातिले नै अहिले वर्तमान परिप्रेक्षमा अति कष्टकर र सङ्कटपूर्ण जीवन झेलिरहेको यो महामारीबाट अमेरिकाको जनजीवन पनि अछूतको रहन सकेको छैन ।

यस  संवेदनशील र महाविपत्तिको अवस्थामा अमेरिकामा बसोवास गर्ने आम नेपाली समुदायलाई यस सङ्क्रमणबाट कसरी जोगाउन सकिन्छ भनेर यहाँ अमेरिकामा रहेका संघसंस्थाहरू पनि चिन्तित भएको पाइएको छ । यतिबेला नेपाली समुदायमा पनि संक्रमित सदस्यहरूको संख्या दिनानु दिन बढिरहेको छ । कोरोनाबाट १५ जना भन्दा बढीको  निधन भैसकेको छ । जुन घटनाले सबै नेपाली समुदायलाई स्तब्ध र मर्माहत बनाएको छ। COVID-19 को औषधी  पत्ता नलगाइसकेको यो अवस्थामा सबै जना आ–आफ्नो तौरतरिकाबाट सजग र सचेत भई स्वयंम आफ्नै जिम्मेवार बन्न सकेको खण्डमा मात्र यो महाविपत्ति बाट बच्न सकिने छ।

 नेपाली जनसम्पर्क समिति (नेजस) के गर्दै छ  ?

यी कुराहरूलाई मध्यनजर गर्दै नेपाली जनसम्पर्क समिति अमेरिकाले कोरोनाबाट हुने सम्भावित जोखिम तथा रोकथाम नियन्त्रणका साथै नेपाली  समुदायमा संक्रमित सदस्यहरूको सहयोगको लागि विभिन्न आवश्यक परामर्श समितिहरू गठन गरिसकेको छ। सो परामर्श समितिहरूलाई प्रभावकारी ढङ्गले स्थानीय तहमा सकृय बनाउनका लागी अमेरिकाको सबै राज्यको आफ्नो स्थानीय च्याप्टरहरूमा त्यस क्षेत्रका विज्ञहरूलाई समेत साथमा लिएर ,सबैसFग सामूहिक सहकार्य गरेर कोरोना संक्रमित समुदायका सदस्यहरूलाई सरकारी निकायबाट प्राप्त हुने सेवा, सुविधा र श्रोत परिचालनका लागि आवश्यक सहयोग, सल्लाह, सुझाव र उचित परामर्श गर्दै आएको छ ।

यसबाट नेपाली समुदायलाई सानो तिनो सहयोग पुगेको छ  भन्ने कुरामा जनसम्पर्क समितिले अमेरिकाले विश्वास गरेको छ ।  नेपाली जनसंपर्क समितिले राहत संकलन र बितरणका काम पनि प्रभावकारी ढंगले गरेको छ । संकटमा नेपाली समुदायका बीच नेपाली जनसंपर्क समितिले भरपर्दो शक्तिको रुपमा आफूलाई स्थापित गरेको छ ।

होहल्ला मच्चाएर आउने र  पद साथै राजनीतिक चालबाजीका कारण प्रभावहिन हुँदै अस्ताएका थुप्रै संघ संस्थाहरु छन्  अमेरिकामा । अमेरिकाको सबै भन्दा पुरानो र ठूलो संस्था ए एन ए  अहिले कता छ भन्ने कुरा कसैलाई थाहा छैन । एकताका अमेरिकामा रहेका सबै सघसंस्था र सम्पूर्ण नेपालीहरूको छाता संगठन भनेर चिनिने संस्था यस्तो महाविपत्तिमा कहिँकतै झुल्किनु र यसरी गुमनाम हुनुको पछाडि कुनै न  कुनै कारण हुन सक्छ । यो यति ठूलो संस्था यसरी गुमनाम हुनु यसको मुख्य कारण आर्थिक पारदर्शिता नै हो जस्तो लाग्छ । भएका संघ संस्थाहरू प्रति पनि मानिसहरुले त्यति चासो नदिनु र स्वत स्फुर्त आगाडी नआउनु यही आर्थिक पारादर्शिताको कुरा नै अगाडी आउँछ ।

एनआरएनए आइसीसीको उपेक्षा

एनआरएनए अमेरिकाले पनि आफ्नो बलबुताले भ्याएसम्म नेपाली समुदायमा राम्रै काम गरेको छ । तर NRNA आइसीसीले भने अमेरिकालाई त्यति वास्ता  गरेको छैन भन्ने कुरा सहजै अनुमान लागाउन सकिन्छ । यसको जोलन्त उदाहरण संसारको सबै भन्दा बढी NRNA को सदस्य संख्या भएको देश  मध्येको  अमेरिका   एउटा हो   र आइसीसीलाई सबै भन्दा बढी सदस्य सुल्क बुझाउने र परेको बेलामा आइसीसीलाई काध थाप्ने NCC अमेरिका नै हो भन्दा फरक नपर्ला । बिनासकारी भुकम्पको महाविपदमा होस वा लाप्राकको परियोजना वा आइसीसीको बिबादीत भवन निर्माण मै किन नहोस एनआरएनए अमेरिकाले अथाह सहयोग गरेको छ । NCC अमेरिकाले बिभिन्न कालखण्डमा ICC लाई पाच लाख डलर भन्दा बढी सहयोग गरेको छ ।

अहिले अमेरिकामा रहेका नेपालीहरू  विषम परिस्थिती  संग लडिरहेका छन् । र संसारकै सबै भन्दा बढी नेपालीहरु संक्रमित  पनि अमेरिका मै छन् । र मृत्यु हुनेको संख्या पनि सबै भन्दा बढी  अमेरिका मै छ ।  नेपाली समुदाय  यति धेरै प्रभावित भएको जान्दा जान्दै पनि आइसीसीले उपेक्षा गर्नु बिडम्वना नै हो ।  उदार भावले सबैभन्दब बढि सहयोग दिने अमेरिकाको नेपाली समुदायसँग लिनका लागि चाही सधै हात पसार्ने तर महामारीले आक्रान्त भएको समयमा चाही  आइसीसीले कुनै पनि आर्थिक वा जिन्सी केही पनि सहयोग नगर्नु यो दुखद कुरा हो । लज्जास्पद पक्ष चाही के छ भने आइसीसीमा अमेरिकाको यसपटक राम्रो उपस्थिति छ । र ICC मा अमेरिकाबाट प्रतिनिधित्व गर्ने  Heavy weight  हरू पनि अमेरिका बाटै छन् । तर  NRNA ICC ले बीस हजार डलर को लागी गोफण्ड मार्फत जम्मा गर्नु पर्ने तर आइसीसी र त्यहाँ प्रतिनिधित्व गर्नेहरुबाट सहयोग नदेखिनु कस्तो लज्जास्पद कुरा हो ?

नेपाली सुमुदायका लागी भनेर खोलिएका संघसंस्थाहरु अमेरिकामा १/२ सयको हाराहरीमा छन् तर अहिले यो महाबिपत्तीमा यी संघसंस्थाहरूलाई दिउसै लाईट बालेर खोज्नु पर्ने अबस्था छ । टेक्सासमा NST , क्यालिफोर्नियामा  नेपाली जनसम्पर्क मार्फत वे एरिया श्रोत परिचालन समिति , THEWHITEZONE NANC , र NCC ले आफ्नो स्थानिय तहमा राम्रो काम गरेका छन भने NRNA ले पनि आफुले भ्याए सम्म राम्रो काम गरेको छ । जनसम्पर्क समिति केन्द्रले सबै भन्दा प्रभावकारी काम गरेको छ   ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result