Friday, August 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

को ठिक भन्ने कुरा टेक्सासका मतदाताहरुलाई राम्रोसंग थाहा छ

बैशाख २६, २०७८ ५:२८ मा प्रकाशित
को ठिक भन्ने कुरा टेक्सासका मतदाताहरुलाई राम्रोसंग थाहा छ
Share on FacebookShare on Twitter

डा. चिरन्जिबी भट्टराई

 

एनआरएनएको माध्यमबाट समग्र नेपाली समुदायमा  केही गर्न सकिन्छ कि भन्ने सोचले चुनाबको माहोलमा होमिएको हो ।  किनकि एनआरएनए सबैको साझा संस्था हो ।  बर्तमानमा सबै भन्दा बृहत्तर संस्था ।  र, नेपाल सरकारबाट मान्यता प्राप्त संस्था पनि ।

एनआरएनएले गर्नु पर्ने कामलाई मैले मुख्यतया तीन प्रकारमा बिभाजन गर्न चाहन्छु । नेपाल भित्र हाम्रो अधिकारका लागि ,
स्वयम् संस्था बलियो बनाउने काम ( सांगठनिक काम ) र एनआरएनहरुको ( अमेरिकामा बस्ने नेपालीहरुको लागि )सहयोग तथा सामाजिक उन्नति प्रगतिको लागि पनि ।

मैले यो क्षेत्रीय समितिमा उम्मेद्वारी दिनुको कारण यो क्षेत्रमा पर्ने दक्षिण क्षेत्रका अमेरिकी राज्यहरु : मेरिलेण्ड , डिसी ,भर्जिनिया , वेस्ट भर्जिनिया , नर्थ क्यारोलाईना , साउथ क्यारोलाईना , जर्जिया ,फ्लोरिडा ,केण्टुकि ,टेनेसी ,मिसिसिपी ,अलाबामा ,ओक्लाहोमा ,टेक्सास,
अर्कानसास ,र लुजियाना राज्यका बृहत्तर क्षेत्रमा बस्ने नेपालीहरुको समग्र हितमा काम गर्नको खातिर हो ।

यो क्षेत्रमा बस्ने नेपाली समुदायको हितमा सम्भब सबै उपाय मेरो बल बुद्धि र क्षमताले भ्याएसम्म काम गर्न हो । र बिशेष त म यो क्षेत्रमा बस्ने नेपालीहरुको आवश्यकतालाई पहिचाहन गर्न चाहन्छु र बिशेष त अमेरिकामा बिक्न सक्ने ,टिक्न सक्ने नेपालीहरुको सिप शिक्षा मिहिनेत र क्षमतालाई प्रोत्साहन गर्न चाहन्छु एनआरएनएको माध्यमद्वारा ।
व्यक्ति भन्दा परिवार ठुलो हो  । परिवार भन्दा समाज र समुदाय ठूलो हो । जब परिवार भन्दा अलि पर पुगेर केही काम गर्न खोजिन्छ भने संस्था मार्फत गर्दा धेरै बुझ्न सकिन्छ, गर्न सकिन्छ भन्ने मेरो सोच र मान्यता छ ।  एनआरएनए भित्रै रहेर काम गर्ने सोचले अहिले मैले पनि उम्मेद्वारी दिएको हो ।
मलाई पूर्ण विश्वास छ यो क्षेत्रका मत दाताहरुले मलाई नै रोज्नु हुनेछ । यो उद्धेश्य रअर्थमा पनि  मेरा साथी भाइहरु नेपाल तथा अमेरिकामा पनि विभिन्न महत्वपुर्ण भूमिका र पदमा हुनुहन्छ । ती कुराहरु अहिले मैले गरेर हुदैन ।  मेरो लागि अहिले मलाई जुन कामको लागि तोकिएको छ यही ठूलो हो र मैले अबसर पाएको खण्डमा ।
यो दुइ बर्ष यही एनआरएनएको काममा पूर्ण रुपमा खटिएर बिताउने छु । मैले अमेरिकामा यसरी नै १० -१२ बर्ष पहिला नै बिताए त अरु दुइबर्ष बिताउनु मेरो लागि खासै गारो पर्दैन ।  समाज सेवा भनेको मुख्यतया घर परिवारबाट बचेको समयमा गर्ने काम हो । पारिवारिक रुपबाट पनि हाम्रो परिवारमा हामी तीन जना ।  मेरो श्रीमती , एक छोरा र म । छोरा अमेरिकाबाट विश्व विद्यालयको पढाई सकेर जब शुरु गर्ने अबस्थमा पनि भएको हुँदा यो समय मेरो लागि अरु उपयुक्त पनि लग्यो ।   मान्छेहरु यस्ता संघ संस्था र तिनका गतिविधितिर बढी लाग्न खोज्नुको एउटा कारण समयको सर्बोत्तम सदुपयोग समाज र समुदायको खातिर भन्ने अर्थमा पनि हो ।

मलाई धेरैले सोध्ने एउटा प्रश्न यो पनि छ कि , तपाई नर्थ क्यारोलाइनाको मान्छे जहाँ लगभग ४०० जति मात्र मत दाताहरु छन् भने अर्का उम्मेदवार  बादल भुजेलजी टेक्सासका हुनुहुन्छ जहाँ चार हजार भन्दा बढी मत दाताहरु छन्  अनि तपाईले कसरी चुनाब जित्नुहुन्छ त ?
मेरो भनाई छ – यसलाई भन्छन जनताको शक्ति  र परिबर्तन भनेको यही हो । परिबर्तन यस्तै परिणामबाट शुरु हुने हो , मत दाताले कुनै पनि क्षेत्र जात समुह र रंग नभनी कुन उम्मेदवार सही र सक्षम भनेर छान्न सक्नु पर्छ । र अमेरिकामा हामी नेपालीहरु कोही पनि कहीको पनि स्थायी बासिन्दा होइनौं ।
म भोलि टेक्सास  मुभ हुन् सक्छु ।  उहाँ पनि नर्थ क्यारोलाईना वा अन्त कतै पनि मुभ हुन सक्नुहुन्छ  र स्थायी भनेको त एनआरएनएमा हामीले के गर्न सक्यौ , र के गर्न सक्छौ भन्ने नै हो । को कहाँको भन्दा पनि कसका मान्छे कहाँ कति भन्ने कुरा मुख्य हो । अरु राज्यको त कुरा नै भएन टेक्सासमा नै पनि मेरो भोट बढी आउनेमा म ढुक्क छु , किनकि  एनआरएनए अमेरिकाको सन्दर्भमा कस्ले कति योगदान गरेको छ भन्ने हो ।
र एनआरएनएको सन्दर्भमा को ठिक भन्ने कुरा टेक्सासका मत दाताहरुलाई राम्रोसंग थाहा छ । र चुनाबको सार्थकता र सुन्दरता नै बढी भन्दा बढी सक्षम र आशा लाग्दो उम्मेदवार छान्नुमा हुन्छ  । यो कुरा टेक्सासका एनआरएनएका मत दाताहरुलाई पनि राम्रोसंग थाहा छ । मेरो जितको आधार पनि यही नै हो ।

र म सबै बिचार , समुह र आस्थाका मान्छेहरुलाई मिलाएर लानुपर्छ , एबं ब्यक्तिको क्षमता , रुचि र न्याय सम्मत् तरिकाले काम गर्ने भूमिका दिनुपर्छ भन्ने बिचारको मान्छे पनि हुं ।  एनआरएनए सबै अर्थमा अमेरिका बस्ने सबै नेपालीहरुको साझा हो भन्ने कुरा भित्री मनदेखि अनुभूति गर्ने खालको ब्यबहार सबै पदाधिकारीहरुबाट हुनुपर्छ भन्ने मान्यताको मान्छे पनि हो ।

देश र जन्मभूमि छाडेर यति टाढा आठ हजार माइलको आकाशे दुरी पार गरेर आएका नेपालीहरु सधै एकजुट हुनुपर्छ भन्ने मान्यताको मान्छे पनि हो । हामी प्रथमत: नेपाली हौ । अन्तमा पनि नेपाली हौ ।  हाम्रो मूल उद्धेश्य पनि एक पटकको नेपाली सधैँको नेपाली नै हो भन्दै हाम्रो समग्र उद्धेश्य नै सधै नै बृहत्तर अमेरिकावासी नेपालीहरुको हितमा हुनुपर्छ भन्ने नै हो  एनआरएनए अमेरिकाको सन्दर्भमा भन्नु पर्दा ।

लेखक-डाक्टर चिरन्जिबी भट्टराई एनआरएनए अमेरिका साउथ रिजनका रिजनल कोअर्डिनेटर आरसीको उम्मेदवार हुनुहुन्छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result