Monday, August 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

निर्वाचन रोक्ने भन्दा पनि निर्वाचित भएर आएकालाई मान्यता नदिने हो: गौरी जोशी

बैशाख २७, २०७६ २:२६ मा प्रकाशित
निर्वाचन रोक्ने भन्दा पनि निर्वाचित भएर आएकालाई मान्यता नदिने हो: गौरी जोशी
Share on FacebookShare on Twitter

दूरबिन नेपाल डटकमका लागि लागि तोया दाहालले एनआरएनए उत्तर अमेरिकाका संयोजक (आरसी) गौरि जोशीसँग एनआरएनए अमेरिका र आइसीसीको पछिल्ला गतिविधि र जोशीले निर्वाह गरिरहनु भएको भूमिकाको विषयमा फोनबाट लिएको रेकडेड अन्तरवार्ता ।

दूरबिन नेपाल:       अध्यक्षका उम्मेदवारद्वय सन्जाय थापा र सूर्य लम्सालले अर्का अध्यक्षका उम्मेदवार सुनिल साहको उम्मेदवारी खारेज गर्न तपाइलाई निवेदन दिनु भएको छ । आइसीसीले के गर्न सक्छ ? के छन् प्रावधान ? तपाइलाई त्यस्तो अधिकार छ छैन ?

गौरि जोशी:         यदि दुवै उम्मेदवारले चुनाव बहिष्कार गरे भने निर्वाचन स्थगित गराउन सकिन्छ । त्यो भन्दा अरू उपाय छैन । चुनावको सामूहिक बहिष्कार भयो दुईवटा उम्मेदवारको तर्फबाट भने अर्को निकास खोज्छौँ नत्र भने मिलाएरै जाने पहल हुन्छ ।

दूरबिन नेपाल:         आइसीसीको विधानले यो परिस्थिलाई तपाइले भने जस्तै गरी हल गर्ने भनेर प्रस्ट गरेको छ ?

गौरि जोशी:        विधानले सम्बोधन गर्छ गर्दैन भन्दा पनि समयको माग अनुसार निर्णय गर्न हामी पछि हट्दैनौँ ।

दूरबिन नेपाल:      विधानले दिएन भने निर्वाचन रोक्ने बाटो रोज्न सक्नु हुन्छ ?

गौरि जोशी:         चुनावमै भाग नलिए पछि, शङ्कास्पद भनेर प्रश्न गर्छन् भने , बहिष्कार गर्छन् भने गर्ने कुरा हो । अहिलेको लागि होइन । हामी पहल गर्छौ वातावरण बनाउछौं । हाम्रो उद्देश्य भनेको सबैलाई विश्वसनीय वातावरण बनाउने हो ।

दूरबिन नेपाल:        आइसीसीसँग एनसीसीको निर्वाचन रोक्न सक्ने अधिकार छ ?

गौरि जोशी:           छ ।

दूरबिन नेपाल:        विधानले कस्तो अवस्थामा रोक्न सक्ने भनेको छ ?

गौरि जोशी:           विशेष परिस्थितिमा गर्न सक्ने छ भनिएको छ । कुन विशेष परिस्थिति भन्ने चाही सबै साथीहरूसँगको छलफल र विभिन्न पक्षसँगको वार्ता पछि तय गरिने छ । इलेक्सन क्यान्सल भन्दा पनि त्यहाँबाट इलेक्टेड भएर आएकालाई मान्यता नदिने हो । बहुमत उम्मेदवारले इलेक्सनमा भाग नलिए पछि त्यहाँबाट निर्वाचित भएर आएकालाई मान्यता दिनु पर्छ भन्ने बाध्यता छैन । बढी विवाद भयो भने एफिलेशन नै रद्द गरेर पुन अगाडि बढ्नु पर्ने परिस्थिति हुनसक्छ ।

दूरबिन नेपाल:         तपाइले मिलाउन के गर्नु भएको छ त ?

गौरि जोशी:              म लागिरहेको छु । सञ्जय जी, सूर्य जी र उहाँहरूका नजिकका साथीहरूलाई पनि मैले रिचआउट गरेर कसरी मिलाउन सकिन्छ भनेर पहल गरिरहेको छु ।

दूरबिन नेपाल:         यस अघिको निर्वाचनमा तपाइ उम्मेदवारको रूपमा मैदानमा आउँदै गर्दा उत्पन्न विवादमा आइसीसी पनि विवादमा तानिएको थियो । कहिले महासचिव र कहिले अध्यक्षले फरक फरक पत्र पठाउनु भएको थियो । यस पटक पनि त्यही परिस्थिति आउन लागेको हो ?

गौरि जोशी:             मैले नेतृत्वलाई स्पष्ट शब्दमा हाम्रो क्षेत्रको समस्या हामी आफै सल्भ गर्न सक्छौ । तपाइहरू हस्तक्षेप नगरिदिनुस भनेको छु । त्यही अनुसार मैले पहल गरेको छु । इनकेस केही भइहाल्यो भने सल्लाह गर्छु हस्तक्षेप नगरिदिनुस भनेको छु ।

दूरबिन नेपाल:         गत निर्वाचनमा पनि यहाँबाट आरसीले पहल गर्दा गर्दै केन्द्रबाट पहिला महासचिवको पत्र आयो । त्यसलाई काटेर अध्यक्षको पत्र पनि आयो । अहिले पनि त्यस्तो नहोला भन्ने आधार के छ ?

गौरि जोशी:          त्यस्तो हुन हामी दिदैनौं । त्यस्तो हुँदैन । आइसीसी लिडरसिपले आफू विवादमा परेर त्यस्तो चिठी लेख्दैन । जे गर्छ रिजनले गर्छ । मैले गर्छु । उहाँहरूसँग समन्वय गर्छु ।

दूरबिन नेपाल:          निर्वाचन रोक्न मुद्दा हाल्न लगाउने र अदालतले रोकेन भने अहिले उम्मेदवारलाई हाल्न लगाएको निवेदनलाई आधार मानेर निर्वाचन रोक्ने पूर्व तयारी भित्रै यो काम भइरहेको छ भन्ने सुनिन्छ नि

गौरि जोशी:         हामी नै आइसीसी हो । हिजो पनि भनेको छु । आज पनि भन्छु । चुनावलाई निष्पक्ष धाँधलीरहित बनाएर अगाडि बढ्न हामी कटिबद्ध छौँ ।

दूरबिन नेपाल:         एनआरएनए अमेरिकामा अहिलेको परिस्थिति आउनुमा तपाइको हात छ की छैन ?

गौरि जोशी:      यो सिनारियो डेभलभ गर्ने मेरो हात हैन । हिजो म आफै मुद्धवी भएर अगाडि बढेर मुद्दा मामलाबाट समस्या सल्भ हुँदैन । टेबलमा बसेर सल्भ खोजौँ भनेर लागेको अहिले पनि बारम्बार भनिरहेको छु । मेरो पहल त्यही हो । मिलेरै जाँदा सबैको भलो हुन्छ ।

दूरबिन नेपाल:         आइसीसीमा चुनाव लड्न जान यहाँको परिस्थिति तपाइको अनुकूल नभएकाले निर्वाचन स्थगित गराउन अहिलेको सबै परिस्थिति तपाइले निर्माण गर्नु भयो भन्ने आशङ्का कतिपयले गरिरहेका छन् नि

गौरि जोशी:            मलाई नबुझ्ने साथीहरू मेरो पद र भूमिका नबुझ्ने साथीहरू, मैले समाजका लागि गरेको काम नजान्ने साथीहरूको भनाइ होला त्यो । लिडर सिपमा बसेको साथीहरूलाई कसरी एउटा आक्षेप लगाएर पोलिटिक्स गरौँ भन्ने आशयले गरेका कुराहरू होलान् । मेरो आशय हाम्रो समुदाय बलियो हुनुमै हामी सबैलाई फाइदा हुन्छ । त्यसका लागि पहल गर्ने हो । त्यसका लागि कटिबद्ध छु ।

दूरबिन नेपाल:             आइसीसीको नेतृत्व लिन आगडि बढिरहेको एउटा समूहको दबाबमा एनआरएनए अमेरिकाको निर्वाचन आफ्नो अनुकूल भएन भने बिथोल्ने यो गेमप्लान चलिरहेको र तपाईँ नै यहाँको निर्वाचन बिथोल्न लाग्नु भएको भन्ने कुरा पनि सुनिन्छ कति सत्य हो ?

गौरि जोशी:           केन्द्रको नेतृत्व वर्गले मलाई कुनै किसिमको दबाब दिएको छैन । त्यहाँका साथीहरूसँग समन्वय गरेर सल्लाह गरेर अगाडि बढ्नु भन्नु भएको छ । कुनै पनि साथीले चुनाव बन्द गरा, चुनाव रोक । एउटालाई सपोर्ट गर । एउटालाई हरा भनेर कसैले भन्नु भएको छैन । गलत कुरा हो ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result