दूरबिन नेपाल डटकमका लागि लागि तोया दाहालले एनआरएनए उत्तर अमेरिकाका संयोजक (आरसी) गौरि जोशीसँग एनआरएनए अमेरिका र आइसीसीको पछिल्ला गतिविधि र जोशीले निर्वाह गरिरहनु भएको भूमिकाको विषयमा फोनबाट लिएको रेकडेड अन्तरवार्ता ।
दूरबिन नेपाल: अध्यक्षका उम्मेदवारद्वय सन्जाय थापा र सूर्य लम्सालले अर्का अध्यक्षका उम्मेदवार सुनिल साहको उम्मेदवारी खारेज गर्न तपाइलाई निवेदन दिनु भएको छ । आइसीसीले के गर्न सक्छ ? के छन् प्रावधान ? तपाइलाई त्यस्तो अधिकार छ छैन ?
गौरि जोशी: यदि दुवै उम्मेदवारले चुनाव बहिष्कार गरे भने निर्वाचन स्थगित गराउन सकिन्छ । त्यो भन्दा अरू उपाय छैन । चुनावको सामूहिक बहिष्कार भयो दुईवटा उम्मेदवारको तर्फबाट भने अर्को निकास खोज्छौँ नत्र भने मिलाएरै जाने पहल हुन्छ ।
दूरबिन नेपाल: आइसीसीको विधानले यो परिस्थिलाई तपाइले भने जस्तै गरी हल गर्ने भनेर प्रस्ट गरेको छ ?
गौरि जोशी: विधानले सम्बोधन गर्छ गर्दैन भन्दा पनि समयको माग अनुसार निर्णय गर्न हामी पछि हट्दैनौँ ।
दूरबिन नेपाल: विधानले दिएन भने निर्वाचन रोक्ने बाटो रोज्न सक्नु हुन्छ ?
गौरि जोशी: चुनावमै भाग नलिए पछि, शङ्कास्पद भनेर प्रश्न गर्छन् भने , बहिष्कार गर्छन् भने गर्ने कुरा हो । अहिलेको लागि होइन । हामी पहल गर्छौ वातावरण बनाउछौं । हाम्रो उद्देश्य भनेको सबैलाई विश्वसनीय वातावरण बनाउने हो ।
दूरबिन नेपाल: आइसीसीसँग एनसीसीको निर्वाचन रोक्न सक्ने अधिकार छ ?
गौरि जोशी: छ ।
दूरबिन नेपाल: विधानले कस्तो अवस्थामा रोक्न सक्ने भनेको छ ?
गौरि जोशी: विशेष परिस्थितिमा गर्न सक्ने छ भनिएको छ । कुन विशेष परिस्थिति भन्ने चाही सबै साथीहरूसँगको छलफल र विभिन्न पक्षसँगको वार्ता पछि तय गरिने छ । इलेक्सन क्यान्सल भन्दा पनि त्यहाँबाट इलेक्टेड भएर आएकालाई मान्यता नदिने हो । बहुमत उम्मेदवारले इलेक्सनमा भाग नलिए पछि त्यहाँबाट निर्वाचित भएर आएकालाई मान्यता दिनु पर्छ भन्ने बाध्यता छैन । बढी विवाद भयो भने एफिलेशन नै रद्द गरेर पुन अगाडि बढ्नु पर्ने परिस्थिति हुनसक्छ ।
दूरबिन नेपाल: तपाइले मिलाउन के गर्नु भएको छ त ?
गौरि जोशी: म लागिरहेको छु । सञ्जय जी, सूर्य जी र उहाँहरूका नजिकका साथीहरूलाई पनि मैले रिचआउट गरेर कसरी मिलाउन सकिन्छ भनेर पहल गरिरहेको छु ।
दूरबिन नेपाल: यस अघिको निर्वाचनमा तपाइ उम्मेदवारको रूपमा मैदानमा आउँदै गर्दा उत्पन्न विवादमा आइसीसी पनि विवादमा तानिएको थियो । कहिले महासचिव र कहिले अध्यक्षले फरक फरक पत्र पठाउनु भएको थियो । यस पटक पनि त्यही परिस्थिति आउन लागेको हो ?
गौरि जोशी: मैले नेतृत्वलाई स्पष्ट शब्दमा हाम्रो क्षेत्रको समस्या हामी आफै सल्भ गर्न सक्छौ । तपाइहरू हस्तक्षेप नगरिदिनुस भनेको छु । त्यही अनुसार मैले पहल गरेको छु । इनकेस केही भइहाल्यो भने सल्लाह गर्छु हस्तक्षेप नगरिदिनुस भनेको छु ।
दूरबिन नेपाल: गत निर्वाचनमा पनि यहाँबाट आरसीले पहल गर्दा गर्दै केन्द्रबाट पहिला महासचिवको पत्र आयो । त्यसलाई काटेर अध्यक्षको पत्र पनि आयो । अहिले पनि त्यस्तो नहोला भन्ने आधार के छ ?
गौरि जोशी: त्यस्तो हुन हामी दिदैनौं । त्यस्तो हुँदैन । आइसीसी लिडरसिपले आफू विवादमा परेर त्यस्तो चिठी लेख्दैन । जे गर्छ रिजनले गर्छ । मैले गर्छु । उहाँहरूसँग समन्वय गर्छु ।
दूरबिन नेपाल: निर्वाचन रोक्न मुद्दा हाल्न लगाउने र अदालतले रोकेन भने अहिले उम्मेदवारलाई हाल्न लगाएको निवेदनलाई आधार मानेर निर्वाचन रोक्ने पूर्व तयारी भित्रै यो काम भइरहेको छ भन्ने सुनिन्छ नि
गौरि जोशी: हामी नै आइसीसी हो । हिजो पनि भनेको छु । आज पनि भन्छु । चुनावलाई निष्पक्ष धाँधलीरहित बनाएर अगाडि बढ्न हामी कटिबद्ध छौँ ।
दूरबिन नेपाल: एनआरएनए अमेरिकामा अहिलेको परिस्थिति आउनुमा तपाइको हात छ की छैन ?
गौरि जोशी: यो सिनारियो डेभलभ गर्ने मेरो हात हैन । हिजो म आफै मुद्धवी भएर अगाडि बढेर मुद्दा मामलाबाट समस्या सल्भ हुँदैन । टेबलमा बसेर सल्भ खोजौँ भनेर लागेको अहिले पनि बारम्बार भनिरहेको छु । मेरो पहल त्यही हो । मिलेरै जाँदा सबैको भलो हुन्छ ।
दूरबिन नेपाल: आइसीसीमा चुनाव लड्न जान यहाँको परिस्थिति तपाइको अनुकूल नभएकाले निर्वाचन स्थगित गराउन अहिलेको सबै परिस्थिति तपाइले निर्माण गर्नु भयो भन्ने आशङ्का कतिपयले गरिरहेका छन् नि
गौरि जोशी: मलाई नबुझ्ने साथीहरू मेरो पद र भूमिका नबुझ्ने साथीहरू, मैले समाजका लागि गरेको काम नजान्ने साथीहरूको भनाइ होला त्यो । लिडर सिपमा बसेको साथीहरूलाई कसरी एउटा आक्षेप लगाएर पोलिटिक्स गरौँ भन्ने आशयले गरेका कुराहरू होलान् । मेरो आशय हाम्रो समुदाय बलियो हुनुमै हामी सबैलाई फाइदा हुन्छ । त्यसका लागि पहल गर्ने हो । त्यसका लागि कटिबद्ध छु ।
दूरबिन नेपाल: आइसीसीको नेतृत्व लिन आगडि बढिरहेको एउटा समूहको दबाबमा एनआरएनए अमेरिकाको निर्वाचन आफ्नो अनुकूल भएन भने बिथोल्ने यो गेमप्लान चलिरहेको र तपाईँ नै यहाँको निर्वाचन बिथोल्न लाग्नु भएको भन्ने कुरा पनि सुनिन्छ कति सत्य हो ?
गौरि जोशी: केन्द्रको नेतृत्व वर्गले मलाई कुनै किसिमको दबाब दिएको छैन । त्यहाँका साथीहरूसँग समन्वय गरेर सल्लाह गरेर अगाडि बढ्नु भन्नु भएको छ । कुनै पनि साथीले चुनाव बन्द गरा, चुनाव रोक । एउटालाई सपोर्ट गर । एउटालाई हरा भनेर कसैले भन्नु भएको छैन । गलत कुरा हो ।
प्रतिक्रिया लेख्नुहोस्:-